कात्तिक २३, २०८०
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
काठमाडौं – अरुण काबेली पावर लिमिटेडको सातांै तथा आठौं संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा सोमबार काठमाडौंको नयाँवानेश्वरमा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७३/७४ तथा आर्थिक वर्ष २०७४/२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ ।
कम्पनीका संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पद गुरुप्रसाद न्यौपाने, जिवनराज शाक्य, बच्छराज तातेड तथा भेजप्रसाद तिमिल्सिना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक मिलन खड्का तथा नोलकुमारी आचार्यलाई महिलाको प्रतिनिधित्व गर्ने गरी र स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताललाइ निर्वाचनमा सर्वसम्वत् सञ्चालक समितिमा चयन गरेका छन् ।
कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी—१ जलविद्युत् परियोजना निर्माण गरिरहेको छ ।
परियोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक—काबेली (मेची कोरिडर) १३२ केभी डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्ला साविकको अमरपुर गाविसस्थित अमरपुर सबस्टेसनमा जडान गरी विद्युत् आपूर्ति गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।
परियोजनामा निर्माण गर्नुपर्ने हाईड्रोमेकानिकलको कार्य अन्तर्गत पेनस्टक पाईप, गेट निर्माण तथा जडान, ईलोक्टोमेकानिकल तथा स्विचिङ सवस्टेसनमा लाग्ने मेसिनहरू जडान कार्य सम्पन्न भएको छ ।
कम्पनीले निर्माण गर्नुपर्ने काबेलीदेखि अमरपुर सवस्टेसनसम्मको ४.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गर्ने कार्य सम्पन्न भई लाईन चार्ज समेत भइसकेको छ ।
परियोजनाबाट वार्षिक १४ करोड १७ लाख ४६ हजार ४ सय ७० किलोवाट घण्टा विद्युत्शक्ति उत्पादन हुने प्रक्षेपण गरिएको छ । विद्युत् बिक्रीको मूल्य वर्षात्का ८ महिनाको लागि ४.८० प्रति किलोवाट घण्टा तथा हिउँदका ४ महिनाको लागि ८.४० प्रति किलोवाट घण्टा कायम गरिएको छ । यस आधारमा परियोजना निर्माण सम्पन्न भई सञ्चालन भएको पहिलो वर्ष ७६ करोड रुपैयाँ आम्दानी प्राप्त हुनेछ । यो आयमा पाँच वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि हुनेछ ।
परियोजनाको प्रस्तावित नयाँ व्यापारिक उत्पादन शुरू हुने २०७५ असोज २४ गते तय गरी विद्युत् खरीद सम्झौतामा तेस्रो पटक संशोधन गरिएको छ । यो अवधिमा पनि नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नुपर्ने ट्रान्समिसन लाईन निर्माण पूरा गरी नसकेको हुँदा यसमा अर्को संशोधन गरी विक्रम संवत् २०७५ माघ महिनाभित्र आयोजनाको निर्माण सम्पन्न भई चालु हुने अनुमान रहेको छ ।
२५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् परियोजना निर्माण पूरा गर्न कूल ४ सय ६३ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । प्रतिवेदन तयार गर्दासम्म परियोजना निर्माणमा ४ सय ५४ करोड लगानी भइसकेको छ ।
परियोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट परियोजना कर्जा वापत २ सय ९४ करोड रुपैयाँ प्राप्त भएको छ । शेयरधनीका तर्फबाट १ सय ५० करोडको लगानी भइसकेको छ । बैंकबाट लिएको कर्जा १२ वर्षभित्र चुक्ता गर्ने योजना रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बाँडफाँड कार्य २०७३ पुस ५ गते सम्पन्न भएको छ । अरुण काबेली पावर लिमिटेडको शेयर मिति २०७४ बैशाख ३ गतेदेखि धितोपत्र बजारमा कारोबार भइरहेको छ । कम्पनीको आयोजना प्रभावितहरूलाई निष्काशन भएको स्थानीय सर्वसाधारणको २०७६ असार २४ गते तथा संस्थापक शेयरधनीको साधारण शेयर २०७६ पुस ४ गतेदेखि लकईन खुल्ला भई स्वतन्त्र रुपमा शेयर किनबेच गर्न सकिने छ ।
कम्पनीले परियोजनाको निर्माण कार्य पूरा गरी विद्युत् उत्पादन शुरू गरेको आर्थिक वर्ष २०७६÷७७ देखि शेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...