×

NMB BANK
NIC ASIA

नेविसंघ कार्यसमितिको थपिएको कार्यकाल आज सकिँदै

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं— नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमा कार्यसमितिको थपिएको कार्यकाल बुधबार सकिँदैछ । कार्यसमितिको पदावधी गत भदौ २ गते नै सकिए पनि विधानमा भएको व्यवस्था अनुसार तीन महिना थप भएको थियो ।

Muktinath Bank

थपिएको समयावधीमा पनि अधिवेशन हुन नसकेपछि माउ पार्टी कांग्रेसले गत मंसिरमा विधान संसोधन गरेर तीन महिनाको समयावधीलाई ५ महिनाको बनाएको थियो । तर, म्याद थप गर्ने आधिकारिक निकाय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० माघमा मात्रै बोलाइएकाले अध्यक्ष नैनसिंह महर नेतृत्वको समितिको वैधतामा प्रश्न उठ्ने देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नैनसिंह महर नेतृत्वको कार्यसमितिले आफ्नो कार्यभित्र अधिवेशन नगराई समयावधी गुजारेको हो । कार्यकाल सकिएको ५ महिना सकिँदा पनि नेतृत्वले अधिवेशन गराउन नसकेको भन्दै असन्तुष्ट पक्षले पार्टी नेतृत्वलाई दबाब स्वरुप राजीनामा बुझाई सकेका छन् । 


Advertisment
Nabil box
Kumari

उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले २७ पुसमा सभापति देउवालाई राजीनामा बुझाएका थिए । यता, सहमहामन्त्री हरिहर शर्मा नेतृत्वमा ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझायो । नेविसंघमा पदाधिकारी वा केन्द्रीय सदस्यले अध्यक्षलाई राजीनामा बुझाउनुपर्ने प्रावधान छ । 

Vianet communication
Laxmi Bank

नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको म्याद सकिएपछि अब कसरी अगाडि बढ्ने भन्ने बारेमा १० माघमा आह्वान भएको कांग्रेस केन्द्रीय समितिमा छलफल हुने बताइएको छ । आगामी फागुनमा त्रिविका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने भएकाले स्ववियुको निर्वाचनपछि मात्र महाधिवेशन गर्ने नेतृत्वको तयारी छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x