×

NMB BANK
NIC ASIA

एसएसबीको हुकुममा चलेको सीमा नाका : नेपालीलाई ‘चन्दनचौकी’ मोह

पुस २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – नेपाल–भारत सीमा नाकामा भारतीयबाट नेपालीलाई हुने दुव्र्यवहार नौलो होइन । तर भारतमाथिको परनिर्भरता झन्झन् कसिलो बन्दै गएको छ ।

Muktinath Bank

कैलालीको अन्य सीमा नाकाजस्तै चलनचल्तीको नाका हो चन्दनचौकी । हसुलिया बजारबाट झन्डै ३ किलोमिटरको दूरीमा रहेको चन्दनचौकी बजार नेपालीको किनमेलको थलो हो । जुन भारतीय सीमावर्ती बजारमा नेपालीहरू सुनदेखि नूनसम्म किनमेल गर्न पुग्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय व्यापारीबाट ठगिनुको साथै सीमा नाकामा भारतीय सुरक्षा बल (एसएसबी) बाट हुने शारीरिक र मानसिक यातना खेप्दै आएका छन् । तर चन्दन चौकीको मोह भने त्याग्न सकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

कैलारी गाउँपालिका–३ की सुनेश्चरी चौधरीले चन्दन चौकीबाट फर्किदा एसएसबीले कुटपिट गर्ने, सामान फाली दिने, मुर्गा बनाउने, दिनभर काम लगाउने, गालीगलौज गर्नेजस्ता व्यवहार गर्ने गरेको सुनाइन् । ‘नसोधेर त सामान ल्याउनै दिँदैनन्,’ चन्दनचौकीबाट फर्किरहेकी उनले भनिन्, ‘सोधेर ल्याउँदा पनि कहिलेकाहीँ अनावश्यक दुःख दिने गर्छन् ।’

Vianet communication
Laxmi Bank

कैलालीको गौरीगंगा नगरपालिकामामा मसुरिया बजार, कैलारी गाउँपालिकामा हसुलिया, मोहनी, पवेरा मण्डी बजार छ । धनगढी उपमहानगरपालिकाको फूलबारी क्षेत्रमा फूलबारी डिपो, पच्चिस घर बजार छ । आफ्नो ठाउँमा बजार हुँदाहुँदै पनि सो क्षेत्रका स्थानीय प्रायः चन्दनचौकी जाने गरेका छन् । गाउँघरमा पसल सञ्चालन गरेका व्यक्तिदेखि बजारका व्यापारी समेत सामान लिनका लागि चन्दनचौकी पुग्ने गरेका छन् । स्थानीय बजारलाई ग्राहयता नदिइ सीमावर्ती भारतीय बजारबाट सामान खरिद गरी ल्याउँदा नाकामा पटक–पटक समस्या हुने गरेको छ । 

चन्दनचौकी बजारमा नेपालभन्दा सस्तोमा सामान पाइने गरेकाले पहिलेदेखि नै उतैबाट सामान खरिद गर्दै आएको हसुलियाकी निलमकुमारी चौधरीले बताइन् । महिनामा ५ पटक चन्दनचौकी बजार पुग्दै आएको बताउने उनले प्रायः सस्तोमा सामान खरिद गर्न सकिने बताए ।

नेपालीको चन्दनचौकी मोह यतिसम्म छ कि उनीहरू मोहना नदीमा कठिन यात्राको पर्वाह समेत गर्दैनन् । बर्खायाममा बाढी आएको बेला डुंगा तरेर चन्दनचौकी पुग्ने गरेका छन् । नदीमा पुल नरहेकाले मोहना पारि जान हिउँदमा पनि सास्ती हुने गरेको छ ।

कतिपय गाउँका स्थानीयको पहिलेदेखि नै चन्दनचौकीसँग सम्बन्ध गाँसिएकाले मेलापातका लागि उतै जाने गरेको चन्दनचौकी गइरहेककी हसुलियाकी रुपा चौधरीले बताइन् ।

उनले भनिन्, ‘कहिलेकाहीँ एसएसबीले रिसाएर सामान समेत फाली दिने गर्छन् । तर पहिलेदेखि किनमेलका लागि सबै उतै जाने गरेकाले दैनिक उपभोग्यदेखि लिएर अरु सामान किन्न चन्दनचौकी बजार जाने गरेका छौं ।’

कैलालीको दक्षिणी क्षेत्रका कतिपय स्थानीयले चन्दनचौकीका व्यापारीलाई आफ्नो साहु, महाजन नै बनाएका छन् । पैसा नभएको बेला स्थानीयले उतैबाट उधारोमा सामान ल्याएर गुजारा चलाउने गरेका छन् । फलस्वरुप ग्रामीण बस्तीका केही व्यक्तिको चन्दनचौकीका व्यापारीलाई बाजे, बाबुको बेलादेखिको ऋण तिर्न पनि बाँकी रहेको बताइन्छ । 

ऋण तिर्न नसकेकै कारण भारतीय व्यापारी धान, गहुँ सिजनमा ऋण असुल्न घरघर पुग्ने गरेको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका सञ्जिव चौधरीले बताए ।

एकातिर चन्दनचौकीका व्यापारीले साहु, महाजनको नाममा नेपालीलाई शोषण गर्दै आएका छन् । अर्कोतिर सीमा नाकामा एसएसबीबाट ज्यादती पनि हुने गरेको छ । यति हुँदा पनि कैलालीवासीले चन्दनचौकीमा मेलापात जान छोडेका छैनन् । चन्दनचौकीकै कारण यताको बजारमा असर समेत पुगेको छ ।

सियो, धागोदेखि नूनसमेत किन्नका लागि नेपाली चन्दनचौकी पुग्ने गरेकाले नेपालतिर अपेक्षाकृत व्यापार नरहेको हसुलियाका व्यवसायी उषा न्यौपानेको भनाई छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x