कर्णालीको आन्तरिक मामिला मन्त्रालय कागजविहीन

पुस २७, २०७५

सुर्खेत – कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय कागजविहीन भएको छ ।

प्रदेशलाई डिजिटल बनाउने योजनासहित सरकारले शुक्रवारदेखि मन्त्रालयलाई कागजविहीन घोषणा गरेको हो ।


ADVERTISEMENT

मन्त्री नरेश भण्डारीले मन्त्रालयलाई कागज प्रयोगविहीन बनाइएको बताए । मन्त्रालयमा विद्युतीय प्रणाली जडान गरिएको छ । प्रणाली लागू भएसँगै मन्त्रालयका समस्या लिएर आउने सेवाग्राहीको समस्या समाधान गर्न सकिएको छ कि छैन भन्ने थाहा पाउन सहज हुने उनले बताए ।

‘मन्त्रालयमा कस्ता सेवाग्राही आउँछन् ? उनीहरूको धारणा कस्तो छ र उनीहरूको काम पूरा भयो कि भएन भन्ने कुरा पत्ता लगाउन सहज हुनेछ,’ मन्त्री भण्डारीले भने, ‘त्यहाँ आएका हरेक सेवाग्राहीको नाम, नम्बर, ठेगाना र आउनुको कारण के हो सबै जानकारी प्रणालीमा अपलोड गर्ने र मन्त्रीलाई जानकारी तत्काल थाहा हुनेछ ।’ 

‘आगन्तुक व्यवस्थापन प्रणालीले कामको नियमन गर्न पनि सहज हुनेछ,’ मन्त्री भण्डारीले भने, ‘कार्य सम्पादनको अवस्थाबारे जानकारी हासिल गर्न सहज हुनेछ । नयाँ प्रणालीले मन्त्रालयको कार्य सम्पादन प्रभावकारी हुनेछ ।’

पुस २७, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार