कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मौसम परिवर्तनसँगै रुघा खोकी लाग्नु सामान्य समस्या बनिसकेको छ । त्यसमा पनि धुवा धूलो लगायतका कारण रुघा खोकी लगातार लागिरहने समस्यमा हुने गरेको छ ।
तर मौसमी रुघाखोकीमा सतर्क हुन चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।
रुघा लागेमा आफैले मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ भने त्यसो गर्नु प्रत्युत्पादनक हुन सक्छ । त्यसैले रुघा लागेमा त्यसलाई सामान्य ठानेर जथाभावी औषधी खाँदा समस्या उत्पन्न हुन सक्छ ।
रुघाखोकी बिग्रेस निमोनिया भएपछि तथा स्वास प्रश्वास सम्बन्धी पुराना रोग भएकाहरु दम बढेर अन्योलमा परेपछि मात्र अस्पताल जाने प्रचलन रहेको छ । यस बाहेर घाँटी दुख्ने आँखा चिलाउने ज्वरो आउँने। शरीर दुख्ने, सुख्खा खोकी लाग्ने लगातका समस्या उत्पन्न हुन्छ । पसलबाट आफूखुसी औषधि किनेर खाँदा कतिपय अवस्थामा समस्या उत्पन्न हुनसक्छ । त्यसैले चिकित्सकको सल्लाहविना औषधिको प्रयोग गर्न हुँदैन ।
मौसम परिवर्तन हुँदा देखिने मौसमी फ्लुको समयमै उपचार नगर्दा विशेष गरी बालबालिका र दमका रोगीहरूलाई यसले बढी दुःख दिने भएकाले यस्ता उमेरकालाई विशेष सतर्क रहन चिकित्सकको सुझाव छ । मौसमी रुघाखोकीको बेलैमा उपचार नगर्दा युवाहरूमा पनि किटाणुजन्य संक्रमणले जटिलता ल्याउने भएकाले सबैले सचेत रहनुपर्ने उनीहरू बताउँछन्।
सकेसम्म सामूहिक भेटघाटमा कम जाने, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मास्कको प्रयोग गर्न नछुटाउने, सार्वजनिक गाडी तथा भवनका झ्याल, ढोका, चुक्कुल आदि छोएपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ । किनकि यस्ता स्थानबाट फ्लुका भाइरस एकबाट अर्कोमा सर्ने खतरा हुन्छ । यस्तै प्रभावित व्यक्तिनजिक बस्दा पनि भाइरस सर्ने भएकाले मास्कको प्रयोग गर्नुपर्ने चिकित्सको सल्लाह छ।
होसियारी अपनाउँदा अपनाउँदै पनि मौसमी रुघाखोकीको संक्रमण भइहालेमा भने युवा तथा प्रतिरक्षा क्षमता बलियो भएकाहरू एक/दुई घरैमा आराम गरेर बस्ने, झोलकुरा प्रशस्त खाने, रुघाखोकीमा राहत दिने किसिमका खानेकुराहरू खाने, धुलो र चिसोमा बढी नहिंड्ने गरेमा केही दिनमा निको पनि हुन सक्छ।
तर दम, दीर्घरोगी, बालबालिका, वृद्धहरूले भने रुघाखोकीका लक्षण देखिनेबित्तिकै चिकित्सकको निर्देशनमा औषधि लिनुपर्ने चिकित्सकको सुझाव छ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...