×

NMB BANK
NIC ASIA

मर्यादाक्रम विवाद, सांसद भन्छन्– हामी अपमानित भयौं

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– मन्त्रिपरिषद्ले केही दिन अघि स्वीकृत गरेको सार्वजनिक पदमा रहेका व्यक्तिहरूको मर्यादाक्रमको सांसदरुले आलोचना गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसदद्वय हरिराज अधिकारी र पूर्वमन्त्री समेत रहेका हरिबोल गजुरेलले सरकारले जारी गरेको मर्यादाक्रमले आफूलाई अपमानित गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सार्वजनिक गरिएको मर्यादाक्रमले अपमानित महसुश गरेका छांै’’ गोरखा १ बाट निर्वाचित नेकपा सांसद हरिराज अधिकारीले संसदमा भनेका थिए, ‘यसमा पुनर्विचार गर्नुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

लोकान्तरसँग कुराकानी गर्दै सांसद अधिकारीले मर्यादाक्रमको नौ नम्बरमा उल्लेख गरिएको प्रावधानप्रति असहमति रहेको बताए । ‘संघीय संसद सदस्यहरूको मर्यादाक्रम र प्रदेश मन्त्रीको मर्यादाक्रम एकै स्तरको हुन सक्दैन,’ अधिकारीले भने, ‘संघीय संसदको मर्यादा कम्तिमा पनि प्रदेश मुख्यमन्त्री सरह हुनुपर्छ, यसलाई सच्याइनुपर्छ ।’

Vianet communication
Laxmi Bank

मन्त्रिपरिषदले स्वीकृत गरेको मर्यादाक्रमको ९ नम्बरमा नेपाल सरकारका सहायक मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेशसभाका उपसभामुख, प्रदेश सभाका विभिन्न समितिका सभापति, काठमाडौँ महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारका मुख्य सचिव र सेनापति रहने उल्लेख गरिएको छ ।

नेकपाकै अर्का सांसद हरिबोल गजुरेलले पनि नयाँ मर्यादाक्रमप्रति असन्तुष्टि व्यक्त गरे । ‘मर्यादाक्रमले धेरै बिवाद भएको छ’ आइतबार संसदमा बोल्दै गजुरेलले भने,‘सरकारले हरेक निर्णय हचुवाले गर्ने र पछि हट्ने गरेको छ, यस्तो हुनु हुँदैन ।’

मन्त्रिपरिषदले स्वीकृत गरेको नयाँ मर्यादाक्रममा क्रमशः  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष, प्रदेश प्रमुख तथा त्यसपछि केन्द्रीय मन्त्री र मुख्यमन्त्री छन् । 

पुस २३ को मन्त्रिपरिषदको निर्णय अनुसार यसअघि सरकारको मुख्य सचिवभन्दा पछाडि पारिएका प्रदेशसभाका सभामुख, प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम एक तह माथि सारिएको छ । प्रदेश सभामुखलाई केन्द्रीय राज्यमन्त्रीसरह राखिएको छ भने प्रदेश मन्त्रीलाई केन्द्रीय सहायकमन्त्रीसरह राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x