×

NMB BANK
NIC ASIA

चौधरी ग्रुपले टेलिकममा २५ अर्बभन्दा धेरै लगानी गर्ने, निःशुल्क भ्वाईस पाइने

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालको टेलिकम क्षेत्रमा नेपाली लगानीकर्ताले ठूलो लगानी गर्ने तयारी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

लगानी बोर्डले नेपालमा लगानी प्रवद्र्धन गर्न लगानी सम्मेलनको अन्तिम तयारी गरिरहेका बेला नेपाली लगानीकर्ताबाटै टेलिकम क्षेत्रमा अर्बौको लगानी गरिन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौधरी ग्रुपको लगानीले अन्तर्राष्ट्रिय लगानीकर्तासमक्ष नेपाल लगानीका लागि उपयुक्त देश रहेको सन्देश जाने विश्वास गरिएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालको एक मात्र मल्टिन्यासनल चौधरी ग्रुपले नेपालको टेलिकम क्षेत्रमा कम्तिमा २५ अर्बभन्दा धेरै लगानी गर्ने तयारी गरेको छ । स्वदेशी लगानीकर्ताले टेलिकम क्षेत्रमा गर्ने यो नै सबैभन्दा ठूलो लगानी हो ।

Vianet communication
Laxmi Bank

नेपाल टेलिकम सरकारी स्वामित्वमा रहेको कम्पनी हो भने एनसेलनमा ८० प्रतिशत लगानी विदेशी लगानीकर्ताको रहेको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्व बजारमा उपलब्ध सबैभन्दा पछिल्लो पुस्ताको प्रविधिमा आधारित रहेर टेलिकम कम्पनी स्थापना गर्ने योजना कार्यान्वयन गर्न लागिएकाले लगानीको आकार ठूलो हुने बताए । ‘हामी नेपालमा नै धेरैभन्दा धेरै लगानी गर्न चाहान्छौं,’ चौधरीले भने, ‘टेलिकम क्षेत्रमा गर्न लागिएको ठूलो आकारको लगानी त्यसकै एउटा अंश हो ।’

र्चाैधरी ग्रुपले सिजी टेलिकमको ब्राण्डमा नया“ टेलिकम कम्पनी सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । नेपाल सरकारले टेलिकम कम्पनी सञ्चालनका लागि स्विकृती दिइसकेकाले निकट भविष्यमै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सञ्चालनका औपचारिक प्रक्रिया पूरा गर्ने विश्वास सिजी टेलिकमको छ ।

बजारमा सिजी टेलिकमको प्रवेशसगै टेलिकम उपभोक्ताले प्रतिस्पर्धी बजारमा आकर्षक सेवाहरू प्राप्त गर्ने विश्वास गरिएको छ । प्रबन्ध निर्देशक चौधरीले सिजी टेलिकमले निःशुल्क भ्वाईस र कम्तिमा हालको तुलनामा ५० प्रतिशत सस्तो दरमा डाटा पाउने जानकारी दिए । 

भारतीय बजारमा जियोको प्रवेशपछि टेलिकम बजारमा आएको हलचलजस्तै सिजी टेलिकमको आगमनले नेपाली उपभोक्तालाई अविश्वसनीय सेवा उपलब्ध गराउने दावी चौधरीको छ । 

प्रबन्ध निर्देशक चौधरीले मध्यम र त्योभन्दा तल्लो आर्थिक हैसियतमा रहेका नेपाली नागरिकलाई प्राथमिकतामा राखेर टेलिकम कम्पनी सञ्चालनको योजना बनाइएको जानकारी दिए । ‘हाम्रो प्राथमिकता गाउ“ र दुर्गम वस्तीका युवा एवं विद्यार्थीहरू हुनेछन् । उनीहरूलाई उनीहरूकै आर्थिक हैसियत अनुसार डाटा उपलब्ध गराएर नेपालको ग्रामिण समाजको आर्थिक जीवमा रुपान्तरण ल्याउनमा हामी योगदान गर्न चाहन्छौं ।’
सिजी टेलिकम बिजनेश मात्रै नभएर सामाजिक रुपान्तरणमा गरिएको लगानीका रुपमा समेत स्विकार गरिएको चौधरीले बताए । 

पछिल्लो समयमा विश्वमै टेलिकम सेवा भ्वाईसमाभन्दा डाटा सेवामा केन्द्रित हुँदै गएका छन् । जसका कारण टेलिकमबाट पाउने सेवाकै परिभाषा बदलिन लागेको छ । विश्वव्यापी रुपमा यो परिवर्तन आइसक्दा पनि नेपालमा भने टेलिकम कम्पनीहरूको प्राथमिकता भने भ्वाइसकै ब्यापारमा रहेको छ । ‘हामी विश्वले अपनाइरहेको सबैभन्दा अत्याधुकिन प्रविधीलाई नेपालमा कार्यान्वयनमा ल्याउने छौं । जसको प्रत्यक्ष फाइदा विशेषगरी नयाँ पुस्ताले पाउने छ,’ चौधरीले भने ।

सिजी टेलिकमको बजार प्रवेशसँगै नेपालका टेलिकम अपरेटरहरूबीच सेवाको गुणस्तर र मूल्यमा प्रतिस्पर्धा हुने विश्वास गरिएको छ । यसबाट नेपाली उपभोक्ताले प्रत्यक्ष लाभ पाउनेछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x