जेठ २२, २०८०
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
पुस ३०, २०७५
रविन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट स्थापित लोकप्रिय युवा नेता हुन् । पछिल्ला तीनवटा निर्वाचनमा लगातार प्रत्यक्ष निर्वाचित हुने सीमित नेतामा रविन्द्र पनि एक हुन् । सांसद विकास कोषको नामले चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना छनौटमा पारदर्शी ढंगले काम गरेको भन्दै उनको प्रशंसा भएको थियो । संविधानसभाको पहिलो कार्यकालमा लेखा समितिको सदस्य र दोस्रोे कार्यकालमा संसद्को विकास समितिको सभापति बनेर उनले काम गरेका थिए । विकास समितिको सभापतिको रुपमा रविन्द्रले राष्ट्रिय गौरवका आयोजनालाई द्रुत ढंगले अगाडि बढाउन भूमिका खेलेका थिए । २०७४ साल चैत ३ गते प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका रविन्द्र पछिल्लोपटक नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा विभागीय मन्त्रीको हैसियतमा मुछिए । वाइडबडी प्रकरणमा भएको भनिएको अनियमितता सम्बन्धमा संसद्को लेखा समितिले गरेको एक छानबिनमा रविन्द्रलाई पनि दोषी देखाइएको छ । वाइडवडी खरिद प्रकरण लगायत समसामयिक विषयमा लोकान्तरका लागि दिल निशानी मगरले आइतवार दिउँसो मन्त्री अधिकारीसँग कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सार :
पहिलेभन्दा फेरिनुभएछ नि, मन्त्रीज्यू ?
हैन होला, मलाई त उस्तै छु जस्तो लाग्छ । अलिक कामको चापले गर्दा आफ्नो शरीरमा ध्यान दिन सकिरहेको छैन ।
भनेपछि कामको चापले नुहाउने फुर्सद पनि छैन ?
त्यस्तो हैन, यो कपाल काट्ने समय नपाएको चाहिँ सत्य हो ।
देशको हितमा काम गर्दा कपाल काट्ने फुर्सद पाउनुभएन ?
हो, त्यस्तै भनौं ।
वाइडबडी खरिदमा निगमका कार्यकारी प्रमुखले अनियमितता गरेकै हुन् ?
हैन, हैन त्यसरी पनि भन्न मिल्दैन । हेर्नुहोस्, मैले अस्तिको पत्रकार सम्मेलनमा सबै कुरा भनिसकेको छु । दोहो¥याएर त्यही कुरा फेरि किन गर्नु ? अहिले म तपार्इंलाई एउटा कागज दिन्छु । त्यहाँ सबै कुरा छ, त्यो पढ्नुहोला । सबैकुरा प्रस्ट हुनेछ । यो एकजना व्यक्तिको कुरा हैन, संस्था जोडिएको कुरा हो । कसले के खायो, के खाएन, त्यो छानबिन होला ।
संसदीय समितिको प्रतिवेदनले त तपाईंलाई पनि दोष दियो त !
मलाई यस्तो हावादारी प्रश्न नसोध्नुहोस् । यो वाइडबडी विमान खरिद प्रक्रिया लामो छ । म आएर मेरो एक्लो प्रयासमा विमान किनेको हैन । कसको कार्यकालमा के भयो भन्ने कुरा तपाईंहरूले खोज्नुहोला । म यति मात्र भन्न चाहन्छु, यो प्रक्रियामा जहाँ कमजोरी भएको छ, त्यसमा छानबिन गर्न न्यायिक समिति बनेको छ । न्यायिक समितिको कुरा सुन्नुभएकै होला ।
सुनियो नि, तपाईंलाई पनि दोषी देखाएका छन् !
त्यो प्रतिवेदन पूर्ण हैन । अख्तियार, अदालत हैन नि त्यो समिति । हो, निर्णय मान्नुपर्छ तर स्वीकार गर्न सकिने हदसम्म । नैतिक जिम्मेवारी लिने बहानामा म अर्बौं रुपैयाँको जिम्मा लिन त सक्दिनँ । समाचार पढ्नुभएको होला, यो विमान खरिद प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिनुभएको छ ।
छातीमा हात राखेर भनिदिनुहोस्, वाइडबडी घोटालामा तपाईंको संलग्नता छ कि छैन ?
अब मेरो कुरा गर्नुहुन्छ भने मैले मन्त्री भएपश्चात् मन्त्रालयको कफीबाहेक एक रुपैयाँ पनि खाएको छैन । मन्त्रीका हैसियतमा पाउने सेवासुविधा बाहेक मैले अरू नाजायज सेवा लिएको पनि छैन । म केही गरौं भनेर आएको हुँ राजनीतिमा । पर्यटनहरूलाई धमाधम ल्याउने, पोखरा र गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो पूरा गर्ने मेरो सपना छ । देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनेबाहेक अर्को कुनै मेरो लक्ष्य छैन ।
तर सामाजिक सञ्जाल तपाईंकै विरोधमा उत्रिएको छ नि ?
त्यो झूट कुरा हो, वाहियात कुरा हो । सामाजिक सञ्जालमा त जसले जे लेखेपनि भएको छ । रोकतोक छैन ।
वाइडबडी घोटलाका बारेमा तपाईंको धारणा के त ?
मैले पत्रकार सम्मेलन गरेर भनिसकेको कुरा हो यो । आर्थिक वर्ष २०७१—७२ को बजेटको वक्तव्यमा नै नेपाल वायुसेवाका निम्ति विमानहरू ल्याउने कुरा घोषणा गरिएको हो । संसदमा घोषणा भएको हो । यो मैले मेरो घरबाट घोषणा गरेको हैन । अन्तर्राष्ट्रिय उडानतर्फ ७ वटा नयाँ जहाजहरू कम्तीमा ५ वर्षभित्र किनेर ल्याउने कुरा भएको हो । र म मन्त्री हुँ, विमान कम्पनीको ठेकेदार हैन । म प्रत्यक्ष संलग्न भएर विमान किनेको पनि हैन । यसबीचमा कैयौं सरकारहरू फेरिए । अन्तिममा नयाँ विमान आइपुग्ने बेला म मन्त्री हुन पुगें । तर विभागको कमजोरीबाट हुन गएको क्षति सल्टाउने जिम्मेवारीबाट म हट्दिनँ ।
हेर्नुहोस्, नयाँ विमानस्थलहरू बन्दैछन् । यही त्रिभुवन विमानस्थलको धावनमार्गको मर्मत तथा विस्तार गर्दैछौं । हामीले आन्तरिक तथा बाह्य टर्मिलनहरूको योजनाबद्ध सुधार गरेर राम्रो छवि निर्माण गरेका छौं । म स्वयं त्यहाँ विमानस्थलमा पुगेर महिनाका दर्जनौंपटक अनुगमन गरेको छु, निर्देशन दिएको छु । रनवेको कालोपत्रे, टर्मिनल भवन निर्माण, कार्गो भवनको निर्माण, मुआब्जा वितरण जस्ता ६० प्रतिशत काम हामीले पूरा गरेका छौं ।
विमान खरिदमा तपाईंको भूमिका के थियो ?
म फेरि पनि दोहोर्याएर भन्छु, २०७२ सालमा निगमद्वारा तयार गरिएको ३ वर्षे सुधार कार्ययोजना अन्तर्गत २०७३ मंसिरमा पहिलोपटक र माघमा दोस्रोपटक वाइडबडी खरिद गरी सञ्चालन गर्ने उल्लेख्य भएको देखिन्छ । त्यसैले यो यतिखेर मैले खरिद गराएको विमान हैन ।
प्राविधिक रूपले म विमान खरिदका सम्बन्धमा जानकार हैन । अब विमान त आइसक्यो, पैसा रोकेर के गर्ने, बरू उल्टै अर्बौं रकम स्वाहा हुनबाट जोगाएकोमा मलाई त धन्यवाद पो दिनुपर्छ । मैले रकम निकासामा सहयोग नगरेको भए विमान पनि आउँदैनथ्यो, पैसा पनि डुब्थ्यो ।
तस्वीर : गगन अर्याल
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...