एनएमबि बैंकको २३ औं वार्षिक साधारणसभा

पुस २७, २०७५

काठमाडौं – एनएमबि बैंक लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारणसभा पुस २६ गते बिहीबार आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । 


ADVERTISEMENT

बैंकको उपरोक्त बोनस शेयरपश्चात् चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।

पुस २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार