×

NMB BANK
NIC ASIA

अमेरिकामा अपहरणको खतरनाक घटना : किशोरीले बिताइन् ८८ दिनसम्म यातनापूर्ण जीवन

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — तेह्र वर्षीया जेमी क्लोसलाई एक अपहरणकारीले लगभग तीन महिनासम्म आफ्नो ओछ्यानमुनि बनेको दुई फीटे साँघुरो ठाउँमा राखेको पाइएको छ । 

Muktinath Bank

जेमीलाई घन्टौंसम्म खाना, पानी र शौचालयबाट वञ्चित गरिन्थ्यो । जेमीका मातापितालाई मारेपछि अपहरणकारीले लगेपछि साह्रै डराएकी जेमीले भाग्ने कोशिश समेत गरिनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीहरूका अनुसार, अपहरणको ८८औं दिनमा अपहरणकारी जेक टमस प्याटरसनले आफ्नो रिमोट छोडेपछि जेमीले स्वतन्त्रता पाइन् । उनले प्याटरसनको जुत्ता लगाइन् । आत्तिएको सुरमा उनले उल्टो जुत्ता लगाएकी थिइन्


Advertisment
Nabil box
Kumari

। एक छिमेकीले ९११ इमर्जेन्सी नम्बरमा कल गरे अनि प्याटरसनलाई पक्राउ गरियो । 

Vianet communication
Laxmi Bank

एक्काईस वर्षीय प्याटरसनलाई जानीबुझी दुई मानिसको हत्या गरेको अनि हतियार देखाएर नाबालिकालाई अपहरण गरेको आरोप सोमवार लगाइएको छ । 

प्याटरसन वेस्ट ब्यारनमा एक चीज कारखानामा काम गर्थे । काम गर्न जाँदा उनले स्कूल बसमा जेमी चढ्दै गरेको देखे । उनले जेमलाई अपहरण गर्ने योजना बनाए । 

अपहरणका लागि उनले जेमीको घर दुईपटक पुगे तर असफल भए । अक्टोबर १५ मा उनले तेस्रोपटक प्रयास गरे । कालो रंगको कपडा, फेस मास्क र पञ्जा लगाएर उनले एउटा शटगन बोके । राति १ बजे उनले बिजुली काटिदिए, तारजाली पनि काटिदिए र क्लोसको घर पुगे । 

जेमीले प्रहरीलाई बताएअनुसार, उनको कुकुरले भुक्न थालेको थियो । उनले आफ्नो मातापितालाई उठाइन् । उनका पिता अगाडिको ढोकातिर गए अनि आमा र उनी बाथरूमको बाथटबमा एकअर्कालाई समातेर लुकिरहे । 

जेमीले बन्दूक पड्केको आवाज सुनेपछि उनले पिताको मृत्यु भएको थाहा पाइन् । 

प्याटरसले जेम्स क्लोसलाई अघिल्लो ढोकाबाट गोली हानेर अर्को एक गोलीले लक तोडिदिए । 

उनले बाथरूमको ढोका फुटायो र कालो टेपको रोल बाहिर निकाले । जेमीकी आमा डेनिस क्लोसलाई प्याटरसनले छोरीको मुख बन्द गर्न लगाइन् । डेनिसले त्यसो गर्न नसकेपछि प्याटरसनले आफैं जेमीको मुख बन्द गरिदिए ।

अनि उनले जेमीलाई बाथरूम बाहिर ताने र आमाको टाउकोमा गोली हानिदिए । 

प्याटरसनलाई यति सबै गर्नका लागि जम्मा चार मिनेट लाग्यो । प्याटरसनले जेमीलाई घिसारेर गाडीको ट्रंकमा हाले । त्यसपछि उनले जेमीलाई आफ्नो बगैंचाको क्याबिनमा लगे । 

उनले रोइरहेकी जेमीलाई कपडा खोल्न भने अनि आफ्नी बहिनीको पाइन्ट लगाउन लगाए । 

यत्तिका दिनसम्म प्याटरसनले जेमीमाथि के के गरे भन्ने कुरा प्रस्ट भएको छैन । सरकारी वकिलहरूले उनीमाथि यौनशोषणको आरोप लगाएका छैनन् । 

प्याटरसनले अनुसन्धानकर्ताहरूले बताएअनुसार, उनी क्याबिनबाट बाहिर निस्कँदा वा उनलाई मानिस भेट्न आउँदा जेमीलाई खाटमुनिको सानो ठाउँमा लुक्न भन्थे । उनी खाटनजिक बक्स र अन्य भारी सामान राख्थे र जेमीलाई लुकाइदिन्थे । 

जेमीले दुईपटक बाहिर आउने कोशिश गरिन् । क्रिसमसको छुट्टीका बेलामा प्याटरसन बाहिर जाँदा जेमीले १२ घन्टासम्म बेडमुनि कुनै पनि कुचुक्क परेर बस्नुपरेको थियो र दिसापिसाब गर्नका लागि पनि जान पाइनन् । 

तर त्यही अवसर छोपेर उनी भाग्न सफल भइन् । प्याटरसन फर्केर आउँदा उनलाई नदेखेपछि बाहिर निस्केर खोज्न थाल्दा प्रहरीले पक्राउ गरेको हो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x