×

NMB BANK
NIC ASIA

ब्रेक्जिट डील असफल : अबको बाटो के ?

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — बेलायतमा सांसदहरूले प्रधानमन्त्री टेरिजा मेको ब्रेक्जिट डीललाई भारी बहुमतले पराजित गरेका छन् । विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बीनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अब के हुन्छ त ?

Sagarmatha Cement
Muktinath Bank

फिक्स्ड टर्म पार्लियामेन्ट्स ऐन २०११ अन्तर्गत बेलायतमा आमनिर्वाचन पाँच वर्षमा एकपटक मात्र हुन पाउँछ । अर्को आमनिर्वाचन सन् २०२२ मा तोकिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अविश्वासको प्रस्तावले सांसदहरूलाई यो सरकारलाई निरन्तरता दिने नदिने विषयमा मत दिन अनुमति दिएको छ । प्रस्तावमा ‘यो संसद्लाई सरकारप्रति विश्वास छैन’ भनी लेखिनुपर्छ । 


Advertisment
Nabil box
Kumari

बहुमत सांसदले प्रस्तावमा मतदान गरेमा १४ दिनको दिनगन्ती शुरू हुन्छ । 

Vianet communication
Laxmi Bank

त्यस अवधिमा वर्तमान सरकार वा अन्य वैकल्पिक सरकारले नयाँ विश्वास मत हासिल नगरेमा आमनिर्वाचनको आह्वान हुन सक्छ । 

कम्तीमा २५ दिनको भाका नराखी निर्वाचन गराउन मिल्दैन । 

सरकारले अविश्वासको प्रस्तावमा विजय हासिल गरेमा प्रधानमन्त्री मेकै डीलमा दोस्रोपटक मतदान गराउन सकिन्छ । अन्य विकल्प पनि खुला छन् । 

अरू केही भएन भने डीलरहित ब्रेक्जिट हुन्छ । 

ब्रेक्जिट कानून छँदैछ जसको अर्थ हुन्छ, बेलायत सन् २०१९ को मार्च २९ मा युरोपेली संघबाट बाहिरिन्छ । 

सरकारले नयाँ ब्रेक्जिट डीलका लागि सम्झौता गराउने प्रस्ताव ल्याउन सक्छ । 

अनि सरकारले अर्को जनमतसंग्रह गराउने विकल्प पनि छान्न सक्छ । 

अर्को विकल्प भनेको आमनिर्वाचन छिट्टै गराउने पनि हो । आमनिर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री मेले आफ्नो डीलका लागि राजनीतिक कार्यादेश हासिल गर्न खोज्नेछिन् । 

मेसँग आमनिर्वाचनको आह्वान गर्ने अधिकार छैन । तर सन् २०१७ मा झैं उनले फिक्स्ड टर्म पार्लियामेन्ट्स एक्टअन्तर्गत सांसदहरूलाई शीघ्र निर्वाचनका लागि मतदान गर्नका लागि आग्रह गर्न सक्छिन् । 

द युरोपीयन कोर्ट अफ जस्टिसले बेलायतबाट एकपक्षीय रूपमा आर्टिकल ५० लाई खारेज गरेर ब्रेक्जिटलाई रद्द गर्नु वैध हुने निर्णय सुनाएको छ । 

तर बेलायत सरकार ब्रेक्जिटका लागि अझै प्रतिबद्ध भएकाले ब्रेक्जिट रद्द गर्नुअघि अर्को जनमतसंग्रह वा सरकार परिवर्तन जस्ता प्रमुख घटना हुनुपर्छ ।

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x