×

NMB BANK
NIC ASIA

उपाधि रक्षाका लागि नेपाल घरेलु टोली थाइल्याण्डसँग भिड्दै

माघ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको उपाधि रक्षाका लागि नेपालले घरेलु टोलीको चुनौती समना गर्दैछ ।

Sagarmatha Cement
Muktinath Bank

समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपाली टोलीले शनिवार अपराह्न आयोजक तथा घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थाइल्याण्डविरुद्ध मैदानमा उत्रँदा नेपाल उपाधि जित्ने लक्ष्यमा हुनेछ । लामो समय अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट टाढा रहेको नेपाल जारी प्रतियोगितामा उपाधि नजिक पुगेको हो । ‘महिला क्रिकेट टोलीलाई उपाधि ल्याउने सुनौलो अवसर छ, तर, घरेलु समर्थकको साथ पाएको थाइल्याण्डविरुद्ध नेपाललाई कठिन चुनौती भने अवश्य छ,’ नेपाली टोलीको प्रशिक्षक विनोद दासले भने ।


Advertisment
Nabil box
Kumari

समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो । यता थाइल्याण्ड पनि अपराजित रहँदै फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्याण्डले यूएईलाई हराएको थियो । 

Vianet communication
Laxmi Bank

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले हराएको थियो । 

प्रतियोगितामा नेपालका लागि सीता रानामगरले ब्याटिङतर्फ उत्कृष्ट योगदान दिइरहेकी छिन् । बायाँ हाते ब्याट्समेन सीताले ४ खेलमा ४१ दशमलव ६६ को औसतले १२५ रन बनाइसकेकी छिन् । बलिङतर्फ सरिता मगरले ४ खेलमा ५ विकेट लिइसकेकी छिन् भने रुबिना क्षेत्री, करुना भण्डारी, नेरी थापाले समान ४–४ विकेट लिएका छन् । – कुमार चौलागाईं/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x