×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च(वर्ल्ड इकोनोमिक फोरम)को ४९ औं वार्षीक सभामा भाग लिन आइतबार स्विजरल्याण्डको डाभोस प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जनवरी २२ देखि २५ सम्म स्विजरल्याण्डको सुन्दर पर्यटकीयस्थल डाभोसमा हुने मञ्चमा सहभागी हुनका लागि प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी हुँदैछन् । प्रधानमन्त्री जनवरी २६ मा फर्किने परराष्ट्रमन्त्रालयले जनाएको छ । 

Muktinath Bank

के हो विश्व आर्थिक मञ्च ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व आर्थिक मन्च एक गैरनाफामूलक संस्था हो । यसले वार्षिक रूपमा स्विजरल्याण्डको ‘मोडर्न डेविस कंग्रेस सेन्टर’मा बैठक आयोजना गर्ने गर्दछ । हरेक वार्षीक बैठकमा फरक फरक मुद्दाहरूमा छलफल हुने गर्दछन् । विश्व आर्थिक मञ्चले अफ्रिका, पूर्वी एसिया, ल्याटिन अमेरिकामा रहेका क्षेत्रीय कार्यालयमा हरेक वर्ष क्षेत्रीय सम्मेलन पनि गर्ने गर्छ । यसका साथै चीन र युएईमा थप दुई वार्षिक बैठकको आयोजना हुने गर्दछ । 


Advertisment
Nabil box
Kumari

छलफलमा केमा केन्द्रित हुनेछ ?

Vianet communication
Laxmi Bank

विश्व आर्थिक मञ्चको वार्षीक बैठकको मुख्य विषयवस्तु ‘चौथो चरणको विश्वव्यापीकरणः चौथो औद्योगिक क्रान्तिको युगमा विश्वको आर्किटेक्चर निर्माण’ हो । चौथो चरणको विश्वव्यापीकरण अन्तर्गत ६ वटा आयामहरूमा छलफल हुनेछ । भूराजनीति, अर्थतन्त्रको भविष्य, औद्योगिक प्रणाली तथा प्रविधि नीति, प्रणालीगत सोच प्रवर्द्धनका लागि जिखिमको लचकता, मानवपूँजी र समाज, विश्वव्यापी संस्थागत सुधार जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।

को को हुँदैछन् सहभागी ? 

छलफलमा २५०० भन्दा बढीको सहभागिता रहने ‘वर्ल्ड इकोनोमिक फोरम’ ले जनाएको छ । त्यसमध्ये तीव्रतर आर्थिक  प्रगति गरिरहेको जापानका प्रधानमन्त्री सिन्जो आवे, जर्मनीकी चान्सलर एन्जेला मर्केल, बेलायतका राजकुमार विलियम मुख्य आकर्षणका केन्द्र बन्नेछन् । 

त्यसबाहेक छलफलमा न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्दा आर्डन, विश्वप्रसिद्ध पकृतिविद सर डेभिड एटेनबोरोउघ, स्विजरल्याण्डका राष्ट्रपति उएली मौरार, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो, चीनका उपराष्ट्रपति वाङ क्विसान, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज,  इराकका राष्ट्रपति बर्हम सलिह, अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, रुवान्डाका राष्ट्रपति पाउल कागामी, दक्षिण अफ्रिकाका राष्ट्रपति स्रिल एम रामाफोसा, भियतनामका प्रधानमन्त्री गुयन जुआन फुक र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतको उपस्थिति रहनेछ । 

नेपाल कसैले वास्ता नगर्ने देश रहेन–प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व आर्थिक मञ्चमा नेपाललाई निमन्त्रणा दिनु उपलव्धि भएको बताए । शुक्रवार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले स्वीटजरल्याण्डको डाभोसमा हुन लागेको विश्व आर्थिक मञ्चको कार्यक्रममा नेपाल पहिलो पटक सहभागी हुन लागेको र यो नेपालको सफता भएको दाबी गरेका थिए । 

‘हामीले पाएको सफतामा दुनियाको चासो मात्र होइन, हामीले गरेको द्वन्द्व व्यवस्थापनलाई अत्यन्तै सकारात्कम रुपमा लिएका छन्’ संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भनेका थिए,‘कसैले वास्ता नगर्ने देशको रुपमा अब नेपाल छैन, नेपाल पनि विश्व मानचित्रमा एउटा उल्लेख देशको रुपमा उभिन लागेको छ ।’  

यो मञ्च  विकास र लगानी जस्ता आर्थिक गतिविधिमा केन्द्रीत हुँदै विश्वको राजनीति र अर्थतन्त्र आदी विषयहरुको सम्बन्धमा चिन्तन मनन गर्ने महत्वपूर्ण संवाद सञ्जालको थलो भएको प्रधानमन्त्रीको भनाइ थियो । यो फोरममा कुनै सम्झौता नहुने भएपनि कालान्तरमा नेपालले यसबाट लाभ लिनसक्ने प्रधानमन्त्रीको भनाइ थियो ।

‘नेपाललाई निम्तो दिएर नेपालप्रति रुची र आकर्षण देखाइयो’ – परराष्ट्रमन्त्री 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली नेपाल विश्वभरीको आकर्षणको केन्द्र बन्दै गइरहेको बताउँछन् । यो सम्मेलन विश्वका राष्ट्रप्रमुख, सरकारप्रमुख, व्यावसायिक जगतका अग्रज, अर्थशास्त्री तथा नागरिक अगुवाहरू सहभागी हुने सम्मेलन भएकाले आर्थिक वहावहरूलाई निकै गहिरो प्रभाव पार्ने ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले भने, ‘विश्वव्यापारमा जुन खालका आर्थिक सङ्कट देखिएको छ, त्यस्तो अवस्थामा नेपालजस्तो अल्पविकसित र भपूरिवेष्ठित मुलुकको तर्फबाट आर्थिक सङ्कट र लिनुपर्ने बाटोका बारेमा बैठकमा धारणा राख्छौं ।’
नेपालमा अहिले जतिपनि मल्टिनेशनलले काम गरिरहेका छन्, उनीहरूले मनग्य मुनाफा कमाएका छन्, ज्ञवाली भन्छन, ‘चाहे स्ट्याडर्ड बैङ्कको कुरा गर्नुस्, सूर्य नेपाल, युनिलिभर, एनसेल कम्पनीको कुरा गर्नुस् जति पनि वैदेशिक लगानी गरेका छन्, राम्रो आम्दानी गरेका छन्, यो पनि एउटा सूचक हो ।’ यसले नेपालमा विदेशी लगानीको अनुकुल वातावरण छ भन्ने सन्देश दिन्छ । 

‘नेपालमा युवा जनशक्ति ठूलो छ, कामको व्यग्रतामा छन, जतिसुकै मिहिनेत गर्न तयार छ,’ ज्ञवाली भन्छन्, ‘त्यसलाई लक्षित गरेर विदेशी लगानीकर्ताले काम गर्नुपर्छ । कनेक्टिभिटी पनि हामीले बढाइरहेका छौं । छिमेकी मुलुकहरू विशाल बजारका रुपमा छन् । त्यसबारेमा पनि हामीले विश्व आर्थिक मन्चमा जानकारी गराउँछौं ।’

यस्ता फोरमहरूलाई आफ्नो पक्षमा भरपुर प्रयोग गर्नुपर्छ – टंक कार्की, परराष्ट्रविद् 

परराष्ट्रविद् टंक कार्कीले नेपालले यस्ता आर्थिक फोरमहरूलाई नेपालले सदुपयोग गर्नुपर्ने बताउँछन् । ‘नेपालको वृहत्तर आर्थिक विकासका लागि वैदेशिक लगानी अपरिहार्य छ,’ लोकान्तरसँग कुरा गर्दै कार्कीले भने, ‘विश्वभर आयोजना हुने यस्ता मञ्चमा भाग लिँदा नेपालको उपस्थिति विश्व समुदायको चासो बन्न सक्छ र नेपालको अन्तर्रा्ष्ट्रिय हैसियत बढ्नुका साथै लगानीकर्ताहरूको नेपालप्रतिको चासो बढ्छ ।’  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x