×

NMB BANK
NIC ASIA

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले नै नागरिकलाई श्रम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शनिवार वीरेन्द्रनगरमा आयोजना गरिएको प्रशान्ति वृद्धाश्रम केन्द्रको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले जनतालाई श्रम गर्ने वातावरण बनाएर अघि बढ्नुको विकल्प नभएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जनताले श्रम गर्ने वातावरण पाएको खण्डमा राज्यले थप आयस्रोत पाउँछ,’ उनले भने, ‘त्यसो भएको खण्डमा नागरिकको आर्थिक अवस्था मजबुत हुने र राज्य पनि बलियो हुँदै जान्छ र विकास हुन्छ ।’ तर विगतमा नेपालमा जनताले तिरेको करको सदुपयोग नभएका कारण जनतामा नैराश्यता छाएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘जनताबाट जम्मा भएको पैसालाई सरकारको नेतृत्व गर्नेले चरम दुरुपयोग गरे । गरीब–गरीब भइरहे । केही सीमित व्यक्ति रातारात धनी भए,’ मुख्यमन्त्री शाहीले भने, ‘अब कर्णालीमा त्यस्तो हुने छैन ।’

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री शाहीले अहिलेका सन्ततिले बृद्ध बा आमाभन्दा पनि मोबाइल र टीभीमा ध्यान केन्द्रित गर्ने गरेकाले आगामी दिनमा हरेक स्थानमा वृद्धाश्रमको आवश्यकता पर्ने बताए ।

‘अहिलेको पुस्तालाई तिम्रो आमा वा बुवा बित्यो भन्ने खबरले दुःख लाग्दैन,’ उनले भने, ‘बस मोबाइलको व्याट्री नसकियोस्, बिजुलीको लाइन नजाओस् । त्यति भए पुग्छ ।’ उनले यस्ता पुस्ताले आमाबुवाको कसरी ख्याल राख्लान् भन्दै वृद्धाश्रममा रहेका १२ जना बृद्धबृद्धालाई सान्त्वना दिए ।

उनले वृद्धबृद्धालाई सन्तुष्ट हुन आग्रह गरे । ‘तपाईले कम्तिमा छोराबुहारी पाउनुभएको छ, भेट्न आउनुहुन्छ । सँगै बस्नुहुन्छ,’ उनले भने, ‘तर हामीले त अहिले नै छोराछोरी नजिक हुँदैनन्, बुढेसकालमा कसरी नजिक होलान् ?’

वृद्धवृद्धा, अपाङ्गता भएका तथा अनाथ बालबालिकाको सुरक्षा, हेरचाहको जिम्मा प्रदेश सरकारको भएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीका कोही पनि अनाथ, असहाय, वृद्धवृद्धाले निराश हुन नपर्ने गरी सरकार अघि बढेको बताए । ‘हामीले अनाथ बालबालिकाका लागि आवास, शिक्षा तथा अपाङ्गता भएका, वृद्धवृद्धाका लागि आश्रम बनाउने गरी बजेट पास गरिसकेका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘अब केही महिनामा नै बजेट कार्यान्वयनमा जान्छ र हामी सबै असहायलाई त्यहाँ राख्ने गरी अघि बढ्ने छौं ।’

उनले अहिले बृद्धा, अनाथ बालबालिकाका लागि न कोही आफन्त रहेको, न राज्य भएको अवस्था रहेको बताउँदै कर्णाली प्रदेश सरकारले त्यस्तो अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x