×

NMB BANK
NIC ASIA

फाइबर झोला प्लास्टिक निषेधित क्षेत्रमा उपभोक्तामाझ लोकप्रिय

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – झट्ट हेर्दा प्लास्टिकको झोला जस्तै । तर प्लास्टिक होइन । अचेल रूपन्देहीका विभिन्न ठाउँमा यस्ता झोलाको प्रयोग बढ्दै गएको पाइएको छ । 

Muktinath Bank

विशेषतः तिलोत्तमा नगरपालिकाले प्लास्टिक निषेधित अभियान सञ्चालन गरेपछि यस्ता फाइबरका झोला प्रयोगमा आएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजोआज फाइबरका झोलाको प्रयोग बढिरहेको हो । फाइबरका झोला समेत प्लास्टिकका झोलाकैं आकार–प्रकार र उस्तै शैलीमा आएका छन् । प्लास्टिक झोलाको विकल्पमा नगरबासीमा बिस्तारै फाइबरको झोला प्रयोग बढ्दै जान थालेको तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल बताए ।


Advertisment
Nabil box
Kumari

उत्पादक तथा बिक्रेता फाइबर झोलाको बजारीकरणका लागि पसल–पसल पुग्ने गरेका छन् । केही दिनअघि सकिएको तिलोत्तमा व्यापार मेलामा सबै स्टलले यस्तै प्रकृतिका फाइबर झोला प्रयोग गरे ।

Vianet communication
Laxmi Bank

मेला आयोजकले प्लास्टिक झोला, प्लेट, कप, चम्चाको प्रयोगलाई निषेध गरेका थिए । ‘प्लास्टिकको प्रयोगले मानव स्वास्थ्य, वातावरणीय सौन्दर्यमा प्रतिकूल असर परिरहेकाले अब यस्ता सामानको प्रयोग गर्नु हुँदैन भन्ने सचेतना नगरबासीमा बढ्दै गएको छ,’ प्लास्टिक झोला निषेधित अभियानका संयोजक केशवराज न्यौपाने भने, ‘सबैले संकल्प गरेमा नगरलाई प्लास्टिक झोलामुक्त बनाउन गाह्रो छैन ।’ 

नगरपालिकामा विभिन्न संघ–संस्था, क्लव, टोल विकास संस्था, सहकारी लगायतले समेत प्लास्टिक झोलाको विकल्पमा जुट, अल्लो, कपडाबाट बनेका झोला वितरण गर्दै आएका छन् । ‘हामीले १ हजार ५ सय जनालाई १÷१ थान कपडाको झोला प्रदान गर्यौं ।’

तिलोत्तमा बहुमुखी सहकारी संस्थाका अध्यक्ष माधवलाल देवकोटा भने, ‘नगरपालिकाले घोषणा गरेको प्लास्टिक निषेधित अभियान असाध्यैं राम्रो अभियान हो । यसलाई सबैले सहयोग पुर्याउनुपर्छ भनेर हामीले जेठ ६ गते नै निर्णय गरेर सबैलाई एकै पटक दिने हिसाबले असोज ६ गते साधारणसभाको अवसरमा कपडाको झोला वितरण गर्यौं ।’

तिलोत्तमा व्यापार संघले नगरका सबै हाटबजारमा पुगेर फाइबरका झोला वितरण गरिसकेको छ । नगरपालिकाले प्लास्टिक झोलाको विकल्पमा अन्य वस्तुबाट बनेका झोला वा वैकल्पिक साधनको प्रयोग गर्न नगरबासीमा आह्वान गर्दै आएको छ । 

नगरपालिकाको अभियानसँगै फाइबर झोला बनाउने उद्योग नगरमा थपिन थालेका छन् भने रहेका उद्योगले समेत फाइबरका नयाँ–नयाँ आकारप्रकारका झोला बनाउन थालेका छन् । भारतीय सुनौली बजारमा समेत अचेल प्लास्टिक झोलाको प्रयोगमा कडाइ भइरहँदा त्यहाँ प्रयोग हुने फाइबर झोला समेत यहाँ आउन थालेको व्यापारी बताउँछन् । केही महंगो भएपनि प्लास्टिकभन्दा कम वातावरणीय प्रदूषण हुने भएकाले नेपालका विभिन्न नगरपालिकासहित भारतमा समेत अचेल फाइबरको प्रयोग बढ्दै गएको छ । 

२० वर्ष पहिलेसम्म व्यापारीले कागजको थुङ्गामा सामान दिने गर्दथे । प्लास्टिक झोलाको प्रयोग अत्यन्त न्यून थियो । तर पछिल्ला वर्षमा प्लास्टिक झोलाको प्रयोग यत्ति बढेको छ कि फोहोरमैलाको प्रमुख कारण यहीँ नै बनेको छ । नकुहिने फोहोरमैलामा प्लास्टिक अग्रस्थानमा छ । 

प्लास्टिक झोलाको बढ्दो प्रयोगसँगै पानीको स्रोत, जमिन, वायु प्रदूषण, चौपाया तथा खेतीमा हानी पुर्याउनेजस्ता समस्या भित्रिएका छन् । यही हिसाबले प्लास्टिक झोला प्रयोग बढाउँदै जाने हो भने भोलि बंगलादेशको ढाकामा जस्तै ढल तथा नालीमा प्लास्टिकको झोला थुप्रिएर निकास बन्द भई बाढी नआउला भन्न नसकिने जानकार बताउँछन् । 

‘धेरै पहिले पसलमा कुनै पनि सामान किन्न जाँदा घरैबाट झोला लिएर गइन्थ्यो । पसलेले कागजका थुँगामा भरेर वा कागजमा पोको पारेर सामान दिन्थे । ती कागजका थुँगा वा अखबारका टुक्रामा राखेर वा बेरेर ल्याएका सामान तिनबाट झिकेपछि तिनलाई अँगेनामा हालिदिएपछि नष्ट हुन्थे । तर आज दाउरा र भुस चुल्होहरूको प्रयोग हराउँदै गयो ।’

‘ग्यास चुल्हाको जुगसँगै पसलबाट सामानहरू ल्याउँदा सँगै प्लास्टिकका झोलाहरू घरभरि थुप्रिन थाले । प्लास्टिकको महामारी यति बढेर गयो कि खुला सामान किन्यो त्यही प्लास्टिकका झोलामा ल्याउनुपर्ने, प्याकेजिङ सामान त्यही प्लास्टिकका प्याकेटमा हुने, हुँदाहुँदा तरल पदार्थसमेत यिनै प्लास्टिकका बोतलमा हुने प्रचलनले अहिले शहर, बजार, गाउँघर जतासुकै प्लास्टिक उडिरहेको, यत्रतत्र छरिइरहेको, उर्वर खेतहरू प्लास्टिकले ढाकिइरहेको अनि नदीनाला–नहरमा प्लास्टिक बगिरहेको देखिन्छ । यो प्लास्टिकलाई न माटोमा गलाउन सकिने न आगोले डढाएर समाधान हुने,’ तिलोत्तमा वडा नम्बर ८ निवासी डा. मुरारी पराजुलीको भने ।

विश्वका विभिन्न देशले प्लास्टिक झोला प्रयोग नियन्त्रणमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । चीन र आयरल्याण्डले केही शहरमा ‘प्लास्टिक झोला प्रयोग गरेबापत शुल्क लिने’ व्यवस्था गरेका छन् । नयाँदिल्ली र ढाकामा प्लास्टिक झोला प्रयोग गर्नै पाइँदैन । नेपालकै इलाम, तानसेन लगायतका नगरपालिकाले ‘प्लास्टिक झोला पूर्णनिषेध’ गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x