गीति प्रयोजनमा ‘गायक यात्री’

पुस २८, २०७५

मञ्जुल मेरो मानसपटलको प्यारो शव्द । तर आजसम्म उससँग भौतिक रुपमा साक्षत्कार हुन पाएको छैन । धित मर्ने गरी उनका सिर्जनाका विषयमा कुराकानी अवसर पाएको छैन, भौतिक मुखाकृति अवलोकन गर्न पाएको छैन । फगत उसलाई एक कलाकारको रुपमा मनभित्र सुरक्षित राखेको छु । उसको कलाकर्म नै भौतिक रुपको पनि अभिव्यक्ति भए उ ज्यादै स्नीग्ध, टीठ मायालु पनि हुनु पर्छ । उ साच्चै मानवताको पुजारी र योद्धा पनि हुनुपर्छ । उसका वाणी वाणीमा जीवन सत्यले स्थान पाएको हुनुपर्छ । मानव ‘स्व’ र प्रगतिको व्याख्याता र योद्धा हुनुपर्छ । 

आधुनिक नेपाली साहित्यले प्रगतिशील मोड रिमालको अभ्युदयपछि मात्र भयो भने पारिजातका उपन्यास यात्रामा सो प्रष्टिदै र प्रगाढिदै पनि गयो । उपन्यास जीवनको यथार्थचित्र र समाजको पर्यावलोकन गर्ने विधा हो । जीवनका अनुभूतिले शिल्पपूर्ण अभिव्यक्ति त्यहा पाएको हुन्छ भने कवितामा सो हार्दिक पनि भैदिन्छ । जीवन र जगतको बास्तविक पर्यावलोकन कवितामा गर्ने क्रममा देखा परेका कवि एवम् कलाकार मञ्जुल विशुद्ध जनवादी÷जीवनवादी श्वर लिएर अगि बढ्छन् । तर कला प्रयोजनका दृष्टिमा उनको साहित्य यात्रा जुनसुकै नेपाली कविभन्दा बेग्लै प्रतीत हुन्छ । कवि प्रश्रितमा पनि यो श्वर प्रगाढता नपाएको होइन, तर उनीमा गेयात्मक हार्दिकताको अभाव छ, मस्तिष्कवादिता नै प्राचुर्यता रहन्छ । तर समय र सत्यलाई हेर्ने सन्दर्भमा भने दुवै कवि नजिक छन् । 


ADVERTISEMENT

कला प्रयोग जीवनका लागि गर्ने कवि मन्जुलको प्रवृत्ति समाजका विद्यमान विडम्वना, भत्कोस र असंगतिपूर्ण व्यवस्थाप्रतिको आक्रमण नै हो । त्यसैले कविमा विकसित भएको श्वर, लय र शिल्प सजावटमा विचारको राग हो, जो घर दैलो र पाखा पँधेराका बाल–बटुवा र बृद्ध–बनिताका जागरण गीत बनेर श्रुति बाच्यकै भरमा मुलुकका कुना कन्दरामा छरिएर रहेका छन् । कलाले मानव हृदयमा अनौठौ प्रभाव छाडेको छ । अतः जागरण र उत्साह बृद्धिका लागि गेयात्मक प्रस्तुती हृदयका लागि सहज भैदिन्छ । मानव हृदय प्रगति आरोही छ । आदिम युगले दाशता र असमानता जस्ता सामाजिक कुकृत्यलाई आत्मसात गर्दै आएको छ । समयबोध विहीन गतिले उक्त असमानताकै साथ दिन्छ र सत्यलाई वास्ता गर्दैन । तर थोरै कलाकारहरु प्रत्येक युगले जन्माएको हुन्छ र उसले आफ्नो जिम्म्ेवारी पूरा गर्नका लागि बैचारिक स्वच्छन्दताको बरण गर्न पुग्छ । किनकी कलाको कर्म र प्रयोजन जीवनका उज्याला पक्षहरुको निर्माणमा अग्रसर हुनु हो । कवि मञ्जुल गायक यात्रीमा आप्mना जनवादी स्वर अभिव्यक्त गर्दछन् :
‘.........................................
        ए आफ्नो देशलाई सुन्दर र सत्य बनाउन चाहन्थ्यो
        बुढाहरुलाई उसले बजाउने मीठो बाजाको सम्झना छ 
        गाउलेहरुलाई उसको गीतको सम्झना छ 
        बाटाहरुलाई उसको सुन्दर पाइतालाहरुको सम्झभना छ ।
        क्षितिजलाई उसको बलियो शरीरको सम्झना छ 
        घाम–जुन तारा र आकाशलाई 
        एसका लामा यात्राहरुको सम्झना छ 
        दासहरुलाई
        उसको साहस र दृढता र सुन्दर सपनाहरुको सम्झना छ ।’
        
यहाको गायक यात्री सत्यको परिग्रहका लागि हिडेको यात्री हो, सुषुप्तमा उत्साह विउझाउन हिडेको यात्री हो । त्यसैले सत्य स्वरुप समय,  युग, अकाश र प्रकृति अवयवले पनि उसको धुन, पाइताला र सहासीपनाको स्वागत गरिरहेका छन् । सत्य प्रष्टिन्छ, धैयै लिनु पर्छ । किनकी उ मानवताको यात्री हो, अन्वेषक र योद्धा पनि हो । धर्म, देश र जातिको संकुचित दायरामा विभक्त गर्ने प्रणाली त्यसैले उ रुचाउदैन । विभक्तmता उसको सपना वा साध्य केही पनि होइन । साध्य सत्य हो र त्यो अन्तरनिहित विषय भएकोले सोको उदात्तीकरण र क्रियान्वीकरण स्वच्छन्दता र समानताको पुजारीले मात्र गर्न सक्तछन् । अतः यात्रीमा समय र युगको अनुभूति हुन्छ । पथ द्रष्टाका लागि मार्ग  प्रदर्शन नै चाहिदैन । सत्य स्वतः प्रष्टिदै जान्छ । त्यसैले कविमा जीवनवादी स्वर गुञ्जिन्छ ।  

‘यहा कति–
        न्याय र समानता नपाएर मरे
        भोक र ततड्एिर मरे ।’

साहित्य र संगीतले तिनिीहरुका लागि के गर्न सक्यो ? आजको साहित्य र संगीत दर्पण मात्र होइन, उसले समस्या परिगेल्न र समाधानको बाटो पहिल्याउनु पर्छ । वर्गीय असमानता र विकृतिलाई सभ्ताको शुरुदेखिनै एक बर्गले डोयाउदै ल्याएको हुन्छ । मान्छेहरु अभिसप्त बन्दी बनेर पुतली झै जीवनत्वबिहीन बाचेका हुन्छन्, बाँच्नुको अर्थमा होइन, बाच्नका लागि बाँचेका हुन्छन् । चेपिएका र चेप्ने वर्ग एकै समाजका अवयव हुन् । तर एकमा प्राणधारको अभाव र अर्कोमा मानवताको कमीले नै समाज विभाजित छ । यो विभक्ति नियति मात्र नभै दिनचर्या बनेको छ यस समाजमा । यस विभक्तिकरणप्रति ‘गायक यात्री’ को श्वर ‘हामी माथि माथि उडिरहेका चील’ मा यस्तो छ ः 

‘मैले यो स्वीकार गरे
तिमी डाडापारी छौ
म डाडावारी छु 
तर पनि हाम्रो विचारलाई 
यो डाडाको टुप्पोमा उठ्ने रेखाले 
सीमाना बाध्न सक्ने छैन 
तिमी भिन्दै कुरा लेख्ने प्रयत्न गर 
म भिन्दै कुरा लेख्ने प्रयत्न गर्छु ।’

कविता ‘उ आउदै छ’ गायक यात्रीको सवैभन्दा मीठो गीत हो । प्रतीक योजन र कलाकारिताका ससाथ जीवन यथार्थ उजागर गर्छ यसले । 

हामी पथ भ्रान्तिमा छौ । जानी वा नजानी हामी जीवनत्व लुकाउन व्यस्त छौं ।  प्रष्टिनु उसको कत्र्तव्य तर प्रष्टिन नसक्नु उसको बाध्यता । मानिस प्रकृति हो । उससंग अनभिव्यक्त थुप्रै अवयवहरु थुप्रिएका छन्, कला यसलाई उदात्त उद्वोधन गर्दछ । ‘उ आफै आउदैछ’ यसको बास्तविक चित्र हो । उ साङ्केतिक प्रयोग हो र सत्य उसको आवगमन अपरिहार्य पनि छ । उ प्रेरक मातृत्व यथार्थ हो । त्यसैले कवि मञ्जुल आमाको सपनाका रिमाल झै उसको आवगमन अवश्यम्भाविता यसरी ओकल्छन् ः 
‘ससाना गाउदेखि बगेर आउने
ससाना खोलाहरु नदी
टाढाबाट अझै हेर्दा उ एउटा सर्प जस्तो देखिन्छ 
सानो खिरिलो बाटो जस्तो देखिन्छ 
जव नजिक पुगेर हामीहरु त्यसलाई हेर्छौ
त्यति वेला त्यो  गहिरो नदी
धारिला बेगहरु लिएर  अघि बढिरहेको हुन्छ
उर्लदा छालहरु लिएर अघि बढिरहेको हुन्छ 
हो उ त्यही नदी जस्तै छ
टाढाबाट हेर्दा सानो र मौन
तर नजिक गएर ह¥यो भने ठूलो आवाजको समुद्र 
निरन्तर कराइ रहने नथाक्ने विशाल श्वरहरुको लहर 
उ अग्ला अग्ला पहाडहरु पहाडहरु नाघेर आउछ 
अध्यारो भन्दा अध्यारो खोचहरु नाघेर आउदैछ ।’

‘आमाको सपना’ एउटा प्रवाश थियो । ‘उ आउदै छ’ त्यसको पनि पथ प्रदर्शक । कवि मञ्जुलको प्रगतिशील श्वर कवि रिमालको विकसित श्वर बन्न पुगेको प्रतीत हुन्छ । रिमालमा नपुगेको गिति अवयवहरु मञ्जुलमा आइपुग्दा सुन्दर अनि गेयात्मक भैदिन्छन् र सत्यको छचल्काइमा यथार्थ ओकल्न पुग्छ । कविता कर्मलाई आवश्यकता र समयवोधका समाधानतिर मोड्ने उत्साहका प्रगतिहरु मञ्जुलले दिएका छन् । हामीभित्र दमीत रहेका भावनालाई लयात्मक संयोजन र खिरिलो उत्साहमा परिवर्तन गर्न कवि मञ्जुल खप्पिस छन् ः

‘ए । उ आउदै छ एउटा लामो टांगन घोडा जस्तै 
सतकर्ता पूर्वक 
निर्भयता पूर्वक 
उसको आगमनलाई नरोक 
उसको पिठ्यूमा हामीले सम्मान गरेको युग चढेको छ ।
उसका लागि बाटो खाली गर, किनारा लाग 
ए । उ आउदैछ । 
उ हामी सवैलाई 
सुखी र समृद्ध जीवनको शुभकामना बोकेर आउदै छ ।
.......            ...........    ............
ए उठ, लाम लाग 
र उसकमे आवागमनलाई स्वागत गर 
उ त हामल्ेि बर्षैदेखि प्रतीक्षा गरेको 
प्रीय बस्तु बनेर आउदै छ 
तर याद गर है याद गर 
उ बाहिरबाट आउने अतिथि होइन 
उ हामी भित्रैबाट उठेर आउदै छ ।’
युगबोध र जीवनवादी धारणा प्रगतिशील प्रबृत्ति हुन् । मञ्जुल यस प्रवृत्तिका धरोहर हुन् । उनी मात्र लेखक होइनन्, गायक यायावर पनि । कवि भएका नाताले जनवादी यथार्थलाई लेख्ने दायित्व छ भने गायक भएकाले उक्त लेखनीलाई गेयात्मकता र सुन्दरता थपेर सजीव गीत गाउने मानवीय जिम्मेवारी पनि छ । अत ‘त्यो केटो’ र ‘रही बहादुर’ जस्ता दीनहीन पात्रका विषयमा उनी मुखरित हुन्छन्, विश्लेषित हुन्छन्, गाउछन् र जन हृदयको प्यारो ‘मञ्जुल’ का नामले सुरक्षित हुन पुग्छन् । 

लेख्दा वा गाउदा कलाकारले समयवोध, जीवन र यसका अनुभूतिलाई मनन गर्न र उतार्न सक्नुपर्छ । श्रोता सामु उद्वोधित ‘गायक यात्री’ नियात्रामा श्रोतालाई मात्र होइन, समयलाई घच्घच्याउन पुग्छ, यथार्थलाई चिमोट्न पुग्छ र विसंगतिलाई निमोठ्न पुग्छ । त्यसैले गायक यात्रीमा समपर्ण होइन, सङ्कल्प छ, पलायन होइन, प्रगति छ, र उद्वोधन छ मानव ‘स्व’ र ‘अस्मिता’ को । प्रगतिशील कलाकारमा एकाङ्कीपन र पूर्वाग्रह जस्ता संकोचन हुदैन । उसको हृदय विशुद्ध मानवतावादी भैदिन्छ । उनी असाहित्यको पटाक्षेपमा सिद्धहस्त कलम दोडाउदैनन्, प्रेम परागको सस्ता अभिव्यक्तिमा प्रसारित पनि हुदैनन्, उनको कलमले त जीवन र यसको मौजुदा नियति बोकेर जीवन गन्तव्यको बाटो पहिल्याउछ । मञ्जुल ती कवि हुन् जसको कलाकर्मले जीवनत्व पाएको छ । समकालीन साहित्यमा उनीमात्र यस्ता कलाकार हुन् जसभित्र सिंगो युगको गीत सुरिलो अनि हृदयविदारक स्वरमा गुञ्जिरहेको छ, जसले समयचेतनालाई राम्ररी समाएको छ ।

गायक वातावरण र साधनको असजिलोमा पर्छ । कवितामा उक्त असजिलोपना हुदैन भन्ने मञ्जुल सम्झौता परतिर पनि व्यक्ति स्वतन्त्र हुन्छ भन्ने विश्वासमा छन् । त्यसैले उनको ‘गायक यात्री’वा ‘रही बहादुर’ जस्तै पात्र स्वाभाविक प्रतीक देखिन्छन् । उनका कवितामा नारी पात्र पनि उन्मुक्तताको सन्देश दिन्छ र नारी अस्मिताको पैरवी गर्दछ । 

कवि व्यङ्गात्मक प्रयोगमा रहन्छन् तर  व्यङ्ग्यबोध भन्दा कलाकारिताको लयसले कवितामा शास्त्रीय परम्परा निर्वाह महशूस भएको हुन्छ । आफूभित्र जकडिएको पीडावोध गर्ने एउटा जीवन यात्री नियतीले उसप्रति गरेको अत्याचारलाई चुपचाप सहने धैर्यता राख्छ र व्यङ्ग्य पोख्छ ः 
‘उ मेरो पिठ्यूमा चढ्यो 
र उसले मलाई घोडा भन्यो 
......    .......    ............
चढ्यो
कोर्राले हान्यो 
लगाम समातेर यता उता तान्यो 
मलाई सताएर उसले आनन्द लियो 
मैले भने पशुले जस्तो व्यवहार गर्न सकिन 
लड्छ कि भनी संहाले
चोट लाग्छ कि भनी सावधान रहे 
उ रमाएको खुसी देखेर 
ऊ तिर फर्केर मुसुक्क हासे पनि 
तर उ थाकेन 
उ मेरो पिठ्यूमा चढ्यो 
ओल्र्यो 
फेरि चढ्यो 
चढी नै रह्यो ।’
(नेपाली समसामयिक कविताहरु २१६)

आप्mनो कलावादी धारणा अनुसार उनी पूर्णतः प्रयोग हुन् । कलालाई उनी युगीन सन्देश र प्रगतिको वाहकका रुपमा लिन्छन्, जसले प्रत्येक व्यक्तिलाई सजग र सचेत तुल्याउछ । त्यसैले उनी कला नबुझ्ने र बुझेर पनि बुझ् पचाउनेहरुका लागि भन्छन् ‘कला फर्मायसी भैरहेको छ, आवश्यकता होइन, कला देखवा भैरहेको छ बास्तविकता होइन । तर हाम्रा कलाहरु भने यी र यी जस्ताहरुबाट शुरु भैरहेको छ, त्यसैले उनीहरुले चाहेर पनि यसलाई खत्तम गर्न वा निर्जिव तुल्याउन सक्तैनन्, निर्वासित गर्न सक्तैनन् ।’ कला अन्तरंग प्रकाशन हो भने संगीत कला (यहा गीत) त्यसको हार्दिक निसृति ।

कलाकार मञ्जुल गीतका माध्यमबाट जन ढुकढुकी र आत्म आहतलाई पोख्ने गर्दछन् । बन्दुक समाउने हातले गितार समाउन र बौद्धिक व्यख्यान होइन, हार्दिक अभिव्यक्ति दिन्छन् । कलाकार आफ्नो अनुभूति सुनाउन जन्मेको छ, सत्यको विरुद्ध यातना अतः उसलाई नगण्य छ । हुनसक्छ त्यस कलाकारका पाइतालाहरु रगताम्मे भएर हिडे पनि ती रक्तिम पदचापले नजाने कति सरल जीवनीलाई ओकल्दै हिडेको छ, स्वप्नील जीवनको आशामा । 

mainaligopi@gmail.com

पुस २८, २०७५ मा प्रकाशित

गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार