कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षति भएको पुनःनिर्माणको काम सक्ने बताउनुभएको छ ।
एक्काइसौँ भूकम्प दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले पुनःनिर्माणको केही ठाउँमा मात्र बाँकी रहेकाले अबको दुई वर्षमा सबै काम सिध्याइने बताउँदै सरकारले भूकम्पबाट क्षति भएका घर, आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको र भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ठाउँमा सारिने बताउनुभयो ।
“एकीकृत सुरक्षित सुविधासम्पन्न अस्पताल, पानी बिजुली सबै कुराम हामीले ध्यान दिएर आवास बनाउनेछौँ”, उहाँले भन्नुभयो, “भूकम्प गए पनि जनतालाई सुरक्षित आवास चाँडै प्रदान गर्नेछौँ ।” उहाँले अब भूकम्प गए पनि केही क्षति नहुने गरी सजगता अपनाइएको बताउनुभयो । “भूकम्प दिवसले हामीलाई जोखिम न्यूनीकरण सिकाउने अवसर प्रदान गरेको छ”, उहाँले भन्नुभयो, “भूकम्पबाट हुने क्षति अत्यन्त न्यून गर्नेतर्फ सरकार लागेको छ ।”
उहाँले पुरातत्वको संरचनाको निर्माण ८० प्रतिशतसमेत भइसकेको जानकारी दिँदै भूकम्पबाट क्षति भएका मठ, मन्दिर र कलालाई जस्ताको त्यस्तै बनाउनुपर्ने बताउनुभयो ।
“हामीले विसं १९९० को भूकम्पअघिको सांस्कृतिक पुरातत्वको मौलिक स्वरुप बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “पुरात्वातिक मठ, मन्दिर हाम्रो इतिहासको गौरवसमेत भएकाले ती पुरातत्वको ठेक्काबाट नभई आफैँ मौलिक संरचनामा बनाउनुपर्दछ ।” प्रधानमन्त्री ओलीले स्थानीय तहको सहयोगमा पुराना सीप, कला जानेको कर्मीबाट ती पुरातत्वको मौलिक संरचना बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भूकम्पबाट जोगाउनका लागि सरकारले जोखिम न्यूनीकरण कार्यक्रम ल्याएको बताउँदै बाँकी रहेको पुनःनिर्माणको काम सङ्घ, प्रदेश र स्थानीय तह मिलेर गरिने स्पष्ट गर्नुभयो ।
कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विपत् न्यूनीकरण गर्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि धेरै स्थानीय तहले भवन आचारसंहिता पालना नगरेको हुनाले पालना गराउनुपर्नेमा जोड दिनुभयो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...