×

NMB BANK
NIC ASIA

भूकम्प सुरक्षा दिवसः पुनर्जन्म पाएका सोनिस कखरा चिन्दै

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–भक्तपुर महाकालस्थान ब्यासीका सोनिस अवाल पाँच वर्ष पुगे । २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा परी उनलाई २४ घण्टापछि घरको भग्नावशेषबाट जीवितै उद्धार गरिएको थियो । कतिपयले सोनिसलाई पुनर्जन्म पाएका बालक पनि भन्ने गर्छन् ।

Muktinath Bank

आजको गोरखापत्र दैनिक लेख्छ–बैशाख १२ गते अर्थात् भूकम्पका दिन सोनिस चार महिना १८ दिनका शिशु थिए । भूकम्प आउँदा बुबा–आमा घर बाहिर थिए । दिदी सोनियाले भाइ सोनिसलाई बोकेर भाग्न खोज्दा लडिन् । भाइ हातबाट खस्नु र घर गल्र्याम्गुर्लुर्मु ढल्नु एकै पटक भयो । 
त्यो बेलाको त्रासदीलाई सम्झँदै १३ वर्षीया दिदी सोनिया भन्छिन्, ‘‘घर लडे पनि म जोगिएँ, भाइ पुरियो ।’’ भूकम्प गएको दिन सोनिसको उद्धार हुन सकेन । आमा रश्मिला र बुबा श्यामले छोराको दीर्घायुका लागि बारम्बार भगवान् पुकारे। 
घरको भग्नावशेषमा एक शिशु पुरिएको खबर नेपाली सेनालाई राति नै पुगेपछि भोलिपल्ट बिहान उद्धार शुरु भयो । उद्धारमा खटिएका सेनाले करिब तीनघण्टा लगाएर जीवितै उद्धार गरी आमा–बुबाको जिम्मा लगाउँदा सोनिस मुसुक्क मुस्कुराएका थिए। त्यो बेला यो घटनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि महत्व दिएका थिए । 
उद्धारमा खटिएका सेनाका अनुसार, सिलाई गर्ने मेसिन राख्ने फलामे टेबुलमुनि परेका कारण सोनिस बाँच्न सफल भएका थिए । आमा रश्मिला भन्छिन्, ‘अथक प्रयासपछि सोनिसको उद्धार भएकाले सेनाले पढाई खर्च व्यहोर्ने घोषणा पनि भएको हो ।’’ 
हाल, ब्यासीस्थित एभरेष्ट बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पठनपाठन गरिरहेका सोनिसलाई यसवर्षका लागि पढाई खर्च वापत सेनाले ५० हजार रुपियाँ प्रदान गरिसकेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख एवं प्रवक्ता यमप्रसाद ढकालले सोनिसलाई स्नातक तहसम्म सेनाले अध्ययन खर्च व्यहोर्ने बताए । 
पाँच कक्षासम्म बाहिर नै पठाउनुपर्ने भएकाले वर्षको एकमुष्ट ५० हजार रुपियाँ दिने र त्यसपछि सैनिक आवासीय महाविद्यालय भक्तपुरमा निःशुल्क पठनपाठनको व्यवस्था गरिने जानकारी उनले दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x