मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जनकपुरधाम – स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत भनिने चन्द्रकान्त राउतविरुद्ध धनुषा जिल्ला अदालतमा जन्मकैद सहितको सजाय माग दाबीसहित राज्य विरुद्धको कसूर तथा संगठित अपराधविरुद्ध मुद्दा दर्ता भएपछि पक्राउ गर्न आदेश भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट राज्य विरुद्धको कसूर र संगठित अपराध मुद्दा दर्ता भई जिल्ला अदालत रौतहटबाट थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश अनुसार राउत अहिले गौरस्थित कारागारमा थुनामा रहेकै बेला सोही प्रकृतिका मुद्दा राउतविरुद्ध धनुषा जिल्ला अदालतमा फेरि पनि दर्ता भएको थियो ।
२०७५ असोज ३ गते जनकपुरधामको रामानन्द चोकमा राउत समेत भई संगठित रूपमा योजनावद्ध तरिकाले भेला जम्मा गरी नेपालको स्वतन्त्रता, सार्बभौमसत्ता, भौगोलिक, प्रादेशिक अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमान र संघीयबीचको सुसम्बन्ध खलल पार्ने गरी ‘फ्री मधेश, मधेश इज नट नेपाल, मधेश इज न्यू कन्ट्री इन एसिया, आजाद मधेश अपना देश’ लेखिएको पर्चा, पम्प्लेट र पोस्टर समेत टाँसी भेला जम्मा भएका मानिसमा वर्गीय, जातीय, क्षेत्रीय सम्प्रदायबीच घृणा, द्वेष, अपहेलना उत्पन्न हुने भाषण गरी, नारा लगाई, नेपालको राष्ट्रियताप्रति नकारात्मक प्रभाव पारेको भन्दै मुद्दा दर्ता गरिएको हो ।
राउतसँगै १९ जनाविरुद्ध धनुषा प्रहरीले जिल्ला सरकारी वकिल शम्भु गौतममार्फत् धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । गत असोज ३ गते जनकपुरधाममा उनले गरेको प्रदर्शन तथा भासनबाजीको आधारमा मुद्दा दर्ता गरिएको हो ।
महोत्तरीको बलबा नगरपालिका–३ स्थित परौल बस्ने सञ्जयकुमार यादव, सप्तरीको महदैया तथा हाल जनकपुरधाम उपमहानगरपालिका–८ बलबाटोल बस्ने डा. सीके राउत भनिने चन्द्रकान्त राउत, महोत्तरी सोनामा गाउँपालिका–२ तरहरी बस्ने कैलाश महतो, जनकपुर–७ बस्ने रामाशंकर महासेठ, धनुषा बल्हा सघहारा–८ तथा हाल जनक नन्दिनी गाउँपालिका–४ बस्ने मनोज यादव स्वराजीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
धनुषाको मिथिला बिहारी नगरपालिका–६ तारापट्टी सिर्सिया तथा हाल जनकपुर–१३ पिडारी चोकमा डेरा गरी बस्ने इन्द्रजीत यादव, जनकपुर २१ कुर्था बस्ने मनोज यादव,महोत्तरी पिपरा गाउँपालिका–१ बस्ने एसके नबिन भनिने नबिन मण्डल, धनुषा जनक नन्दिनी गाउँपालिका– ४ कमला नदी छेउ घर भई बस्ने मनोज मोर्बैताविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
सप्तरी जिल्ला तथा हाल धनुषा जनकपुर उपमहानगरपालिका–८ बलबा टोल बस्ने सत्यनारायण मण्डल, जनकपुर–२२ बसबिट्टी बस्ने नागेन्द्र मण्डल, जनकपुर–२१ कुर्था बस्ने मिन्टु महासेठ, धनुषा ननुपट्टी–१ का चनरदीप कुमार, धनुषाको लक्ष्मीनिया गाउँपालिका सिनुर्जोडा बस्ने आरपी मण्डल, महोत्तरी सनोख्रा–६ बस्ने कोमल यादव, जनकपुर–३ बस्ने रुपम यादव, जनकपुर–२१ कुर्था बस्ने सञ्जय साह, धनुषा विदेह नगरपालिका–१ ठाढी झिझा बस्ने राम रोहित यादव र महोत्तरीको जलेश्वर नगरपालिका–२ बस्ने चन्दन सिंहविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ४९ बमोजिम सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको धनुषाका जिल्ला न्यायाधिवक्ता शम्भु गौतमले बताए ।
धनुषाका सरकारी वकिल शम्भु गौतमले भने, ‘सीके राउतसहित सबै १९ जना प्रतिबादिहरू उपर राज्य विरुद्धको कसूर र संगठित अपराध अन्तर्गत २ वटा मुद्दा दर्ता गरिएको छ ।’ उनीहरूविरुद्ध जन्मकैदको सजाय माग दाबी गरिएको गौतमले बताए ।
मुद्दाका १ जना प्रतिवादी सञ्जय यादवलाई धनुषा प्रहरीले गत असोज २२ गते पक्राउ गरेको थियो । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र दिन गएको बेला ३ जना युवालाई धनुषा प्रहरीले मुख्यमन्त्रीको कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । भोलिपल्ट बाँकी २ जनालाई धनुषा प्रहरीले रिहा गरेको थियो भने सञ्जयलाई सोही मुद्दा अन्तर्गत अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
बाँकेका १ जना सिके राउतका समर्थक राम मनोहर यादवलाई प्रहरी हिरासतमा लिएको बेला मृत्यु भएको घटनाको न्यायिक छानबिनका माग गर्दै उनीहरू मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन गएका थिए ।
अदालतद्वारा १ लाख धरौटी माग
मुद्दाको सुनुवाइ गर्दै धनुषा जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलले पछि ठहरे बमोजिम हुने नै हुँदा अहिले १ लाख धरौटी लिएर तारेखमा राखी रिहा गर्ने भनेर मंसिर २८ गते आदेश गरेको छ । आदेशसँगै डा. सीके राउतसहित बाँकी प्रतिवादीको नाउँमा म्याद पूर्जी जारी गर्ने आदेश भएको अदालतका श्रेस्तेदार राधाकान्त झाले बताए ।
तर धरौटी तिरेनन्
अदालतले १ लाख धरौटीमा रिहा गर्ने आदेश गरेपनि प्रतिवादी सञ्जय यादवले भने धरौटी बापतको रकम बुझाउन मानेनन् । सञ्जय यादवले लोकान्तरसँग भने, ‘आफू निर्दोष भएको र अदालतले १ लाख रुपैयाँ धरौटी माग गरेकाले विद्यार्थी भएकाले त्यति रकम जुटाउन नसकेकाले जेल जान नै तयार भएको हो ।’
विगतमा डा. सीके राउतलाई त अधिकतम् ५० हजार रुपैयाँसम्म मात्र धरौटी लिएको अवस्थामा आफूसँग १ लाख रुपैयाँ धरौटी माग गरिएकाले उक्त रकम जुटाउन असमर्थ भई जेल गइरहेको उनले बताए ।
४–५ दिनमा उक्त रकम जुटाई धरौटी रकम बुझाउने भनेर कागज गरेर थुनुवा पूर्जी लिई उनी महोत्तरीको जलेश्वरस्थित कारागार गएका छन् । तर वास्तवमा धरौटी रकम नतिर्नु पछाडि राजनीति रहेको बताइएको छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...