×

NMB BANK
NIC ASIA

भारतको कर्नाटकमा चर्को राजनीतिक दाउपेच : कांग्रेसका सांसदलाई फकाउँदै भाजपा

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको कर्नाटक राज्यमा कांग्रेस र जेडीएस गठबन्धनको सरकालाई मंगलवार झड्का लागेको छ । दुई निर्दलीय विधायकहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिए । 

Muktinath Bank

यसले सरकारलाई तत्कालै त असर पार्दैन किनसक २२४ सदस्यीय विधानसभामा उससँग ११७ विधायकको समर्थन प्राप्त छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर केही दिनभित्र कांग्रेसका केही विधायक भाजपामा पस्न सक्ने सम्भावना छ । कंग्रेसका कम्तीमा पाँच विधायकले विधानसभाबाट राजीनामा दिने सम्भावना छ । 


Advertisment
Nabil box
Kumari

भाजपा र कंग्रेस दुवैले आआफ्ना विधायकहरूलाई विरोधी खेमामा जानबाट रोक्नका लागि प्रयास गरिरहेका छन् । भाजपाका विधायकहरू हरियाणाको गुरुग्राममा राखिएका छन् भने कंग्रेसले आफ्ना विधायकलाई मुम्बईको एक होटलमा राखेको छ । 

Vianet communication
Laxmi Bank

भाजपाले कुमारस्वामी नेतृत्वको सरकारलाई सत्ताच्युत गर्न खोजेको आरोपलाई अस्वीकार गरेको छ । तर उसले कंग्रेस र जेडीएसका केही विधायकलाई आफ्नो पक्षमा तान्नका लागि उनीहरूलाई विधानसभाबाट राजीनामा गराउन खोजेको अनुमानहरू भइरहेका छन् । 

दलपरिवर्तनविरोधी कानूनका कारण कुनै पार्टीका विधायक तथा सांसदले सजिलै पार्टी चेन्ज गर्न पाउँदैनन् । त्यसका लागि पार्टीका कुल विधायकको कम्तीमा दुईतिहाइ सांसद आवश्यक हुन्छ । 

यस्तो अवस्थामा भाजपाले कांग्रेसका विधायकलाई आफ्नो पार्टीमा ल्याउन सम्भव देखिँदैन । त्यसैले कर्नाटकमा भाजपा अन्य दलका विधायकलाई आफ्नो पक्षमा पारेर विधानसभामा उनीहरूलाई राजीनामा गराउन चाहन्छ ।

विधायकहरूले राजीनामा दिएमा विधानसभाको कुल स्ट्रेन्थ कम हुन्छ र त्यसै हिसाबले बहुमतका लागि आवश्यक आँकडा पनि कम हुन्छ । 

दुई निर्दलीय विधायकले सरकारलाई समर्थन फिर्ता दिएपछि भाजपाले विरोधीहरूका १४ विधायकलाई राजीनामा दिन फकाएमा विधानसभाको कुल संख्या २०७ हुन्छ । अनि १०४ सीट जितेको भाजपाको सीधै बहुमत हुन्छ । भाजपा हाल यही योजनाबमोजिम काम गरिरहेको देखिन्छ । 

भाजपाको प्रयासलाई असफल बनाउनका लागि कांग्रेस सक्रिय भएको छ । पार्टीले आफ्ना विधायकहरूलाई मुम्बईस्थित एक होटलमा लगेको छ । पार्टीको रणनीति विधायकहरूलाई एकजुट राख्ने अनि भाजपाको पहुँचभन्दा पर राख्ने रहेको छ । 

केही विधायकले राजीनामा दिएछन् नै भने पनि सभामुखले राजीनामालाई तत्कालै स्वीकार नगरेर लामो समयसम्म लट्काउन सक्छन् । 

यसरी संकटको स्थितिमा कांग्रेसलाई व्यवस्था मिलाउन समय पुग्छ । कांग्रेसले प्रत्याक्रमण गरेर भाजपाका केही विधायकलाई आफ्नो पक्षमा ल्याउन र राजीनामा दिलाउन प्रयास पनि गर्नेछ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x