×

NMB BANK
NIC ASIA

११ महिनामा सरकारका २९ काम, संसदमा पहिलो पटक प्रधानमन्त्रीसँग सांसदको सवालजवाफ

माघ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेका छन् । 

Muktinath Bank

पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ । योगदानमा आधारित सार्वजनिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानको ऋण मिनाहसम्मका काम सरकाले गरेको छ । झण्डै एक वर्षको अवधिमा सरकाले केही राम्रा उपलब्धी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योगदानमा आधारित सामाजिक सुरक्षा, साना किसानको एक अर्ब ३२ करोड ऋण मिनाह, श्रमिकको ज्यालाको ३९ प्रतिशत वृद्धि, आर्थिक सूचांक उत्साहजनक, शून्य लागतमा वैदेशिक रोजगार, पानी जहाज कार्यालय स्थापना, दुई रेल किन्ने तयारी, पहिलो चौमासिकमा १२ गौरवका आयोजनाको ८० प्रतिशत प्रगति, ज्येष्ठ नागरिक बिमा एक लाख, १० प्रतिशत रकम खातामा, त्रिभुवन विश्वविद्यालय २१ घण्टा सञ्चालन, विदेशबाट फर्किएका युवालाई दश लाखसम्म सहुलियत ऋण, नेपालको आफ्नै उपग्रह (नानो स्याटेलाइट)लगायतका सरकारका उपलब्धिका रुपमा लिइएको छ । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री रोजगार कार्यक्रम, लोडसेडिङमुक्त देश घोषणा, भारतीय दूतावासको क्याम्प बन्द, राजदूत नियुक्तिका मापदण्ड, १३७१ वडा र १४६० विद्यालयमा निःशुल्क इन्टरनेट, पर्यटक आगमन २७ प्रतिशत वृद्धि लगायतक ३३ वटा कामको विवरण पत्रिकाले उल्लेख गरेको छ ।, नयाँ पत्रिकामा खबर छ । 

Vianet communication
Laxmi Bank

संससद्मा प्रधानमन्त्री र सांसदबीच सवालजवाफ
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच पहिलो पटक संसदमा प्रश्नोत्तर भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीसँग सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले प्रश्नोत्तर गरेका हुन् । 

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार पहिलोपटक संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भएको हो । विभिन्न दलका १० जना सांसदहरुले भ्रष्टाचार, डा. गोविन्द केसी, कांग्रेस नेताका नाममा रहेका अस्पताललगायत सरकारका पछिल्ला गतिविधिका बारेमा चासो राख्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

डा. केसीका सबै माग पूरा नहुने संकेत
सरकारले अनशनरत डाक्टर गोविन्द केसीका सबै माग पुरा नहुने संकेत गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा डा. केसीका मागका बारेमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता भन्दा बाहिर गएर माग पूरा गर्न नसकिने बताउनु भएको हो । 

बैठकमा कांग्रेस सासंद गगनकुमार थापाले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बसिरहेका केसीका बिषयमा संसद र बिधयेक भन्दामाथि उठेर पहलकदमी लिन सक्ने कि नसक्ने ? भनेर गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले बहुमतको सरकार छ भन्दैमा ससंदको सर्वोच्चतामाथि आदेश दिन नसक्ने प्रष्ट पार्नुभयो । कुनै एक व्यक्ति अनशन बसेपछि देशै बन्धक हुने र संविधानले काम नगर्ने लोकतन्त्रमा हुन्छ ? प्रधानमन्त्री ओलीले भन्नुभयो । 

यसैबीच, अनसनरत डा. गोविन्द केसीको छातिको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाउन शुरु गरिएको छ । उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्थामा सुधार नआएपछि एन्टीबायोटीक औषधी चलाउन शुरु गरिएको बताएका छन् । 

प्रधानमन्त्री आइतबार स्वीट्जरल्याण्ड जाने 
प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने हुनुभएको छ ।
    
यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लाग्नुभएको हो । 

स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग  भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने परारष्ट्र मन्त्रालयले जनाएको छ । 

संविधान संशोधनलाई फेसन नबनाउ
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन औचित्यका आधार हुने भएकाले यसलाई फेसनको विषय नबनाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मधेसी जनअधिकार फोरम, नेपालका सांसद प्रदीप यादवले संविधान संशोधन कहिले हुन्छ ? भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले संविधान संशोधन आवश्यकता र औचित्यले गर्ने भन्दै यसलाई फेसन नबनाउन र अन्दाधुन्द अस्वीकार नगर्न आग्रह गर्नुभयो । 

प्रधानमन्त्रीले संबिधान अपरिवर्तनीय धार्मिक ग्रन्थजस्तो नभएको भन्दै जनताका प्रतिनिधिले बनाएकाले यसलाई आवश्यकताका आधारमा संशोधन वा परिवर्तन गर्न सकिने बताउनु भयो । यस्तै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका शीर्ष नेताको नाममा रहेका अस्पताललाई यथावत नराख्ने स्पष्ट पार्नु भएको छ । 

यसैबीच नेपाली कांग्रेसले दुवै अस्पताललाई संघीय सरकार मातहतमा राख्न माग गरेको छ । संसद बैठकमा बोल्दै काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले अस्पताललाई संघ सरकारको मातहतमा नराखेको भन्दै आपत्ती जनाए ।

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । प्रदेशसभा भवन धनगढीमा बसेको पहिलो बैठकको प्रारम्भमा विषेश समयमा बोल्ने सत्ता पक्ष र प्रतिपक्षका सदस्यले सङ्घीयता कार्यान्वयन र प्रदेशको समृद्धिका लागि देखिएका कमीकमजोरी एवं ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभएको छ । अर्को बैठक यही माघ ११ गते बस्ने कार्यक्रम छ । 

दूध आयातमा रोक
बाँकेको सीमावर्ती भारतीय गाउँबाट नेपाल भित्रिने दूधको अवैध आयातमा पूर्णरूपमा रोक लगाइएको छ । बाँकेस्थित भन्सार कार्यालयले दूधको आयात गर्न पूर्णरूपमा रोक लगाएपछि दूध उत्पादक कृषक खुशी भएका छन् । 

केन्द्रीय नीतिअनुसार भन्सारले मुख्य भन्सार बिन्दु र अन्य नाकाबाट अवैध दूध आयातको कार्य रोकेको हो । यसअघि भन्सारको मूलद्वारबाटै दैनिक सयौँ लिटर दूध नेपालगञ्ज भित्रिने गरेको थियो । भारतबाट दूध आयातले गुणस्तरीयता र बिक्री वितरणको समस्याले नेपाली किसानलाई मर्का परेको थियो ।

चार हजार सातसय आदेश जारी
राष्ट्रिय सूचना आयोगले विगत चार वर्षमा चार हजार ७६४ आदेश जारी गरेको छ । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाको इजलाशले २०७१ पुस ३० गतेदेखि २०७५ पुस मसान्तसम्म विभिन्न किसिमका चार हजार ७६४ वटा आदेश जारी गरेको आयोगले जनाएको छ । 
 
आयोगका अनुसार सरकारका सबै मन्त्रालय, केन्द्रीयस्तरका निकायका सचिव÷विशिष्ट श्रेणीका पदाधिकारी तथा निर्वाचन आयोगमा दर्ता भएका १८० वटा राजनीतिक दल, नेपाल राष्ट्र बैंक, २३७ वटा बैंक तथा वित्तीय संस्था, २७ वटा बीमा कम्पनी, ६२ सार्वजनिक संस्थानका महाप्रबन्धक, समाज कल्याण परिषद् र २५७ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुखको नाममा आदेश जारी गरेको हो ।
 
त्यसैगरी सातवटै प्रदेश, ७७ जिल्लाका ७५३ स्थानीय तह, २२ वटा केन्द्रीयस्तरका तालीम केन्द्रका नाममा समेत महत्वपूर्ण तीनबुँदे आदेश जारी गरेको आयोगका आयुक्त किरणकुमार पोखरेलले जानकारी दिए ।

उपाधिका लागि नेपाल र थाइल्याण्ड भिड्ने  
थाइल्याण्डमा जारी महिला टि–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आइतबार थाइलैण्डसँग भिड्ने भएको छ । बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । 

अर्को सेमिफाइनल खेलमा आयोजक थाइल्याण्डले युनाइटेड अरब इमिरेट्स(युएई)लाई ४९ रनले पराजित गरी फाइलन प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९१ रन बनायो । ९२ रनको विजय लक्ष्य पछ्याएको युएई १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ४२ रनमा समेटियो । युएर्ईका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । 

नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले, तेस्रो खेलमा युएर्ईलाई छ विकेटले तथा चौथो खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x