श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ , विभिन्न हातहतियार बरामद

पुस २८, २०७५

इलाम-आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलामको सन्दकपुर गाउँपालिका- ५ बतासे बस्ने ३५ वर्षीय सोमबहादुर गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

 उनले घरायसी बिबादको कारण रक्सीको बोतलले ३५ वर्षीया श्रीमती निरमाया गुरुङलाई प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको  थियो ।


ADVERTISEMENT

यता बिभिन्न हातहतियार तथा कच्चापदार्थ सहित गुल्मीको धुर्कोट गाउँपालिका-३ हाडहाडे बस्ने ५१ बर्षीय शेरबहादुर जिसीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पुर्कोटहदबाट खटिएको प्रहरी टोलीले जिसीको घर खानतलासी गर्दा घरमा बनाई राखेको एकनाले भरुवा बन्दुक १ थान, बनाउदै गरेको एकनाले भरुवा बन्दुक १ थान, मेड इन कलकत्ता लेखेको टोयएर गन १ थान, बारुद बनाउन प्रयोग गरिने युरिया आधा किलो, बारुद आधा किलो, गन्धक ४ सय ग्राम, पटका ५ पाकेट, गोली बनाउन प्रयोग गरिने सिसा करिब डेढ किलो, सटगनको गोली २ वटा, लङरेन्ज एयर राईफलको पेलेट १ प्याकेट, चुरी काट्ने मेसीन १ थान, ड्रील मेसीन १ थान, आरन पङ्खा १ थान र कच्चा नाल २ थान  समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार