×

NMB BANK
NIC ASIA

कानूनी उल्झनका बीच कैलाली उद्योग वाणिज्य संघले पायो नयाँ नेतृत्व, अध्यक्षमा कुँवर

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कानूनी उल्झनका बीच कैलाली उद्योग वाणिज्य संघले आइतबार नयाँ नेतृत्व पाएको छ ।

Muktinath Bank

नक्कली सदस्यताको कानूनी उल्झनमा फसेको संघले आफ्नो ४६औं वार्षिक साधारण सभामार्फत् १८ सदस्यीय नयाँ नेतृत्व पाएको हो । संघको नक्कली सदस्यता छानबिनका लागि भन्दै केही व्यवसायीले उच्च अदालतमा रिट दायर गरेपछि वैशाखमै हुने साधारण सभा आइतबार सम्पन्न भई नयाँ नेतृत्व पाएको छ । रिटको सुनुवाई गर्दै अदालतले वैशाख २० गते अन्तरिम आदेश जारी गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच साधारण सभाबाट पुष्पराज कुँवरको प्यानलका अधिकांश उम्मेदवार विजय भएका छन् । अध्यक्ष कुँवर १ हजार मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी रुपेश स्वाँरले ९३१ मत र डिल्लीराज अवस्थीले १७७ मतमै चित्ता बुझाउनुपर्‍यो ।


Advertisment
Nabil box
Kumari

उपाध्यक्ष उद्योगतर्फ पुस्करराज ओझाले १ हजार ८० मत, उपाध्यक्ष वाणिज्यतर्फ गगनराज केसीले ९६० मत र उपाध्यक्ष वस्तुगततर्फ शिवराज कुँवरले ९५२ मत ल्याएर वियजी भएका छन् ।

Vianet communication
Laxmi Bank

महासचिवमा ओमबहादुर विष्टले १ हजार ८७ मत ल्याएर विजयी भएका छन् भने कोषाध्यक्षमा भीमराज ओझा (बब्बु) ले ९६६ मत ल्याएर विजयी भएका छन् ।

ओझा स्वाँर प्यानलबाट विजयी भएको संघले जनाएको छ भने सचिवमा सिद्धराज पनेरुले १ हजार ३६ मत ल्याएर विजयी भएका छन् ।

कुँवर प्यानलका अधिकांश निर्वाचित

मतदानमा ७ जना सदस्य पुष्पराज कुँवर प्यानलबाट विजयी भएका छन् भने ४ जना सदस्य रुपेश स्वाँर प्यानलबाट विजयी भएका छन् ।

विजयी सदस्यमध्ये केशवराज जोशीले ९३५ मत, लक्ष्मणराज पन्तले ९३१ मत, राधिका कुमारी चौधरीले ८८९ मत, मनोज अग्रवालले ८८३ मत, तिलक चन्द्र खतिवडाले ८४२ मत, सुरेन्द्रकुमार वोहोराले ८०८ मत र महेन्द्रकुमार सिंहले ७९९ मत प्राप्त गरेका छन् ।

स्वाँर प्यानलबाट विजयी सदस्यमध्ये तिलकबहादुर बोहोराले ९२१ मत, रवि कुँवरले ८८५ मत, श्यामराज जोशीले ८६८ मत र रुपेश खड्काले ८५० मत प्राप्त गरेको संघका कार्यालय प्रमुख ज्योति भट्टले जानकारी दिए ।

उनका अनुसार २ हजार ७०४ सदस्य संख्या रहेकोमा सम्पन्न निर्वाचनमा २ हजार २६१ मत खसेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x