×

NMB BANK
NIC ASIA

प्रथाजन्य कानूनलाई राज्यको वेवास्ता– थारु वस्तीमा भलमन्सा छान्ने चटारो

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका भलमन्सा९थारु मुखिया० कुलवीर चौधरीले गाउँ प्रमुखको जिम्मेवारी सम्हालेको छैठौं वर्ष शुरु भएको छ । लगातार पाँचौं वर्षसम्म जिम्मेवारी पूरा गरेका उनी शनिवार भएको गाउँको माघी डेवानी कार्यक्रमबाट पुनः गाउँ प्रमुखको जिम्मेवारी पाएका हुन् । तर राज्यको कुनैपनि तहले सरोकार नराखेपछि उनलाई चिन्तित तुल्याएको छ ।

Muktinath Bank

उनले भने–‘आजभोलि गाउँघरमा भलमन्सा बन्न कोही इच्छुक हुँदैन । त्यसमा राज्यको कुनैपनि निकायले प्रथाजन्य कानूनलाई मान्यता नदिंदा दुःख लाग्छ । तर पुखौंदेखिको प्रचलन जोगाउनुपर्छ भन्ने विचारले जिम्मेवारी सम्हाल्दै आएको छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोदावरी नगरपालिका–८ फकलपुरका हालै चुनिएका भलमन्सा फुलाराम चौधरीको भनाइ पनि कुलवीर भन्दा फरक छैन । राज्यले प्रथाजन्य कानूनलाई वेवास्ता गर्दा संकटमा परेको बताए । राज्यकै उपेक्षाले नयाँ पुस्तामा पनि प्रथाजन्य संस्कारप्रति आकर्षण नहुँदा परम्परा जोगाउनलाई पनि भलमन्सा भएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

भलमन्सा तथा बरघर प्रथा नेपालको आदिवासी थारू समुदायको प्रथाजन्य कानूनको रुपमा स्थापित प्रथा हो । जुन प्रथा अनुसार थारू समुदायमा बरघरहरुले निश्चित समय र उदेश्यका लागि समाजबाट कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन्छन् । माघी पर्व मनाएपश्चात आजभोलि थारु वस्तीमा बरघर, भलमन्सालगायत वस्तीको नेतृत्व चयनको काम धमाधम चलिरहेको छ । यसरी आफ्नो वस्तीको नेतृत्व आफै छनौट गर्ने प्रणालीलाई थारु समुदायमा ‘माघी डेवानी’का साथै भूरा खेल भन्ने गरिन्छ ।

Vianet communication
Laxmi Bank

भलमन्सा कुलवीरका अनुसार भलमन्सा तथा बरघरहरुले गाउँको विकास निर्माणमा श्रमदान, झै–झगडा मिलाउने, विवाह, भोज, मृत्यु संस्कार, गाउँलेको सुख–दुःखमा गाउँलेहरुलाई नै परिचालन गर्ने काम गर्दछन् । पहिले–पहिले गाउँको निःशुल्क सेवा गर्दै आएका नेतृत्वकर्ताहरुले पछिल्लो समयमा भने सेवा गरेबाफत गाउँलेहरुले प्रत्येक घरबाट जिन्सी, नगद संकलन गरेर केही पारिश्रमिक समेत दिन थालेका छन् ।

माघी डेवानी कार्यक्रमबाट गाउँलेहरुले भलमन्सा कुलवीरको वार्षिक तलब २९ हजार निर्धारण गरेका छन् । भलमन्सा संगै गाउँलेहरुले सहायक गाउँ प्रमुख तथा चौकीदारमा छनौट भएका सन्तराम चौधरीको वार्षिक तलब २५ हजार, गुरुवा अर्थात गाउँको पुरोहितको तलब १९ हजार र केसौका अर्थात सहायक पुरोहितको तलब १७ हजार दिने निर्णय गरेका छन् ।

भलमन्सा तथा बरघर प्रथा मुलुकको दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, कञ्चनपुर लगायत जिल्लामा बसोबास गर्ने थारु समुदयमा रहि आएको छ । जसले समाजमा बढी महत्व पाउने गरेको छ । तर पूर्वी तराईका जिल्लामा समेत थारु समुदयको बसोबास रहेपनि यो प्रथा त्यति फष्टाएको देखिँदैन ।

अन्तर्राष्ट्रिय महासन्धीलाई वेवास्ता

नेपाल अन्तर्राष्ट्रिय श्रम महासन्धी १६९ को पक्ष राष्ट्र हो । जुन महासन्धीले आदिवासी जनजातिको हक अधिकारको व्यवस्था गरेको छ । जसको धारा ७ को १ मा सम्बन्धित आदिवासीहरुलाई आफ्ना जीवन, आस्था, संस्था तथा आत्मिक कल्याण तथा निजहरुले ओगोटेको वा अन्य किमिमले प्रयोग गरेको भूमिमा प्रभाव पार्ने विकासका प्रक्रियाको लागि आफ्नो प्राथमिकता निर्धारण गर्न तथा सम्भव भएसम्म आफ्ना आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासउप्पर नियन्त्रण कायम राख्ने अधिकार छ । त्यस्तै धारा २ को ख मा आदिवासीहरुको सामाजिक, साँस्कृतिक पहिचान, परम्परा तथा प्रथा तथा संस्थाप्रति सम्मान राख्दै निजहरुको सामाजिक, साँस्कृतिक, आर्थिक अधिकारको पूर्ण कार्यान्वयनको प्रवद्र्धन गरिने भनिएको छ । 

तर राज्यले हालसम्म लागु कुनै पहल तथा प्रक्रिया नचालेको बताउँछन् थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी । नेपाल उक्त महासन्धीको पक्ष राष्ट्र भैसकेपछि सन्धीको कार्यान्वयनतिर ध्यान दिनुपर्ने उनको जोड छ ।

जिल्ला अदालत कैलालीका पूर्व अतिरिक्त न्यायधिश मातृका मरासैनी नेपालको कानूनले प्रथाजन्य कानूनलाई प्रवद्र्धन गरिरहेको बताए । राज्यको कानूनको मूल स्रोत नै प्रथाजन्य कानून रहेको बताउदै न्याधिश मरासैनीले धेरै प्रकृतिको मुद्धामा बड्घर प्रथाले सहयोग गरिरहेको बताए ।

‘घरझगडा, सम्पति, अंशवण्डा सम्बन्धी विवादलगायत देवानी मुद्धाको छिनोफानो बड्घरले गर्न सक्छ, तर चोरी, डकैती, हत्या, जबरजस्तीकरणीलगायत फौजदारूी मुद्धामा प्रथाजन्य कानूनले छिनोफानो गर्न पाउँदैन । त्यो अमान्य हुनेछ’ न्याधिश मरासैनीले भने ।

भलमन्साहरुको लगत संकलन गर्छु : मेयर वड

राज्यको निकायबाट बरघर प्रथालाई वेवास्ता हुँदै आएपनि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले प्रथाजन्य कानूनलाई संरक्षण र सम्वद्र्धनको नीति आवलम्बन गरेको दावी गरे । भलमन्सामार्फत विकास निर्माणका धेरै काम हुँदै आएको बताउँदै उनले भलमन्साहरुको लागि ठोस कार्यक्रम ल्याउन लगत संकलनको तयारीमा रहेको जनाए ।

तर भलमन्साहरुले समय अनुसार पनि चल्नुपर्ने मेयर वडको सुझाव छ । वर्तमान अवस्थामा थारु वस्तीमा अन्य समुदायको पनि बसोबास रहिआएकाले सबै समुदाय अटाउन सक्ने साझा प्रथाको विकास गर्नुपर्ने औल्याए ।

मेयर वडले भने–‘बरघर प्रथा समाजको लागि बनाइएको साझा पुरानो सामाजिक प्रथा हो । यसमा सबै समुदायको सहभागिता हुन जरुरी छ । यसमा हाम्रो साथ सहयोग रहन्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x