×

NMB BANK
NIC ASIA

इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिने

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लि.कोे ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

Muktinath Bank

सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार Nepal Financial Reporting Standards (NFRS) बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साधारणसभाले २०७४/७५ सम्मको संचित मुनाफाबाट २०७५ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । 


Advertisment
Nabil box
Kumari

बैंकको चुक्ता पूँजी रु. १२ अर्ब ५८ करोड (पारित १८ प्रतिशत बोनस सहित) पुगेको छ । त्यसैगरी बैंकको जगेडा तथा कोषको रकम पनि बढेर रु.९ अर्ब ७७ करोड पुगेको छ भने शेयरधनी कोष (Shareholders Fund) रकम रु.२४ अर्ब ८७ करोड पुगेको छ । 

Vianet communication
Laxmi Bank

यस बैंकको शेयरधनी कोष निजी क्षेत्रका बैंकहरुमध्ये उच्च रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लि.ले आ.व. २०७४–७५ मा रू.४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसै गरी खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ  । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर रू. १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १४.४४ प्रतिशतले बढेर रू.१ सय २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ  ।

बैंकिङ सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बैंकले उपत्यका भित्र र बाहिर गरी १६ वटा नयाँ शाखाहरु बिस्तार गरेको छ भने एस डेभलपमेन्ट बैंक लि.को प्राप्तिपछि एकै क्षेत्रमा रहेका केही शाखाको स्थानान्तरण पनि गरेको छ । विस्तारित शाखा सहित बैंकले काठमाण्डौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सुविधा तथा १०९ वटा एटिएमबाट सेवा दिइरहेको छ । 

त्यस्तै यही वर्ष बैंकको सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट लि. र साविक एस क्यापिटल लि. एकआपसमा गाभिई नेपालको सबैभन्दा बढि रु.२७ करोड चुक्ता पूंजी भएको मर्चेन्ट बैंकरको रुपमा एनआईबिएल एस क्यापिटल लि. स्थापित भएको छ साथै आफ्ना उपलव्ध सेवाहरुलाई सुलभ एवं सहज बनाउन उपत्यका भित्र लालदरवार र लगनखेल तथा उपत्यका बाहिर पोखरा, बुटवल, वीरगञ्ज र बिराटनगरमा पनि शाखा विस्तार गरिसकेको छ  । 

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थप जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ । 

यसवर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । मास्टरकार्डबाट एटिएम र पस (POS) मेसिन दुबैको सुविधा प्राप्त गर्न सकिन्छ ।

बैंक अफ दि इयर पाँच पटक प्राप्त गरिसकेको NIBL ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney award for excellence “Best Bank 2018” अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा A बाट A+ ल्याई स्त्तरोन्नति गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x