×

NMB BANK
NIC ASIA

मन्त्रीले सचिवलाई कुटपिट गर्दा के भएको थियो ? प्रत्यक्षदर्शी सर्वसाधारणको बयान [भिडियोसहित]

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेश सरकारका मन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झालाई कुटपिट गर्दा एक जना सर्वसाधारण मन्त्रीकै कार्यकक्ष बाहिर थिए ।

Muktinath Bank

सिरहा नगरपालिका–२२ हकपाडाका २४ वर्षीय शम्भुकुमार यादवले घटनाबारे जानकारी गराएका छन् । उनले मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यसअघि सभामुख सरोजकुमार यादव र सांसद उपेन्द्र महतोले सचिव झालाई मन्त्री यादवले कुटपिट नगरेको बताएका थिए ।


Advertisment
Nabil box
Kumari

प्रत्यक्षदर्शी सर्वसाधारण शम्भुकुमार यादव घटना हुँदा मन्त्रीको स्वकीय सचिव बस्ने कक्षमा बसिरहेका थिए । ‘त्यतिकै बेला मन्त्री यादव ज्यूको कार्यकक्षबाट चिया ल्याउँदै सचिव झा म बसेको ठाउँमा आउनुभयो,’ प्रत्यक्षदर्शी यादवले लोकान्तरसँग भने, ‘उहाँले मेरो परिचय माग्नुभयो र मैले सरकारसँग सहयोग माग्न आएको मेरो कागजात सहितको फाइल हेर्न थाल्नुभयो ।’

Vianet communication
Laxmi Bank

केहीबेरपछि मन्त्रीको कार्यकक्षबाट सचिवलाई भित्र बोलाइएको थियो । ‘सचिव ज्यू भित्र गएको केही मिनेटमै भित्र चर्को आवाजमा हो–हल्ला हुन थाल्यो,’ यादवले भने, ‘त्यसपछि सचिव ज्यू बाहिर आउँदा उहाँको गालामा रातो डाम देखिन्थ्यो, गालामा काटिएकोजस्तो चिनो समेत देखिएको थियो ।’

उनले अगाडि भने, ‘सचिव ज्यू बाहिर आउँदै मधेशी मन्त्रीले मधेशी सचिवलाई कुट्ने, म पनि मधेश आन्दोलनकारी हो, म पनि जनकपुरकै लोकल हो भन्दै मन्त्री ज्यूलाई तथानाम गालीगलौज गर्न थाल्नुभयो ।’

यादव मधेश आन्दोलन बेला जनकपुरको जानकी मन्दिर दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउँदा प्रहरीले चलाएको प्लास्टिकको गोली लागेर घाइते भएका थिए । २०७२ पुस १ गते उनी घुँडा र खुट्टामा गोली लागेर घाइते भएकाले प्रदेश सरकारसँग आर्थिक सहयोग माग्नका लागि आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवसँग भेट गर्न गएका थिए ।

‘आउँदो माघ ११ गते काठमाडौंको वीर अस्पतालमा शल्यक्रिया हुनेछ,’ उनले भने, ‘त्यसैका लागि आफ्नो गृहजिल्ला सिरहाका मन्त्री ज्यूसँग मद्दत माग्न आएको थिएँ ।’ तर घटना भएपछि मन्त्रीसँग भेट हुन सकेको उनले बताए ।

हेर्नुस् भिडियो कुराकानी :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x