×

NMB BANK
NIC ASIA

अरुण चौधरीले भने– मेरा कुनै कम्पनीमा वैदेशिक लगानी आएको प्रमाणित भए सरकारीकरण गरियोस्

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नेपालका प्रतिष्ठित उद्यमी अरुणकुमार चौधरीले आफू र आफ्नो परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता भएको भनी प्रकाशित रिपोर्टप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

Muktinath Bank

शनिवार एक विज्ञप्ति प्रकाशित गरी चौधरीले कुनै पनि स्वीस बैंकमा आफ्नो खाता नरहेको र कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको स्पष्ट पारेका हुन् । यस्तै सूचनालाई आधार बनाएर ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको र त्यसबेला समेत यस विषयमा प्रष्ट पारेको उनले स्मरण गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिलेसम्म मेरो नेतृत्वमा सञ्चालित कुनैपनि कम्पनीको नाममा वैदेशिक लगानी (एफडीआई) आएको छैन । अझ मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरूमा म र मेरो श्रीमतीबाहेक अरु कसैको लगानी समेत छैन,’ चौधरीले विज्ञप्तिमा भनेका छन, ‘मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस् ।’ 


Advertisment
Nabil box
Kumari

हेरौं, विज्ञप्ति :

Vianet communication
Laxmi Bank

प्रेस विज्ञप्ति

खोज पत्रकारिता केन्द्र (खोपके)ले दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा म र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको थियो । त्यसबेला समेत हामीले यो विषयमा प्रष्ट पारेको सर्बविदितै छ । सीआईजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६/७ वर्ष पहिला स्ट्राइक अफ भइसकेको छ । 

यस विज्ञप्ति मार्फत् म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु । जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ । 

सो कम्पनीको शेयरहोल्डर भनी मेरा छोराहरूको नाम जोडिएकोमा सो कम्पनी स्थापना हुँदा उनीहरूको उमेर १० र ५ वर्ष मात्र थियो । 

हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरूले छोराहरूलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए, हामीले खोलेनौं ।

ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरूपयोग गरेको भए, त्यो छानबिनको विषय बन्न सक्ला । 

त्यसैगरी, ट्याक्स हेभन गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनीमा समेत हामीलाई जोडिएको छ । ती दुई कम्पनीमा हाम्रो साझेदारी छैन ।

मेरो कुनै पनि स्वीस बैंकमा खाता छैन । कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिंग्स समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन । 

यो विषयले आम जनमानसमा द्विविधा सिर्जना नगरोस् भन्ने उद्देश्यले यो विज्ञप्ति जारी गरेको हुँ । 

अहिलेसम्म मेरो नेतृत्वमा सञ्चालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी (एफडीआई) आएको छैन । अझ मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरूमा म र मेरो श्रीमतीबाहेक अरू कसैको लगानी समेत छैन ।

मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस् । 

म अटो मोविल्स, शिक्षा, हस्पिटालिटी, रियलस्टेट, उद्योगको क्षेत्रमा नेपालमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको उद्योगी/व्यक्ति हुँ ।

मैले मेरा कम्पनीमार्फत् मुलुकमा हजारौंलाई रोजगारी प्रदान गर्दै आएको छु भने करोडौं रूपैयाँ राजश्वमा योगदान समेत गर्दै आएको कुरा सर्वविदितै छ  

विदेशमा लगानीसम्बन्धीे ऐनको व्यवस्थालाई म र मेरो परिवारले पूर्ण रूपमा पालना गर्दै आएको र ऐनको आदेश वा निर्देशनको अक्षरंशः पालना गर्ने यसै विज्ञप्तिमार्फत् पुनः एकपटक प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

अरुणकुमार चौधरी

२०७५ माघ ५ गते शनिवार
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x