×

NMB BANK
NIC ASIA

नेपाली युवाको जापान सपना : कहाँ पुग्यो प्रक्रिया, कहिले पाइन्छ जान ?

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - जापानको मन्त्रिपरिषद्ले नेपालसँगै चीन, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया, म्यानमार, कम्बोडिया र मङ्गोलिया आदि देशबाट कामदार लैजाने निर्णय गरेपछि नेपाली श्रम बजारमा त्यसबारे चर्चा बढेको छ । कामदार आयातका लागि जापानले १४ वटा क्षेत्र पहिचान गरेको छ ।

Muktinath Bank

आवश्यक प्रक्रिया अगाडि बढाउन जापानले दुई साताअघि नेपाललाई मस्यौदा प्रस्ताव ‘मेमोरेन्डम अफ को–अपरेसन' (एमओसी) पठाएको थियो । जापानले पठाएको उक्त प्रस्तावमा हेरचाह गर्ने क्षेत्र, भवन निर्माण, मसिनरी पार्ट्स र टुल्स, इलेक्ट्रोनिक्स–इलेक्ट्रिकल, सार्वजनिक निर्माण, पानी जहाज निर्माण, सवारी साधन मर्मत, हवाई उड्डयन र विमानस्थल सरसफाइ, होटल रेस्टुरेन्ट, कृषि, माछापालन, खाना र पेय पदार्थ, खाद्य सम्बन्धी सप्लाई चेनहरू समावेश गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालका अनुसार जापानले पठाएको उक्त प्रस्तावमा आन्तरिक छलफल भइरहेको छ । जापानले पठाएको प्रस्तावमा सम्झौता गर्नका लागि जनवरीभित्रै एक प्राविधिक टोली नेपाल पठाउने बताइएको छ ।


Advertisment
Nabil box
Kumari

उक्त प्राविधिक टोलीसँग हुने द्विपक्षीय छलफलमा नेपाली कामदार जापान कसरी जान्छन् ? कसरी रोजगारी प्राप्त गर्छन् ? गुनासो भए कहाँ राख्ने ? उनीहरूको सुरक्षाको ग्यारेन्टी कसरी हुन्छ भन्ने विषयहरूमा छलफल गरिने श्रम मन्त्रालयले जनाएको छ । नेपालको मुख्य चासोमा सुरक्षा, सेवा सुविधा, कामदार त्यहाँ बस्दा पाउने अतिरिक्त सेवा सुविधा र काम गर्ने अवधि समाप्त भएपछि सकुशल फिर्तीको प्रक्रिया जस्ता विषयहरू रहेका छन् ।

Vianet communication
Laxmi Bank

जापान जान चाहने नेपालीहरू जाने प्रक्रियाबारे बुझ्न उत्सुक छन् । तर हालसम्म यसबारे कुनै सरकारी निर्णय भएको छैन । नेपाली कामदार अन्य देशमा काम गर्न जाँदा धेरै भेदभाव सहन्छन्, गाली गलौज सहन्छन् र जिन्दगी खतरामा पारेर काम गर्छन् । तर विकसित मुलुक जापानले नेपाली कामदारहरूलाई आफ्नै देशका कामदारसरह सेवा सुविधा दिन तयार हुन्छ कि हुँदैन ? यसको उत्तर भने सम्झौता भएपछि मात्र पाउन सकिएला ।  

नेपाल लगायत नौवटा मुलुकबाट झण्डै साढे तीनलाख विदेशी कामदार भित्र्याउने निर्णय संसदबाट अनुमोदन गरेको जापानले कामदारलाई शून्य खर्चको अवधारणामा जापान ल्याउनेगरी काम अगाडि बढाइने बताइएको छ । बीचमा दलाल नराखी प्रतिस्पर्धाका आधारमा कामदार रोज्ने प्रस्ताव जापानको रहेको बताइएको छ ।

स्रोतका अनुसार जापानले परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयमा पठाएको प्रस्ताव पत्रमा जापानमा काम गर्न जान अनिवार्य रुपमा जापानी भाषा जानेको हुनैपर्ने शर्त राखिएको छ । जापानले चाहेका क्षेत्रहरूमा काम गर्ने सीप र दक्षता दोस्रो शर्त हो । काम गर्न जान चाहने मानिसहरूको जापानी भाषामा दखल र कामको दक्षता दुवै जापानीहरू आफैँ आएर जाँच्ने प्रारम्भिक प्रस्ताव छ ।

श्रम मन्त्रालय स्रोतका अनुसार भाषा परीक्षाको जिम्मा ‘जापान फाउन्डेसन’लाई दिने भनिएको छ । तर यी सबै विषयको टुंगो भने जापानी प्राविधिक टोलीसँग छलफल गरेपछि मात्र लाग्नेछ ।

कामदारलाई कुनै समस्या पर्‍यो भने आफ्नो भाषामै आफ्ना कुराहरू राख्न पाउने, केही तलमाथि भयो भने गुनासो गर्न सक्ने, आधारतभूत गुनासा छन् भने सुन्ने र सहजीकरण गर्ने गरी जापानले सहयोग केन्द्रहरू खोल्ने प्रस्तावमा उल्लेख छ । 

जापानको प्रस्ताव अनुसार भाषा र दक्षता परीक्षा जापानले आफै गर्ने चाहना राखेको छ । बीचमा कुनै पनि दलाल नरहुन् भन्ने उनीहरूको चाहना रहेको श्रम मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । दुई पक्षबीच सरकारी स्तरमा सम्झौता भएपछि मात्र कामदार जापान पठाउने प्रक्रिया अगाडी बढ्ने छ ।

जापान कामदार पठाउने सम्झौता नहुँदै केही दलालहरूले सम्झौता भइसकेको भन्दै जापान जान चाहनेहरूबाट पैसा उठाउन थालिसकेको प्रति मन्त्रालय गम्भीर बनेको छ । केही समय अघि एक विज्ञप्ती जारी गर्दै जापानसँग हालसम्म केही सम्झौता नभएको र कामदार पठाउने टुंगो लागिसकेपछि सरकारले नै पहल गर्ने बताएको थियो । जापान जानका लागि व्याक्तिगत लेनदेन गरेको भेटिएमा कारवाही गरिने मन्त्रालयका सचिव दाहालले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x