चैत १९, २०७५
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं — विगत दुई वर्षमा संयुक्त राष्ट्रसंघमा कार्यरत एक तिहाइ कर्मचारी यौन शोषणको शिकार भएको एक नयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तो किसिमको दुर्व्यवहारका विषयमा भएका पहिलो सर्वेक्षणमा मंगलवार यो जानकारी प्राप्त भएको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कर्मचारीहरूलाई लेखेको एक पत्रमा यो अध्ययनमा केही बलिया आँकडा र प्रमाण
फेला परेको र राष्ट्रसंघलाई थप राम्रो कार्यस्थल बनाउनका लागि केही कुरामा परिवर्तन ल्याउनु जरूरी रहेको उल्लेख गरेका छन् ।
सर्वेक्षणअनुसार, विगत दुई वर्षमा तीनमध्ये एक रेस्पोन्डेन्टले कम्तीमा एकपटक यौनशोषणमा पर्नुपरेको कुरा स्वीकार गरे । तर राष्ट्रसंघमा आफ्नो कार्यकालमा भएको यौन दुर्व्यवहारको प्रश्नमा दुर्व्यवहार भएको भनी ३८.७ प्रतिशतले बताए ।
सबभन्दा बढी हुने यौन दुर्व्यवहारको प्रकारमा सेक्सुअल कथा र जोक छन् । यसबाहेक हाउभाउ, शरीर र यौन गतिविधिका सम्बन्धमा पनि आपत्तिजनक कुरा भए ।
डेलोयट नामक संस्थाले नोभेम्बर महिनामा गराएको सर्वेक्षणअनुसार, यूएन कर्मचारीहरूलाई यौन सम्बन्धी गफगाफमा जबर्जस्ती संलग्न गराइने कोशिश सबभन्दा बढी हुने गरेको छ । आपत्तिजनक इशारा र छुने जस्ता घटना पनि भएका छन् । हरेक तीनमध्ये एक पुरुष शोषक थिए भने चारमध्ये एक सुपरभाइजर वा म्यानेजर स्तरका कर्मचारी थिए । सर्वेक्षणअनुसार, लगभग १० मध्ये एक सिनियर लीडरले यौन शोषण गरेका छन् ।
यूएनले कर्मचारीका लागि यौन दुर्व्यवहारको गुनासो गर्नका लागि २४ घन्टे हेल्पलाइन शुरू गरेको छ । राष्ट्रसंघका अनुसन्धानकर्ताहरूलाई सबै गुनासाको समाधान गर्न भनिएको छ । महासचिव गुटेरेसले यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति रहेको बताएका छन् ।
एजेन्सी
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...