×

NMB BANK
NIC ASIA

गोपीको गाईफार्ममा पुगे बिपिन र बर्षा

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– शनिबारबाट चलचित्र ‘गोपी’को प्रचार–प्रसारमा निस्किएका अभिनेता बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विपिनले चलचित्रको प्रचारका क्रममा चलचित्रमा झैं गाईपालन ब्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले चितवनको ठूलो गड्डीस्थित गोपी ढकालको ढकाल गाई फार्म पनि भिजिट गर्दै उनको ब्यवसायका बारेमा भलाकुसारी गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५० सालदेखि चितवनमा गाई पालन गर्दै आएका गोपी ढकालले चलचित्रको पोस्टर र ट्रेलरले आफ्नै कथा भनेको महसुस भएपछि चलचित्रको टिमसँग भेट्न मन लागेको बताए । 
‘छोरा भाइले पहिला चलचित्रको पोस्टर देखाए । आफ्नो नाम र गाई देखेपछि के हो भन्ने भयो । पछि ट्रेलर पनि देखेपछि त कसरी मेरै कथामा चिलचित्र बनाएछन् भन्ने लाग्यो । आज उहाँहरुसँग भेटेर उहाँहरुको कुरा सुनेपछि त झनै आफ्नै कथामा चलचित्र बनेको रहेछ जस्तो लागेको छ,’ गोपीले भने, –‘मैले त आजसम्म हल टेकेको छैन । पहिलोपटक आफ्नै नाम र कथामा बनेको चलचित्र हेर्नेछु ।’


Advertisment
Nabil box
Kumari

अभिनेता बिपिन कार्कीले ‘गोपी’को सुटिङको समयमा नै यस्ता थुप्रै पात्र भेटेका छन् जसले चलचित्रको कथा आफ्नै जस्तो लाग्यो भन्ने गरेका छन् । ट्रेलर सार्वजनिक भएपछि त यस्तो प्रतिक्रिया दिने बाक्लै छन् ।  ‘तर, उहाँको त नाम मात्र हैन, गाई पाल्ने कथा पनि चलचित्रको जस्तै रहेछ । संर्घष पनि चलचित्रको जस्तै लाग्यो, अभिनेता बिपिनले भने, –‘तर, यो चलचित्रको विशेषता नै यही हो । चलचित्र हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै ब्यवसाय गर्नेले पनि आफ्नै कथा महशुस गर्नेछन्।’ 

Vianet communication
Laxmi Bank

बिपिनले गोपीको ढकाल गाईफर्मको अवलोकन गर्दै चलचित्रले उनिजस्ता कृषकलाई हौसला दिने बताएका थिए भने ढकालले आफ्नो फार्ममा सयभन्दा बढी गाई रहेको र दिनको ८ सय लिटर दुध उत्पादन गर्ने जानकारी गराएका थिए । 

चलचित्रको प्रचारका लागि चितवन पुगेको ‘गोपी’को टिममा बिपिनबाहेक वर्षा राउत, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन् । शनिबार नै पत्रकारसँग अन्तक्र्रियासमेत गरेको टिमले चलचित्रले देशमै केही गर्न सकिने सम्भावनालाई प्रस्तुतिको माध्यम बनाएको जानकारी गराएको थियो ।  

अभिनेत्री वर्षा राउतले पनि स्वावलम्बन र स्वरोजगारको विषयलाई मुखरित गरेको चलचित्रले मनोरञ्जनसँगै युवालाई देशमै केही गर्न प्रेरित गर्ने बताइन् । ‘हाम्रो पहिलो उद्देश्य मनोरञ्जन दिनु नै हो । तर, यो चलचित्रले आफ्नै विषय र शैलीमा यसलाई पस्कने जमर्को गरेको छ, उनले भनिन्, –‘चलचित्रले नेपालमा केही गरिरहेकालाई त हौसला दिन्छ नै, नगरेकालाई पनि केही गर्न आँट दिन्छ ।’

माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा बिपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x