×

NMB BANK
NIC ASIA

कोलम्बिया विश्वविद्यालयको स्वीकारोक्ति : महर्षि सुश्रुतको ग्रन्थमा उल्लिखित छ प्लास्टिक सर्जरीको विधि

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको कोलम्बिया विश्वविद्यालयअन्तर्गत रहेको इर्भिङ मेडिकल सेन्टरको वेबसाइटले आयुर्वेदका अभ्यासकर्ता महर्षि सुश्रुतको उल्लेख गरेको छ । 

Muktinath Bank

सर्जरी शीर्षकको पेजमा डिभिजन अफ प्लास्टिक सर्जरी अन्तर्गत प्लास्टिक सर्जरीको इतिहास बताउने क्रममा सुश्रुतको प्रसंग राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तुत छ भावानुवाद :


Advertisment
Nabil box
Kumari

प्लास्टिक सर्जरी आधुनिक विलासिताको कुरा हो भन्ने ठान्नुभएको छ ? फेरि सोच्नुस् । सौन्दर्य शल्यक्रियाको जरो २५ सय वर्षभन्दा पुरानो छ । 

Vianet communication
Laxmi Bank

प्लास्टिक सर्जरीमा परेको प्लास्टिक शब्दले कृत्रिम वस्तुको भ्रम दिन्छ तर वास्तवमा यो ग्रीसेली शब्द प्लास्टिकोसबाट आएको हो जसको अर्थ हुन्छ कुनै आकारमा ढाल्नु । 

ईसापूर्व छैठौं शताब्दीमा भारतवर्षीय चिकित्सक सुश्रुतले औषधविज्ञान र शल्यक्रियाका सम्बन्धमा संसारको सबभन्दा पहिलो पुस्तक लेखेका थिए । सुश्रुत संहिता नामको उक्त ग्रन्थले ११ सयभन्दा बढी रोगको मूल कारणको चर्चा गरेको छ । अनि सयौं औषधीय जडीबुटी र विभिन्न किसिमका शल्यक्रियाका तरिकाको निर्देशन समेत उल्लेख गरेको छ । छालाका तीन प्रकार र नाकको पुनःसंरचनाका बारेमा पनि त्यहाँ उल्लेख गरिएको छ । 

स्किन ग्राफ्ट भन्नाले शरीरको एक भागबाट छाला निकालेर अर्को भागमा हाल्ने काम हो र त्यसको विधि सुश्रुत संहितामा उल्लेख गरिएको छ । सुश्रुतको ग्रन्थले राइनोप्लास्टीको पहिलो अभिलेख प्रस्तुत गरेको छ । फोरहेड फ्ल्याप राइनोप्लास्टीको विधि अहिलेसम्म पनि प्रयोग गरिन्छ र यसमा निधारको छालालाई नाकको पुनःसंरचनामा प्रयोग गरिन्छ । सामान्यतया चोरी वा परस्त्रीगमनको अपराधमा सजायस्वरूप नाक कटाइएका व्यक्तिलाई उक्त शल्यक्रिया गराइन्थ्यो । 

अहिले शल्यचिकित्सकहरूले चोटपटक, संक्रमण, डढेको लगायत कारणले कोशिकाको सुरक्षात्मक पत्र नष्ट भएको अंगमा छाला सार्नका लागि शल्यचिकित्सकहरूले स्किन ग्राफ्ट प्रयोग गर्छन् । अनि शल्यचिकित्साका कारण छाला गुमेको अंगमा छाला पुनः राख्नका लागि पनि यो विधि अपनाउने गरिन्छ । छाला सार्ने क्रममा रक्तवाहिनी र मांसपेशी पनि सारिन्छ, जस्तो स्तनको शल्यक्रिया गर्ने क्रममा । 

अनौठो कुरा भनेको यी सबै विधिहरू सुश्रुत संहितामा व्याख्या गरिएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x