आगलागीमा जलेर नेपालगञ्जमा एक जनाको मृत्यु

पुस २८, २०७५

बाँके– विद्युत् चुहिएर भएको आगलागीमा जलेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । 

नेपालगञ्ज उपमानगरपालिका–९ स्थित बाँकेगाउँका ६२ वर्षीय निजामुद्दीन ढपालीको आफ्नै घरमा विद्युत् चुहिएर लागेको आगोले सुतेकै अवस्थामा मृत्यु भएको हो ।
 आगलागीले ढपालीको कच्ची घर पुरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
आज बिहान ४ बजे घरमा आगो लागेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएका थिए । 
 


ADVERTISEMENT

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस