×

NMB BANK
NIC ASIA

युरोपेली संघका नेताहरूले बेलायती प्रधानमन्त्रीलाई पारे निराश

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — युरोपेली संघका नेताहरूले ब्रेक्जिट सहमतिमा थप सम्झौता हुन नसक्ने प्रस्ट पारेका छन् । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले यसका विषयमा सम्झौताको अपील गरेको भएपनि युरोपेली संघका नेताले मानेनन् । 

मेले बेलायती संसदबाट सहमति पास गराउन आयरल्यान्डका विषयमा कानूनी सुनिश्चितता चाहेकी थिइन् । संसदमा हारिन्छ कि भनेर उनले तल्लो सदनमा मतदानलाई टारेकी पनि थिइन् । 

प्रधानमन्त्रीले सांसदहरूको चिन्ता सम्बोधन नगर्दा यो सहमति जोखिममा पर्ने बताइन् । 

युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जंकरले यस विषयमा स्पष्ट गर्न सकिने तर पुनः सम्झौता नहुने बताए । 

बेलायतले के चाहेको हो भन्ने विषयमा थप स्पष्ट पार्न उनले आग्रह गरे । सम्झौताविहीन ब्रेक्जिटको तयारीका सम्बन्धमा आयोगले डिसेम्बर १९ मा सूचना प्रकाशित गर्ने उनले थपे । 

मे बिहीवार युरोपेली संघका नेताहरूसँग वार्ता गर्न ब्रसेल्स पुगेकी हुन् । यो हप्ता उनले बेलायती संसदमा ब्रेक्जिट सहमतिमाथिको मतदानमा ढिलाइ गराएकी थिइन् अनि ब्रेक्जिट सहमतिमा असन्तुष्ट सांसदहरूले ल्याएको अविश्वास
प्रस्तावमा विजय हासिल गरेकी थिइन् । 

उनले ३७ प्रतिशत टोरी सांसदहरूको चिन्ता सुन्ने प्रतिज्ञा गरेकी छन् र सहमतिमा परेको विवादास्पद ब्याकस्टप योजनामा विषयमा उनीहरूको चासोलाई सम्बोधन गर्ने आशा उनले गरेकी छन् । 

उत्तरी आयरल्यान्डमा कडा सीमानाकालाई रोक्ने लक्ष्य लिएको ब्याकस्टपले बेलायतलाई युरोपेली संघका नियममा अनिश्चितकालका लागि बाँध्ने र व्यापार सम्झौता गर्ने उसको क्षमतालाई नियन्त्रण गर्ने आलोचकहरूले बताएका छन् । 

कन्जर्भेटिभ सांसदहरूले ब्याकस्टप सधैंका लागि कायम रहँदैन भनी प्रस्ट पार्नका लागि त्यसमा परिवर्तन गर्न माग गरेका छन् । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x