×

NMB BANK
NIC ASIA

कांग्रेस महासमिति बैठक– उद्घाटन लगत्तै बन्दसत्र, २१ सय १० जना प्रतिनिधि र पर्यवेक्षक सहभागी

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- कांग्रेसको महासमिति बैठक आजबाट शुरु हुँदैछ । राजधानीको यलम्बर पार्टी प्यालेसमा केही बेरमा शुरु हुने बैठकमा सहभागीहरु २१ सय भन्दा धेरै प्रतिनिध र पर्यवेक्षक कार्यक्रम स्थल पुगेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बैठकको उद्घाटनापछि केही बेर औपचारिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसपछि आजैबाट बन्दसत्रको कार्यक्रम रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासमिति बैठकमा २१ सय १० जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने तय भएको कांग्रेसले जनाएको छ । करिब १६ सय प्रतिनिधि र करिब ५०० पर्यवेक्ष रहने कांग्रेसले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

उद्घाटन पछिको कार्यक्रममा विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री शशांक कोइरालाले सांगठानिक र सितादेवी यादवले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । विभिन्न प्रतिवेदनमाथि प्रतिनिधहरुले छलफल गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रमा विधानमा पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि छलफल हुनेछ । सात प्रदेशका सात समूह बनाएर छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

Vianet communication
Laxmi Bank

महासमिति बैठकपछि कांग्रेस थप सशक्त बनेर आउँने नेता प्रकाशशरण महतले बताए । ‘ बैठक पछि पार्टीमा देखिएका सबै समस्या समाधान हुन्छ र कांग्रेस थप शसक्त बनेर आउँछ’ महतले भने । 

महामन्त्री शशांक कोइरालाले महासमिति बैठकमा हिन्दूराष्ट्रको मुद्दा उठ्ने बताए । लोकान्तरसँगको संक्षिप्त कुराकानीमा कोइरालाले भने,‘हिन्दूराष्ट्रको विषयमा महासमिति बैठकमा छलफल हुन्छ, यो विषयमा तपाइहरुले एक दुई दिनमा थाहा पाउनु हुनेछ ।’

कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि हुन लागेको हो ।  यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो ।   

पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ । महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ । 

स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा पराजय व्यहोरेपछि हुन लागेकाले यो महासमिति बैठकलाई कांग्रेस वृत्तले महत्वसाथ हेरेको छ । पार्टीलाई राजनीतिक उचाइ दिने गरी नीति, कार्यक्रम र संगठन बनाउनुपर्ने दबाब बैठकमा उठ्ने नेताहरूले बताएका छन् । 

यो पनि पढ्नुहोस्

कांग्रेस महासमिति बैठकको मेन्यु– छोला भटूरादेखि मटन राइससम्म, खानामा दिनको १० लाख खर्च

निधिलाई भण्डारीको चुनौती : ‘हात मात्र हाल्दैनौं, जे-जे गर्नुपर्छ त्यो सबै गर्छौं’

कांग्रेसको प्रतिवेदन – नेकपा सर्वसत्तावादी, मधेसवादी दल घोर साम्प्रदायिक [प्रतिवेदनसहित]

कांग्रेसमा गुटभित्रै तनाव : पौडेलभन्दा देउवालाई हाइसञ्चो !

पार्टीभित्र र बाहिर धेरैलाई चुनौती बन्दै गगन

 

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x