वैदेशिक रोजगारीमा रहँदा दाँहिने खुट्टा गुमाएका शर्मालाई एक लाख

पुस २८, २०७५

मोरङ– वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाँहिने खुट्टा गुमाएका मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का ३९ वर्षीय वीरबहादुर शेर्मालाई आज रु एक लाख ५०० सहयोग प्रदान गरिएको छ । 

उनलाई देश तथा विदेशमा रहेका नेपालीद्वारा सङ्कलन गरिएको उक्त रकम प्रदान गरिएको हो ।


ADVERTISEMENT

 रूपेश शेर्माको अगुवाइमा मलेशियामा सङ्कलित रु ५० हजार, टिकेन्द्र शेर्माको अगुवाइमा कोरियामा सङ्कलित रु ३६ हजार र नरेन शेर्माको अगुवाइमा नेपालमा सङ्कलित रु १४ हजार ५०० उनलाई प्रदान गरिएको छ । 

सङ्कलित रकम झापा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले घाइते वीरबहादुरलाई उनकै घरमा पुगेर हस्तान्तरण गरेका थिए । 

 साउदी अरबको रियादस्थित कृषि फारममा कार्यरत रहँदा २०७४ साउन २२ गते दुर्घटना हुँदा चोट लागेपछि त्यहाँका चिकित्सकले शल्यक्रिया गर्नेक्रममा दायाँ खुट्टा काट्नुपरको थियो । 
 

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार