×

NMB BANK
NIC ASIA

जनकपुरधाम– प्रदेश नम्बर २ मा एक मन्त्रालयका सचिवमाथि भएको कुटपिटका प्रत्यक्षदर्शी प्रदेशका सभामुख सरोज कुमार यादवले घटनाबारे मुख खोलेका छन् । उनले घटनाका बारेमा लोकान्तरसँग कुरा गर्दै उक्त प्रकरणमा कुटाइ खाएका भनिएका सचिव विद्यानाथ झाकै गल्ती रहेको बताए । 

Muktinath Bank

दुई नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवको कार्यकक्षमै आएर जथाभावी गर्न थालेपछि हात हालाहालकाे स्थिति सिर्जना भएकाे तर मन्त्रीले कुटपिट नगरेकाे सभामुख यादवले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख यादवले आफू सदनका कामरकारवाही कुराकानी गर्न भन्दै मन्त्री विजयकुमार यादवको कार्यकक्षमा गएको बेला सचिव झा पनि आइपुगेका र मन्त्री यादवले एक छिन पछि आउन निर्देशन दिएका सभामुख यादवले बताए । मन्त्रीको निर्देशनअनुसार सचिव झा बाहिरिए पनि एकछिनमै फेरि भित्र आएर ‘मेरो कुरा नसुन्ने, सुन्नुस्’ भन्दै मन्त्री यादवसँग जिद्धि गर्न थालेको सभामुख यादवको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

तर, सचिव झाले भने ‘वन उद्यम कार्यक्रम’ मन्त्री यादवले आफ्नो मान्छेको एनजीओलाई दिनु पर्‍यो भन्दै दवाव दिएका र मन्त्रीको दवावअनुसार आफूले काम नगर्दा आफूमाथि हातपात भएको बताएका छन् ।

Vianet communication
Laxmi Bank

त्यस्तै मन्त्री यादवले सभामुखको अगाडि आएर थच्चक बसेको, मर्यादाक्रम मिचेका लगायतका गल्ती सचिवकै भएको तर, आफूले कुटपिट नगरेको बताएका छन् ।

मन्त्री यादव र सचिव झाबीच झगडा हुँदा मन्त्रीकै कार्यकक्षमा रहेका राजपा नेपालका सांसद उपेन्द्र महतोले मन्त्री र सचिवबीच हात हालाहालको स्थिति सिर्जना भएको बताए । 

सभामुख यादव र आफूले मिलेर दुवैजनालाई शान्त पारेको महतोले लोकान्तरसँग बताए । 

दुवैजनाबीच हात हालाहालको स्थिति सिर्जना भएपनि मन्त्रीले कुटपिट नगरेको सांसद महतोले दावी गरे । ‘मन्त्री र सचिबबीच हात हालाहालकै स्थिति सिर्जना भएको हो । तर मन्त्रीले कुटपिट गर्नुभएको हैन,’ महतोले भने, ‘पछि सभामुख ज्यू र मैले मिलेर उहाँहरुलाई शान्त पार्‍यौं ।’ 

छानबिन समिति गठन

प्रदेश २ सरकारले सचिव कुटिएको विषयमा छानबिन गर्न ३ सदस्यीय छानबिन समिति नै गठन गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा गठित समितिमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।

मुख्यमन्त्री लालबाबु राउतले समितिले प्रतिवेदन बुझाएपछि मात्रै कारबाही प्रक्रिया अगाडि बढाउने जनाएका छन् । मुख्यमन्त्री राउतले आइतवार मन्त्री यादव र सचिव झासँग छुट्टा छुट्टै भेटेर घटनाबारे जानकारी लिएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x