×

NMB BANK
NIC ASIA

त्रिभुवन विमानस्थलमा अत्याधुनिक डेस्क बनाउँदै अध्यागमन विभाग, विदेशीको रेकर्ड राख्न छुट्टै सफ्टवेयर

पुस २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान अत्याधुनिक डेस्क स्थापना गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

विभागले नेपाल भित्रिने र बाहिरिने विदेश नागरिकको बायोमेट्रिक विवरण संकलन हुने गरी अत्याधुनिक डेस्क स्थापना गर्न लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो डेस्क स्थापना भएपछि विश्वका जुनसुकै देशबाट पनि नेपाल भ्रमणमा आएका नागरिकको सम्पूर्ण वैयत्तिक विवरण अध्यागमन विभागसँग सुरक्षित हुने छ । वैयत्तिक विवरण संकलन भएपछि नेपालमा रहँदा विदेश नागरिकमाथि नियमन गर्ने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जनाए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

विभागले नेपालमा भित्रिने र बाहिरिने विदेश नागरिकको विवरण राख्नका लागि छुट्टै सफ्टवेयर नै विकास गर्न लागेको छ । हाल प्रचलमा रहेको ‘ईम्मी’ नामक सफ्टवेयरलाई प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याइने छ । 

विभागले आफू मातहतकै प्राविधिक र इन्जिनियरहरुको टीम परिचालन गरेर नेपाली पोर्ट नामक नयाँ सफ्टवेयर विकास गर्न लागेको हो । 

‘अहिले विदेशमा अपराध गरेका व्यक्ति पनि सजिलै नेपाल छिर्नसक्ने अवस्था छ । वायोमेट्रिक विवरण संकलन गर्ने अत्याधुनिक डेस्क स्थापना भएपछि यस्तो खतरा कम हुनेछ,’ महानिर्देशक पौडेलले भने, ‘यसका लागि पासपोर्ट रिड गनेदेखि आँखाको नानी र औंठा छाप स्क्यान गर्ने मेसिर जडान गरिने छ ।’

विभागले २३ करोड ५८ लाख रुपैयाँ खर्च गरेर त्रिभुवन विमानस्थलको आगमन र प्रस्थान कक्षमा अत्याधुनिक डेस्क स्थापना गर्न लागेको हो । यसका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता आइसकेको पौडेलले जानकारी दिए । 

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि ६ करोडको सुनश्चितता दिइसकेको पौडेलको भनाइ छ । 

अबदेखि आधुनिक भिसा स्टीकर 

अध्यागमन विभागले छिट्टै आधुनिक प्रविधियुक्त स्क्यान गर्न सकिने भिसा स्टिकर जारी गर्ने पनि तयारी थालेको छ । 

हाल अध्यागमन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभाग र विभिन्न देशका दूतावासबाट हातले लेखेको भिसा स्टीकर पासपोर्टमा टाँस्ने गरिन्छ । यस्ता स्टीकर छिट्टै मेटिने तथा गुणस्तरका हिसावले कमजोर छन् । 

विभागले अब आईकाओको सुरक्षा मापदण्ड पूरा गर्ने गरी अन्तर्राष्ट्रियस्तरको कम्प्युटर प्रिन्टिेड मेसिन रिडेबल भिसा जारी गर्ने महानिर्देशक पौडेलले जानकारी दिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x