×

NMB BANK
NIC ASIA

त्रिविमा सेमेस्टर प्रणालीको असर : व्यवस्थापन संकायमा ८२ प्रतिशत विद्यार्थी उत्तिर्ण

पुस २९, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

काठमाडौं–त्रिवि व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तहमा यस वर्षको प्रथम सेमेस्टरको हालै प्रकाशित नतिजामा औषतमा ८२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् । 

Muktinath Bank

व्यवस्थापन संकाय डीनको कार्यालयका अनुसार देशभर पहिलोपटक शुरु गरिएको सेमेस्टर प्रणालीको पठनपाठन अन्तरगत पहिलो सेमेस्टरको नतिजामा उपत्यकाबाहिरका क्याम्पस÷कलेजहरुबाट ८७.८९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी उपत्यकाभित्रका क्याम्पस÷कलेजहरुबाट ९१.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । यहि वर्षदेखि उपत्यकाबाहिरका क्याम्पसहरुमा समेत सेमेस्टर प्रणाली अनिवार्य गरिएको हो । यसअघि गत वर्षसम्म त्रिवि कीर्तिपुरस्थित विभाग र उपत्यकाभित्रका क्याम्पसहरुमा मात्र सेमेस्टर प्रणालीमा पठनपाठन भइरहेको थियो । 


Advertisment
Nabil box
Kumari

यो सन् २०१९ को लागि भर्ना भएका विद्यार्थीहरुको पहिलो सेमेस्टरको नतिजा हो । यो नतिजा देशभरको औषतमा ८२.२१ प्रतिशत उत्तीर्ण हो । यस नतिजाले विगत वर्षहरुको वार्षिक प्रणालीमा भएका कमी कमजोरीहरु सुधार गरी सेमेस्टर प्रणालीमा गएपछि व्यवस्थापन संकायमा गुणस्तरीय पठनपाठन भइरहेको र नतिजा राम्रो आएको देखाएको छ । 

Vianet communication
Laxmi Bank

पहिलो समेस्टरको परीक्षा भदौ र असोज महिनामा लिइएको थियो भने तीन महिनाभित्र नतिजा प्रकाशन गरिएको डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिए । उनले विगत वर्षहरुमा वार्षिक प्रणालीको नतिजा हेर्दा ७ देखि १७ प्रतिशतसम्म मात्र विद्यार्थीहरु परीक्षामा उत्तिर्ण हुने गरेकोमा सेमेस्टर प्रणालीले नतिजामा उल्लेख्य सुधार ल्याएको दावी गरे । 

वार्षिक प्रणालीमा बीस प्रतिशतमाथि नतिजा नआएको बताउँदै डीन शर्माले प्रथम सेमेस्टरको नतिजाले संकायलाई उत्साहित गरेको उल्लेख गरे । 

यस वर्ष उपत्यका भित्र र उपत्यकाबाहिरका क्याम्पसहरुमा व्यवस्थापन संकायको स्नातकोत्तर तह पहिलो सेमेस्टरमा ६ हजार ३ सय ६० भन्दा बढी विद्यार्थी अध्ययनरत  छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x