×

NMB BANK
NIC ASIA

नागरिकता विधेयक–२०७५ स्थगित गर्न माग

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर-  नागरिकता विधेयक–२०७५ स्थगित गर्न सरोकारवालाले माग गरेका छन् । 

Muktinath Bank

राष्ट्रिय जागरण परिषद् र चितवन जिल्ला बार एशोसिएशनद्वारा बिहीबार संयुक्तरुपमा यहाँ आयोजित अन्तरक्रियामा उनीहरुले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याइको नागरिकता विधेयक २०७५ स्थगित गर्न माग गर्दै आफ्नो खुट्टामा आफँैले बञ्चरो नहान्न सरकारसंग आग्रह गरेका थिए । 

राष्ट्रिय जागरण परिषद्का संयोजक साध्यबहादुर भण्डारीले अहिलेको विधेयक राष्ट्रघाती रहेको बताउँदै सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको विधेयक विसं २०६३ भन्दा पनि खुकुलो छ । यो विधेयक विदेशीलाई नागरिकता वितरण गर्नाका लागि ल्याइएकाले यसलाई तत्काल स्थगित गरी स्वीकार्य सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गरिनुपर्छ ।” 

बारका जिल्ला अध्यक्ष कमलराज पाठकले ‘नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयकले उब्जाएको प्रश्न विषयक’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त ऐनलाई संशोधन गर्न ल्याइएको यो विधेयक झन् कमजोर रहेको बताउँदै उहाँले भन्नुभयो, “अहिले ल्याइएको विधेयक राष्ट्रघाती भएकाले यसलाई आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्छ नत्र यसले राष्ट्रलाई सिक्किमीकरणतर्फ धकेल्छ ।” 

नेपालमा जनसङ्ख्या अतिक्रमणको समस्याले नागरिकतामा समस्या आएको चर्चा गर्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भन्नुभयो, “अहिले ल्याइएको विधेयक रिजेक्ट गर्नुपर्छ, यो विधेयक नेपालीको हितमा छैन ।” 
सीमाविद् हेमन्त सेढाईंले नेपाल–भारत सिमानामा काँडेतार लगाउनुपर्ने बताउनुभयो । अर्का सीमाविद् बुद्धिनारायण श्रेष्ठले भन्नुभयो, “नागरिकता भनेको पार्टीको पर्चा होइन, जसले जतिबेला जहाँ पनि वितरण गर्न सकिने । खुला सिमाना जहिलेसम्म नियमन हुँदैन, त्यसबेलासम्म नागरिकताको समस्या आइरहन्छ । ” 

संविधानविज्ञ पूर्णबहादुर कार्कीले कसैलाई जन्मको आधारमा नागरिकता दिँदै जाने हो भने तराई मधेसका रैथाने समुदायहरु मर्कामा पर्ने र नागरिकता वितरणमा भएको खुकुलोपनले हिमाल, पहाड र तराईमा असन्तुलन बढ्दै जाने बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x