पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
अस्ति बुधवार साँझ ६ बजेतिरको कुरा हो । भोटाहिटी मोडनेर (आकाशे पुलनजिक) एक बालिका (अन्दाजी १०–१२ वर्षकी) टोकरीमा फलफूल राखेर बेचिरहेकी थिइन् । शायद उनी भर्खरै स्कूलबाट फर्केकी थिइन्, पढाइ खर्च जुटाउनकै लागि त्यहाँ उभिएकी थिइन् । त्यति नै बेला अलि परबाट (भोटाहिटी सब वे तिरबाट) नगरप्रहरी सिट्ठी फुक्दै आए । सिट्ठीको आवाज सुन्नासाथ फुटपाथे व्यापारीहरू आ–आफ्नो सामान लिएर भाग्न थाले । ती बालिका पनि सकीनसकी भाग्दै थिइन् । हेर्दाहेर्दै प्रहरी भाइले उनको टोकरी खोसेर लगे । बिचरी बालिका रुँदै घरतिर (शायद डेरातिर) लागिन् ।
घटना सानो थियो तर वेदना ठूलो । हेरिरहें, नरमाइलो लाग्यो । हेर्दाहेर्दै एकदुई थोपा आँसु चुहियो । मुलुकमा कम्युनिस्ट सरकार छ, त्यो पनि दुईतिहाइ बहुमतको । सर्वहारा वर्गको कुरा गर्छ तर गरीबको अवस्था त्यस्तो । के भन्ने, कसलाई भन्ने ? सरकार गरीबी निवारणको कुरो गरेर थाक्दैन । नारा, भाषण हुन्छ । जुलुस र गोष्ठी चल्छ । गरीबले भने दुःखजिलो गरी खाने अवसरसम्म पाउँदैनन् । अवसर खोज्दा प्रहरीको निशानामा पर्छन् । भएको पनि खोसिन्छन् । जमीनको टिप्न खोज्दा पोल्टाको पोखिन्छ ।
प्रहरी भाइलाई पनि के भन्ने । बिचरा बाध्य छ । ऊ पनि गरीबकै सन्तान हो । गरीबीको पीडा उसलाई राम्रै थाहा हुनुपर्छ तर पनि के गर्नु, रोजीरोटीको जो सवाल छ । उनी निर्णयकर्ता होइनन्, आदेशवाहक हुन् । माथिको आदेश मान्नैपर्छ । नत्र साँझ आफ्नै चुलो नबल्न सक्छ ।
हो, सार्वजनिक स्थानमा व्यापार गर्न हुँदैन । बाटो साझा हो । सबैले हिँड्न पाउनुपर्छ । यस्ता कार्यले सर्वसाधारणको आवागमनमा बाधा पर्छ, समस्या खडा हुन्छ । यसको नियन्त्रण हुनैपर्छ तर यसको पनि तरिका हुन्छ । गरीबको सामान खोसेर लिनु नै समाधान होइन । यसले समस्या समाधान गर्र्र्दैन । बरू उल्टो समस्या बढाउँछ । कसैले पनि अरूको गरी खाने बाटो अवरुद्ध गर्न हुँदैन । सरकारले त झनै हुँदैन । सरकार सबैको अभिभावक हो । धनीको पनि हो, गरीबको पनि हो । उसले टाठाबाठाको मात्र कुरा सुन्ने होइन । गरीब तथा बोल्न नसक्नेको पनि सुन्नुपर्छ । सबैलाई योग्यताअनुसार कमाई खाने अवसर दिनुपर्छ ।
समस्या सामाधानको नाममा कसैको गरी खाने अवसर नै समाप्त पार्नु भनेको अन्याय हो । अकर्मण्यता हो । उसले पनि किनेर ल्याएको हुन सक्छ तर बेचेर एकदुई पैसा कमाउन भ्याएको छैन, बेच्न राखेको सामानै खोसिदिँदा उसको अवस्था कस्तो होला ? यो गणतन्त्र होइन, लुटतन्त्र हो । लोकतन्त्र होइन, चोटतन्त्र हो ।
कोही पनि अर्को विकल्प हुँदासम्म बाटामा सामान बेच्न बस्दैन । विकल्प नै नभएपछि के गर्ने ? केही त गर्नैैपर्यो । बुभुक्षितं किं न करोति पापम् भन्ने त नीति नै छ । यहाँ कुरो एउटी बालिकाको मात्र होइन । उनी त उदाहरण मात्र हुन् । कुरो उनी जस्तै सयौं बालबालिकाको हो, गरीब अभिभावकको हो ।
धनीले त जे गरेर पनि खान सक्छ । टाठाबाठाले कमाउन पनि सक्छन् । अन्यथा घुसखोरी, कमिसन, तस्करी, भ्रष्टाचार, लागूऔषधको कारोबार, लाउडा, धमिजा तथा वाइडबडी काण्ड कसरी सम्भव हुन्थे र ? तर सीधासादा गरीबले भने बाँच्ने अधिकारसम्म पाइरहेका छैनन् । उनीहरूका निम्ति न न्याय छ, न अधिकार । नत्र निर्मलाहरूको आत्माले तड्पिनैपर्ने थिएन । आखिर यस्तो किन ? कहिलेसम्म ? अब त आँखा खोल, सरकार ! अरू जेसुकै गर, कम्तीमा गरीबको गरी खाने बाटो अवरुद्ध नपार । जनताले आफ्ना योग्यता र क्षमताअनुसार काम गरेर खान पाउने अवसरबाहेक के नै मागेका छन् र ? कम्तीमा त्यति त देऊ, सरकार !
जति नै गरीब भए पनि दुई छाक खानैपर्यो । नाङ्गै हिँड्न भएन । शरीर ढाक्नकै लागि पनि लगाउनैपर्यो । के त्यत्तिको जोहो गर्न खोज्नु नै अपराध हो ? होइन भने उनीहरू किन खेदिन्छन् ? किन लुटिन्छन् ? सार्वजनिक स्थान अवरुद्ध हुने गरी व्यापार गर्नु हुन्न भन्ने सरकारी आशय होला । त्यति हदसम्म नाजायज भन्न मिल्दैन तर त्यसैको नाममा गरीबको बाँच्ने अवसर नै खोसिनु चाहिँ जायज होइन । उनीहरूलाई निश्चित स्थान तोकिदिएर पनि समाधान खोज्न सकिन्छ । त्यत्तिकै दिन नसकिए सशुल्क व्यवस्था गरेर पनि निकासा खोज्न सकिन्छ । त्यति गर्दा पनि अटेर गरे बल प्रयोग गरेर हटाउनु अपराध होइन तर उनीहरूको सामान नै खोसेर लिनु चाहिँ ठूलै अपराध हो ।
समस्या छन् संसारमा, नभएको होइन । समस्या भएकैले संसार भएको हो । नत्र ऊ स्वतः स्वर्गमा परिणत हुन पुग्थ्यो । खटिरा आयो भन्दैमा उपचार खोज्ने कि खटिरा आएको औंला नै काटेर फाल्ने ? यसले त समस्या सुल्झाउँदैन, बल्झाउँदै लान्छ । एउटा समस्या समाधान गर्न भ्याएको हुन्न, दशवटा खडा भइसकेको हुन्छ । त्यसैले निषेध होइन, निकास खोज सरकार ! यसैमा सबैको भलाइ छ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...