×

NMB BANK
NIC ASIA

मधेश आन्दोलको १२ वर्ष– शहीद परिवारसँग मागिन्छ ‘बलिदान’को प्रमाण, जागिरको सट्टा ‘डेमो’ नियुक्तिपत्र !

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम– प्रत्येक वर्ष माघ ५ गते मधेशको मुद्दामा आधारित राजनीति गर्ने दलहरुले बलिदानी दिवस मनाउने गरेका छन् । २०६३ साल माघ ५ गते सिरहाको लहानमा एक विद्यार्थी रमेश महतोको बलिदानी भएको स्मरणमा तत्कालिन मधेशी मोर्चा आबद्ध राजनीतिक दलहरुले बलिदानी दिवस मनाउने गरेका छन् । यस वर्ष प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदा नै दिएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

प्रथम मधेश आन्दोलनका बेला प्रथम शहिद रमेश महतोको स्मरणमा बलिदानी दिवस मनाउने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, शहीद रमेश महतोको परिवारलाई भने ती राजनीतिक दलले खासै स्मरण गरेको देखिएको छैन । सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर ३ मझौरा गाउँमा शहीद रमेश महतोको आमा बुवा तथा दाजु भाइ बस्ने गर्छन् । गाउँमा १८ कट्ठा खेत छ, त्यही खेतमा खेतीपाती गरेर परिवारको जसो तसो जिबन चलिरहेको छ । 


Advertisment
Nabil box
Kumari

शहीद रमेश महतोका भाइ रामशुभक महतो अहिले स्नातक गरिरहेका छन् । तर, उनले प्रदेश सरकार वा स्थानीय सरकार वा संघीय सरकारबाट कुनै पनि जागिर पाउन सकेका छैनन् ।

Vianet communication
Laxmi Bank

शहीद रमेश महतोका भाइ राम सुभक महतोले भने,‘प्रत्येक वर्ष माघ १ गते देखि ५ गते सम्म बिभिन्न नेतादेखि पत्रकारसम्म घर आउने गर्छन् ।’ त्यस पछि कसैले पनि सोधपुछ भने गर्दैनन् । माघ १ गते देखि ५ गते सम्म घरमा आउनेहरूको मेला नै लाग्ने गर्छ, सबै आउँछन्, हाल खबर सोध्छन्, आमा बुवासहित परिवारको फोटो लिएर जान्छन्, त्यस पछि कसैले पनि कुनै खोजखबर नलिने गरेको महतोले बताए ।

शहीद रमेश महतोको परिवारमा आमा रानो देवी महतो, बुवा रवी महतो, दाजु बाल कृष्ण महतो, भाउजु बिना देवी महतो र भाइ राम शुभक महतो रहेका छन् । राम शुभकले भने, ‘दाजु रमेश महतोको शहादत पछि राज्यले १० लाख रुपियाँ क्षतिपूर्ति बापत त दियो, तर घर परिवारका कसैलाई पनि रोजगारी भने सरकारले दिएको छैन ।’

सुरुमा दाजु बालकृष्णलाई केही दिन एउटा विद्यालयमा लेखापालको जागिर दिलाईएको थियो त्यो पनि मासिक ५ हजार रुपियाँको पारिश्रमिकमा  । तर, ७ महिना जति काम गरे पछि दाजुलाई त्यो जागिरबाट पनि हटाइयो, राम शुभकले लोकान्तरसँग भने, ‘दाजुलाई ७ महिनामा ३ महिनाको तलब मात्रै दियो, चार महिनाको तलब पनि दिएनन् ।’

राजेन्द्र महतो उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री भएको बेला राम शुभकलाई नेपाल आयल निगम, बिराटनगरमा जागिर लगाईएको थियो । करारमा जागिर दिलाइएकोले महतो मन्त्रीबाट हटे लगत्तै उनको पनि जागिर गुम्यो । अहिले घर परिवारमा कसैको पनि जागिर नरहेको उनले बताए ।

बिगतका वर्षमा बलिदानी दिबसको कार्यक्रम आयोजना हुँदा फोरम लगायतको राजनीतिक दलले आमा ,बुवा समेतलाई लिन गाडी घरमा नै पुर्याउँथे, तर यस बर्ष त फोरमले कुनै खबर गरेनन् । तै पनि हामी दुबै दाजुभाई  आफैं लहान पुगेका थियौं, राम शुभकले भने, ‘हाम्रो दाजुको नाउमा कार्यक्रम हुने भए पछि पार्टीले नबोलाए पनि जानु पर्छ भन्दै हामी शनिवार लहान पुगेका थियौं ।’   

केही दिन अघि प्रदेशको मुख्यमन्त्री कार्यालयबाट केही मानिस गाउँमा घरमै आएर प्रदेश सरकारले शहीद परिवारलाई रोजगारी दिने व्यबस्था गरेको जानकारी गराएका थिए । तर, माघ ५ गते तपाईंहरू लहानमा आउनुस् भनेर नभनेको महतोले बताए ।

धेरै मानिसलाई समानुपातिक कोटाबाट फोरम र राजपाले सांसद बनाए पनि रमेश महतोको बलिदानी भएको १२ बर्ष वितिसक्दा पनि उनको परिवारबाट हालसम्म सांसद बनाइएको छैन । राम शुभकले भने, ‘स्थानीय तहको निर्बाचनमा प्रत्यक्षमा चुनाव लड्न भनेर केही मानिसले भने पनि हामीले मानेनौं ।’ हो, सम्मान नै गर्नुछ भने समानुपातिक सांसद बनाए हुन्छ भनेर भनेको उनले बताए ।

हामीलाई शहीद परिवार हो भनेर सम्मानका लागि रुपियाँ पैसा चाहिएन, बरु दाजु रमेश महतोको नाउँमा विद्यालय, अस्पताल, सडक आदिको नामाकरण गरे हुन्छ, महतोले बताए ।

घर परिवारमा हामी दुई दाजुभाइ  छौं, प्रदेश सरकारले स्थायी रूपमा सरकारी जागिर लगाइदिए हुन्थ्यो, उनले भने ।

कुनै कार्यक्रममा आमा बुवा जाँदा शहिद परिवारको हो भनेर के प्रमाण छ भनेर प्रश्न गर्ने गरिएको प्रति उनले आक्रोश पोखे । शहिद परिवारको हो भन्ने प्रमाणका लागि सरकारले शहिद परिवारलाई प्रमाणपत्र दिए राम्रो हुने महतोको भनाइ छ । 

बर्षमा एक पटक रमेश महतोको स्मरणमा उक्त दिवस मनाउँदै आएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले यस वर्ष पनि बलिदानी दिवस मनाए । राजपाका शीर्ष नेतृत्वले काठमाडौंमा बलिदानी दिबस मनाउँदा मधेश आन्दोलनका शहीद परिवारहरूलाई सहयोग गर्न तथा शहीदहरूको सम्मान स्वरूप ’शहीद कल्याण कोष स्थापना गर्ने निर्णय गर्यो । 

त्यसै गरी सिरहाको लहानमा आयोजित बलिदानी सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं उपस्थित भएका थिए । प्रदेशको मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेश सरकारका बिभिन्न मन्त्रीहरू उपस्थित रहेको उक्त सभामा प्रदेश सरकारले शहीद परिवारलाई रोजगारी दिने प्रतिबद्धता मात्र गरेनन् रोजगारीको डेमो (नमुना पत्र) पत्र समेत प्रदान गरेको थियो ।  

‘बलिदान दिवस’को अवसर पारेर प्रदेश २ सरकारले ४६ सहिद परिवारलाई नियुक्तिको डेमो प्रदान गरेको थियो ।

शनिबार, माघ ५ गते सिरहाको लहानमा आयोजित कार्यक्रममा संघीय सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतसहित प्रदेशका मन्त्रीहरुले शहीद परिवारलाई रोजगारीमा नियुक्तिको डेमो वितरण गरे । बितरण गरिएको डेमो पत्रमा शहीद परिवारको नाम उल्लेख गरेर ‘प्रदेश सरकारको तर्फबाट शहीद परिवारलाई एक परिवार एक रोजगारी कार्यक्रम संचालन गर्न लागेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सम्पर्क गर्नहुन आदेशानुसार अनुरोध छ’ भनी उल्लेख गरिएको छ ।

प्रदेश सरकारले प्रदेशभित्रका ५८ जना शहीद परिवारको तथ्यांक संकलन गरेको छ । जसमध्ये ३ जनाको घरमा रोजगारी लिन चाहने कोही छैनन् ।

सप्तरीको राजविराज ७ का शहीद दिलिप कुमार साहको परिवारमा, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका ३ पोर्ताहाका शहीद रामकृष्ण राउतको परिवारमा र महोत्तरीको बर्दिवास नपा ८ का शहीद रामशिला मण्डलको परिवारमा जागिर गर्ने कोही नभएको प्रदेश सरकारले जनाएको छ ।

४६ जना शहीदका परिवारलाई करारमा नियुक्ति दिने तयारी प्रदेश सरकारको छ । 

जागिर पाउने शहीद परिवारमा सप्तरीका ९ जना, सर्लाहीका ७ जना, रौतहट, धनुषाका ६र६ जना, पर्साका ५ जना, महोत्तरीका ३ जना र वाराका ४ जना छन् ।

मधेस आन्दोलनपछि भएको चुनावमा निर्वाचित भएका शहीद परिवारलाई भने प्रदेश सरकारले जागिर दिने छैन । सर्लाहीको बरहथवा नपा १७ का शहीद रामएकवाल राय यादवको पत्नी २०६४ सालमा सांसद बनेको, बीरगंज १६ का सोहन प्रसाद गुप्ताकी पत्नी वडा सदस्यमा निर्वाचित भएकोले रोजगारीको ब्यबस्था नगरिएको हो ।

पर्साकै पकहा मैनपुरका शत्रुद्यन पटेलकी आमा उपमेयरमा निर्वाचित भएको, महोत्तरीको जलेश्वर ८ का गणेश प्रसाद चौधरीकी बुहारी तथा रोहन प्रसाद चौधरीकी आमा प्रदेश सभा सदस्यमा निर्वाचित भएकोले ती परिवारलाई रोजगारीको ब्यबस्था गर्न आवश्यक नरहेको प्रदेश सरकारले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x