माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
काठमाडौं–१३ महिना अघि कैलाली क्षेत्र नम्बर एकबाट अत्याधिक मतसहित विजयी राजपा नेता रेशम चौधरीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विहीबार संसद सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराबाट चौधरीले शपथ लिएका हुन् ।
कैलालीको टीकापुर हत्याकाण्डमा मुछिएपछि चौधरी पुर्पक्षका लागि जेल चलान भएका थिए ।
निर्वाचन अघि देखिनै फरार रहेका चोधरीले गत फागनु १४ गते कैलाली जिल्ला अदातमा आत्मसमर्पण गरेका थिए । अदालतमा थुनछेक वहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको थियो ।
जिल्ला कारागार कैलालीमा रहँदा बिरामी परेपछि उपचारका लागि चौधरीलाई काठमाडौं ल्याइएको थियो । वीर अस्पतालमा उपचाररत चौधरीलाई गृहमन्त्री रामबहादुर थापाले अनशन तोडाएका थिए । त्यसबेला पनि उनले शपथ लिने सहमति भएको र अनशन तोडिएको बताइएको थियो तर अनशन तोडेपछि पनि रेशम चौधरी केन्द्रीय कारागारमा थुनामा थिए ।
चौधरी जनमतबाट स्वीकृत भएको भन्दै उनको दल राजपा नेपालले चौधरीमाथि लागेको मुद्दा सरकारले फिर्ता लिनुपर्ने बताउँदै उनलाई शपथ दिलाउन माग गर्दै आएको थियो ।
राजपा अध्यक्षमण्डका संयोजक राजेन्द्र महतोले केही दिन अघि संसद बैठकमा रेशम चौधरीलाई अविलम्ब शपथ खुवाउनु पर्ने बताएका थिए ।
केपी ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको राजपाले केही दिन अघिदेखि आफ्ना मागमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो ।
राजपाले रेशम चौधरीलाई शपथ गराउनुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली त्यसका लागि तयार भएका थिए ।
चौधरीको नियति, जेल जाँदा खादा र अबीर !
विहीवार संसद सचिवालयमा सांसदको शपथ ग्रहरणका लागि चौधरीलाई केन्द्रीय कारागारबाट सिधैं ल्याइएको थियो । सिंहदरबारमा ल्याइएका चौधरीलाई स्वागत गर्न राजपाका शीर्ष नेता, कार्यकर्ता, चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी, अन्य दलका सांसदहरु उपस्थित भएका थिए ।
शपथ ग्रहणमा आएका उनलाई खादा, अबीरले स्वागत गरिएको थियो ।
शपथ सकिएपछि उनी केही समय सिंहदरबारमा बसेका थिए । चौधरीले शपथ लिएकोमा नेता कार्यकर्ताबाट बधाइ लिएका थिए
।
पत्रकारहरुबाट घेरिएका चौधरीले टीकापुर घटनामा आफू निर्दोश रहेको र आफूले न्याय पाउने आशा व्यक्त गरेको बताएका थिए ।
उनको मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै शपथ पछि चौधरीलाई पुन केन्द्रीय कारागार लगिएको छ ।
जेल लगिनुभन्दा पहिला चौधरीले शपथपछि सांसद लोगो लगाएर जेल लान मिल्छ भन्दै प्रश्न गरेका थिए ।
सामान्यतया राजनीतिक प्रकृतिका मुद्दामा जेलबाट निस्किएपछि कार्यकर्ता, समर्थकले नेतालाई माला, खादा, अबीर लगाएर स्वागत गर्ने गरेका छन् ।
यस्तो घटना खुमबहादुर खड्का जेलबाट निस्कदा भएको थियो । खड्का जेलबाट छुटेपछि कांग्रेस कार्यकर्ताले अबीर माला खादा लगाएर स्वागत गरेका थिए । त्यस्तै पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलल रिहा हुँदा पनि उनका समर्थकहरुले अबीर माला लगाएर स्वागत गरेका थिए । तर रेशम चौधरीको हकमा भने उल्टो दृश्य देखिएको छ । जेलबाट निस्कदा अबीर र खादा लगाएर स्वागत गरिने भएपनि चौधरीले जेल जाँदा खादा, माला र अबीर लगाएका छन् ।
विहीबार(आज) शपथपछि पुनः कारागार लगिएका रेशम अबीरले राताम्मे र खादाले ढाकिएको अवस्थामा प्रहरीको भ्यानमा चढे ।
यस्तो थियो टीकापुर घटना
राज्यको पुनःसंरचना एंव संविधान निर्माणको क्रममा कैलाली कञ्चनपुरसहितको थारु बाहुल क्षेत्रसहितको थरुहट प्रदेश र मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको एक प्रदेश बनाइनुपर्ने माग राखी दुई परस्पर विरोधी आन्दोलन भयो ।
७ भदौ २०७२ मा थरुहट आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी ८ प्रहरी र एक नाबालकको ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी भएको अवस्थामा करिब थारुका ८५ घर र पसल एफएममा आगजनी भयो । लुटपाट पनि भयो ।
लगत्तै प्रहरीले थारु अगुवा, नेता, कार्यकर्ता, सर्वसाधारणलाई गिरफ्तार गर्यो । हालसम्म सांसद रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारु, थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीसहित २६ जनालाई पुर्पक्षकै लागि थुनामा राखिएको छ । उनीहरूको मुद्दा अदालतमा विचाराधिन छ ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...