पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
पृथ्वीनारायण शाहको जन्म दिन पौष २७ लाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएकोमा देशमा गणतन्त्र स्थापना भए पछि यो पर्वलाई कटौति गरिएको अद्यावधि कायम नै छ । यो राष्ट्रिय पर्वलाई राज्यको तर्फबाट मनाउन किन छोडिएको हो, त्यसको तर्कसंगत जवाफ अझैसम्म सार्वजनिक भएको छैन । विना आधार कारण सरकारले राष्ट्रिय पर्वको सूचीबाट हटाएको पृथ्वी जयन्तीलाई राज्यको तर्फबाट नमनाए पनि नागरिकको तर्फबाट भने मनाइंदै आइएको छ । केही वर्ष यता नेपाल एकीकरण गरी स्वतन्त्र र सार्वभौम राष्ट्र स्थापना गर्ने ऐतिहासिक भूमिका निभाउने पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राज्यको तर्फबाट निरन्तरता दिनु पर्ने आवाज जनस्तरबाट उठे पनि सरकार भने सुनेको नसुने झैं गरिरहेको छ ।
पौष २७ गते मनाइने पृथ्वी जयन्तीका सम्बन्धमा सरकारले कुनै निर्णय गरेन । तर राष्ट्रपतिले पृथ्वीनारायणको सिंहदरबारस्थित शालिकमा माल्यार्पण गर्नुभएको छ ।
कुनै पनि देश निर्माणमा कुनै व्यक्ति, संस्था वा समुदायको भूमिका महत्वपूर्ण रहेको हुन्छ । त्यस्ता व्यक्तित्वको स्मरण र सम्मान गर्नु राष्ट्रिय कर्तव्यको रुपमा लिइन्छ । नेपाल एकीकरण गर्ने नेतृत्व पृथ्वीनारायण शाहले लिएको ऐतिहासिक तथ्य सर्व स्वीकार्य छ । कसै कसैले एकीकरणका क्रममा भएका सानातिना त्रुटिहरूलाई छायामा पार्ने दुष्प्रयास गर्दै आएका भए पनि उनीहरूले एकीकरण नै गलत भएको भन्ने हिम्मत र सहास अझैसम्म गरेका छैनन् । केही वर्ष यता पृथ्वीनारायण शाहको योगदानलाई स्वीकार पनि नगर्ने, अस्वीकार पनि नगर्ने मनस्थितिबाट सरकार गुज्रीरहेकोले यस विषयमा राष्ट्रिय वहस हुनु नितान्त आवश्यक छ ।
जतिबेला अंग्रेज साम्राज्यले अजिंगर झैं एशियाका एक पछि अर्को देशलाई निल्दै थियो, त्यतिबेला अहिलेको नेपाल बाइसी, चौबीसी लगायत साना साना ५२ वटा राज्यमा विभाजित थियो । अंग्रेज साम्राज्यले भारतलाई निलेर नेपाल माथि आँखा गाड्न थालेको थियो । एक अर्कोमा शत्रुतापूर्ण सम्बन्ध रहेका यी साना साना नेपाली राज्यहरूले अंग्रेज साम्राज्यसँग प्रतिरोध गरी आफूलाई बचाउने कुनै सम्भावना नै थिएन । त्यतिबेला साना साना राज्यहरूको एकीकरणबाट बन्ने नयाँ शक्तिशाली राज्यले मात्र अंग्रेजसँग प्रतिरोध गर्न सक्ने स्थिति थियो । आफ्नो देशको स्वतन्त्रता गुम्ने दिन निकट आइरहेको देखे, बुझेका विभाजित राज्यहरूका जनताहरूको चाहना एकीकरणको पक्षमा थियो । गोर्खा जस्तो सानो पहाडि राज्यका यूवा राजा पृथ्वीनारायण शाहले यस्तो जनचाहना र राष्ट्रिय आवश्यकता आत्मसात गरी जन एकीकरणको नेतृत्व लिएका थिए ।
उर्लंदो. र उन्मत्त अंग्रेजहरूको साम्राज्य विस्तारको अभियानलाई यो एकीकरणले रोकेकोले नेपाल स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न राष्ट्रको रुपमा रहन सकेको ऐतिहासिक तथ्यले. पुष्टि गर्दछ । अंग्रेजहरूको साम्राज्य विस्तारमा यो एकीकरण बाधक बन्दा एशियाका अन्य देशहरूको पनि स्वतन्त्रता बचेको त्यति बेलाका घटनाक्रममा देखिन्छ । त्यति बेला अंग्रेजहरूले भूगोलको विस्तार गर्ने मात्र होइन, धार्मिक, सांस्कृति र भाषिक साम्राज्य विस्तार गर्ने नीति पनि अबलम्बन गरेको पाइन्छ । उनीहरूले आफ्ना साम्राज्य विस्तार गरेका देशहरूमा त्यहाँको मौलिक धर्म, संस्कृति समुल नष्ट गरी क्रिश्चियन धर्म र अंग्रेज संस्कृति स्थापना गर्नमा विशेष प्राथमिकता दिएबाट यो कुराको पुष्टि हुन्छ । नेपालको मौलिक धर्म, संस्कृति, सामाजिक मुल्य–मान्यता र परम्परा बचाउन पनि यो एकीकरणले ऐतिहासिक भूमिका निभाएको थियो भन्दा अतिशयुक्ति हुँदैन ।
यो एकीकरण एउटै धर्म, संस्कृति र सामाजिक मुल्य मान्यता भएका साना साना देशहरू बीच भएकोले भत्किएको, टुटेको सामाजिक र संस्कृतिक मुल्य मान्यतालाई पुनः निर्माण गर्ने यसले अभुतपूर्व रुपमा भूमिका पनि निभाएको पाइन्छ । “नेपाल सबै जातको फूलबारी हो” भन्ने पृथ्वीनारायण शाहको दिब्य उपदेशबाट यो एकीकरणले सबै जातजाती, सबै धर्म र संस्कृतिका जनताहरूको सहअस्तित्वालई स्वीकार गरेको देखिन्छ । एकीकरण पछि काठमाडौं उपत्यकामा प्रचलित नेवारी र पूर्वको बिजयपुर सेन राज्यमा किँरात धर्म र संस्कृतिलाई नखल्बल्याउनु यसको ज्वलन्त उदाहरण हो । यी तथ्यहरूबाट यो एकीकरणले भौगोलिक एकीकरण मात्र गरेको थिएन, भावनात्मक एकीकरण पनि गरेको थियो भन्ने पुष्टि गर्दछ । परापूर्वकालदेखि नै विभिन्न जात, जाती, विभिन्न धर्म र संस्कृतिका बीचको सहअस्तित्व र सहिष्णुतालाई यो एकीकरणले अझ उचाईमा पु¥याएको पाइन्छ । सामाजिक र संस्कृतिक क्षेत्रमा यो एकीकरणले निभाएको भूमिका अनुपम रहेको छ ।
वर्तमान नेपाल पृथ्वीनारायण शाहको नेतृत्वमा भएको एकीकरणको जगमा खडा भएको छ । एकीकरणले स्थापित गरेको यो जगलाई भत्काई दिँदा स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलु्कको रुपमा नेपाल रहन सक्ने स्थिति छैन । जतिबेला नेपाली सत्ताले यो कटु सत्यलाई बेवास्ता गरेको छ, जसबाट मुलुकको अस्तित्वमा नै प्रश्नचिन्ह खडा हुने भएको छ । यसका साथै एकीकरणले स्थापित गरेका मुल्य मान्यताहरू अहिले पनि झन् झन् सान्दर्भिक हुँदै आएका छन् । “नेपाल दुई ढुङ्गाको तरुल हो” भन्ने पृथ्वीनारायण शाहको भनाई कम अर्थपूर्ण छैन । राष्ट्रियताको लागि ठूला ठूला भूगोल, जनसंख्या र शक्ति भएका भारत र चीन दुई देश बीच बुद्धिमतापूर्ण तरिकाले सम्बन्ध र विश्वासमा सन्तुलन कायम गर्नु नितान्त आवश्यक रहेको यो भनाइको मर्म हो । यो वास्तविकतालाई नबुझ्दा वा बुझेर पनि निहित स्वार्थवस कार्यान्वयन नगर्दा मुलुक पटक पटक संकटग्रस्त भएको सर्वविदितै छ ।
एकीकरणपूर्व काठमाडौं उपत्यकामा अंग्रेजहरूले नेपालको मौलिक धर्म, संस्कृतिलाई समुल नष्ट गरी क्रिश्चियन धर्म स्थापित र विस्तार गर्ने, त्यसको जगमा टेकेर आफ्नो साम्राज्य विस्तार गर्ने नीति लिएको पाइन्छ ।
केपुचीनको नेतृत्वमा पादरीहरूले त्यतिबेला गरेको कसरतले त्यहीकुरा देखाउँछ । धर्म र संस्कृतिको लागि मात्र होइन, राष्ट्रिय सुरक्षा र छिमेकीसँगको असल सम्बन्धलाई विश्वासिलो बनाउन पादरीहरूको भूमिका निस्तेज गर्न आवश्यक ठानी पृथ्वी नारायण शाहले केपुचीनलाई निष्कासन गरेको कदम कम दुरदर्शी थिएन । विविध धर्म, संस्कृति र विविध जात जाती बीच द्वन्द्व गराउने पादरीहरू विरुद्ध यति कठोर कदम त्यतिबेला नचालेको भए एकीकरणको जग अहिले सम्म पनि टिक्ने थिएन होला । धर्म, एन.जि.ओ. र आइ.एन.जि.ओ. का आवरणमा पश्चिमाहरूले केही वर्ष यता जसरी द्वन्द्वको खेति गरि रहेका छन्, त्यसले नेपाली सामाजिक जीवनलाई अस्वाभाविक रुपमा खल्बल्याउँदै छ । धर्मको नाममा भई रहेको घुसपैठको प्रभाव कति खतरनाक छ भन्ने कुरा भर्खरै सम्पन्न विवादस्पद युनिभर्सल पिस फाउण्डेशनद्वारा एशिया प्यासेफिक समिटले देखाउँदछ । यस विषयमा पृथ्वीनारायण शाहको कठोर नीति अवलम्बन नगर्ने हो भने राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न हुने परिदृष्यहरू देखिन थालेका छन् ।
वर्तमान स्थितिमा संघीयतालाई जातीय र क्षेत्रीय द्वन्द्वको लागि प्रयोग गरी नेपाललाई असफल राष्ट्र बनाउने दुष्प्रयास वाह्य शक्तिहरूले गर्दै आएका छन् । मुलुकका प्रमुख राजनीतिक पार्टीहरू र तिनका शीर्ष नेताहरू उनिहरूको लाचार छायाँ बनिरहेको स्थितिमा मुलुकको अस्तित्वमा नै प्रश्नचिन्ह खडा हुँदै गएको छ । त्रुटिपूर्ण विदेश नीतिका आधारमा पश्चिमा शक्तिहरूलाई खुलम खुल्ला रुपमा नेपाली भूमि प्रयोग गर्न दिँदा नेपाल शक्ति राष्ट्रहरूको द्वन्द्वको अखडा बन्दै गएको छ । अमेरिकाले इण्डो–पेसिफिक स्ट्रटेजीमा नेपाललाई प्रयोग गर्ने कसरत गरिरहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको अमेरिकी भ्रमण र जापानी विदेश मन्त्रीको नेपाल भ्रमणले पुष्टि गरको छ । सरकार विदेशी षडयन्त्रमा दिन प्रतिदिन निस्कन नै नसक्ने गरी फस्दै गएको छ । यस्तो विदेशी षडयन्त्रलाई असफल गराउन पृथ्वीनारायण शाहले अवलम्बन गरेको पश्चिमा विरोधि नीति निकै उपयोगी हुन्छ ।
नेपाल एकीकरण गर्दा र एकीकरणलाई बचाउनको लागि पृथ्वी नारायण शाहले अख्तियार गरेको पश्चिमा विरोधि नीतिको सान्दर्भिकता झन् बढेर गएको छ । एकीकरणलाई दीगो र टिकाउ बनाउन पृथ्वीनारायण शाहले केपुचीन लगायतका पादरीहरूलाई निश्कासन गर्ने नीति जस्तै कठोर नीति अवलम्बन गर्न अब बिलम्ब गरियो भने मुलुक निकै जटिलतामा फस्ने निश्चित छ । पृथ्वीनारायण शाहको योगदानलाई बेवास्ता गर्नु वा ओझेलमा पर्नु नेपाल र नेपालीको अस्तित्वमा खेलवाड गर्नु हो । समस्यै समस्याबाट घेरिँदै गएको मुलुकलाई बचाउन पृथ्वीनारायण शाहका नीति र विचारलाई पुनः स्थापित गर्नु राष्ट्रिय आवश्यकता बन्दै गएको छ ।
(लेखक वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हुनुहुन्छ)
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...