×

NMB BANK
NIC ASIA

काठमाडौं - विवेकशील साझा पार्टीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकताका लागि आफूहरू खुला तर सतर्क रहेको बताएको छ ।

Muktinath Bank

पार्टी विभाजनपछि बसेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन मंगलबार पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर सूर्यराज आचार्यले वैकल्पिक शक्तिहरूसँगको एकतामा आफ्नो पार्टी सधैँ खुला तर सतर्क रहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वैकल्पिक शक्तिसँगको एकतामा हामी सधैँ खुला छौं, तर वैचारिक राजनीतिक स्पष्टता हुनुपर्छ,’ नयाँ शक्तिसँग एकताको सम्भावनाबारे पत्रकारको जिज्ञासामा आचार्यले भने, ‘वैकल्पिक राजनीतिको एकाधिकार हामीसँग मात्र छ भन्ने जडता हामीसँग छैन, तर एकताका लागि विचारमा एकरूपता, राजनीतिलाई परिभाषित गर्ने तरिका एउटै हुनुपर्छ, त्यसका लागि हामी सतर्क छौं ।’ 


Advertisment
Nabil box
Kumari

फुटपछि पार्टीमा देखा परेका समस्या तथा त्यसको राजनीतिक र सांगठानिक समाधानका लागि सोमवार केन्द्रीय समिति बैठक बसेको थियो । केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशनका लागि २०७६ सालको फागुन १५ गतेको मिति तोकेको छ ।

Vianet communication
Laxmi Bank

विवेकशील साझाले पार्टीका केन्द्रीय विभागहरूको पुनर्गठन र जिम्मेवारी बाँडफाँड समेत गरेको छ । जसमा संगठनको जिम्मेवारी मुमाराम खनाल, पार्टीको अभियानको जिम्मेवारी किशोर थापा, नीति तथा कार्यक्रमको जिम्मेवारी सूर्यराज आचार्य र विदेश विभागको जिम्मेवारी संयोजक रवीन्द्र मिश्रले लिनेछन् । 

केन्द्रीय समितिले मधेशको भावना, चाहना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेस्रो सातादेखि विशेष ‘मधेश मिसन’ सञ्चालन गर्ने निर्णय समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

छापामार शैलीमा फुटेर गए 

प्रवक्ता आचार्यले फुटेर जानेहरू कुनै छलफल नगरी एक्कासि छापामार शैलीमा गएको गुनासो गरे । ‘अर्का संयोजक रवीन्द्र मिश्रसँग कमसेकम हामी जाँदैछौं भनेको भए पनि हुने, एक-एक कप चिया पिएर छलफल गरेको भए पनि हुने,’ आचार्यले भने, ‘एकाएक निर्वाचन आयोगमा गएर पुरानै नामको नयाँ दल दर्ताको निवेदन दिएपछि हामीलाई थाहा भयो, उहाँहरू छापामार शैलीमा जानु भयो ।’

१७ महिना अगाडि पार्टी एकीकरण भएदेखि नै भावनात्मक रूपमा नजिकिन गाह्रो भएको विवेकशील साझाको तर्क छ । ‘हामीले व्यवस्थापकीय कमजोरी भएको हो कि भनेर त्यसको समाधानको प्रयास पनि गरिरहेका थियौं तर उहाँहरूमा गम्भीर राजनीतिक विचलन पैदा भइसकेको रहेछ,’ आचार्यले गुनासो पोखे । पार्टी फुटको तात्कालिक कारण भने संयोजक उज्वल थापाको राजनीतिक प्रतिवेदन रहेको आचार्यको जिकिर छ ।

'फुटेर जानेहरूले भयङ्कर अंकगणितीय खेल खेले'

फुटेर जाने १६ जना केन्द्रीय सदस्यहरूले आफूमाथि पूरानो र अंकगणितीय राजनीति खेलेको आरोप विवेकशील साझाले लगाएको छ । ‘हामीलाई संसदीय दलमा अंकगणितको कस्तो महत्त्व छ, केन्द्रीय कमिटीमा बहुमतको कस्तो महत्त्व छ भन्ने थाहा थिएन,’ आचार्यले भने, ‘उहाँहरू हिसाब-किताब गरेर बस्नुभएको रहेछ र फ्याट्ट निस्किनु भयो ।’ 

प्रदेश नम्बर ३ का तत्कालीन एकीकृत पार्टी विवेकशील साझाका ३ जना संसदहरू मध्ये २ सांसद फुटेर गएका छन् । संसदीय दलमा फुटेर जानेहरूको बहुमत छ । ‘यस सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय हामीलाई मान्य हुनेछ,’ आचार्यले भने ।

पार्टी विभाजन हुन केन्द्रीय समिति र संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान छ । ३ मध्ये २ सांसद् नयाँ दलतर्फ लागेपछि संसदीय दलमा विवेकशील साझासँग ३३ प्रतिशत (१) सांसद मात्र छन् ।

‘यदि हामीले ५ जना केन्द्रीय सदस्य थपेर बहुमत पुर्‍याउने खेल खेलेको भए, बहुमतले उहाँहरूलाई निष्कासन गर्न पनि सक्थ्यौं,’ आचार्यले भने, ‘उहाँहरूको सांसद पद पनि धरापमा पर्न सक्थ्यो, तर हामीले त्यस्तो गरेनौं । अझै पनि बहुमत हाम्रो हातमै छ ।’ पाँच जना केन्द्रीय सदस्य थपेर बहुमत पुर्‍याएको भन्ने आरोप सही नभएको आचार्यको जिकिर छ ।

गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता 

डाक्टर गोविन्द केसीले इलाममा गएर शुरू गरेको आमरण अनशनमा पार्टीको ऐक्यबद्धता रहेको प्रवक्ता आचार्यले जानकारी दिए । ‘डाक्टर केसीको मागको मूल मर्म पैसा नभएका तर निको हुने रोग लागेका नेपालीले उपचार नपाएर मर्नु नपरोस् भन्ने हो, त्यसमा हामी पहिल्यैदेखि एकमत थियौं,’ आचार्यले भने, ‘हाम्रो पार्टीको घोषणापत्रमै प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x