नेपाल पुलिस क्लबलाई तेस्रो स्थान

पुस २८, २०७५

काठमाडौं – नेपाल पुलिस क्लबले दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ ।

चन्द्रागिरीस्थित न्यू डायमण्डको मैदानमा आज भएको खेलमा पोखराको टप्स माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब तेस्रो भएको हो । 


ADVERTISEMENT

पुलिसले टप्स माविलाई २५–११, २५–१ र २५–१४ सोझो सेटमा पराजित गर्न सफल भयो । तेस्रो स्थानसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । चौथो स्थानको टप्स माविले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस