×

NMB BANK
NIC ASIA

प्रदेश सरकारले थाल्यो सार्वजनिक स्थल सरसफाइ अभियान, पान खाएर कार्यालय छिरे कारवाही

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– प्रदेश १ मा रहेका सार्बजनिक निकायमा सरसफाइ सुदृढीकरणको लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको छ । आगामी १ वर्ष भित्र पूर्ण सरसफाई युक्त प्रदेशको रुपमा विकास गर्ने अभियान अन्तरगत मन्त्रालयले कार्यालय प्रमुखलाई बोलाएर आफ्नो कार्यालय सरसफाई गर्ने प्रतिबद्धता लिएको हो ।   

Muktinath Bank

कार्यालय प्रमुखहरुले प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका छन्  । बिभिन्न १५ वटा कार्यालयको सरसफाईको अबस्थाको बारेमा तयार पारिएको श्रब्यदृश्य सामाग्रीसँगै  मन्त्रालयको अनुगमन पछि   सार्बजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुको अबस्था सुधारकालागि अभियान नै चलाउन लागेको हो । यसरी कार्यालय प्रमुखहरुले गरेको प्रतिवद्धता पत्रमा कार्यालय परिसरमा सफा शुद्ध एवं सुरक्षित खानेपानीको उपलब्ध गराउने, कार्यालयबाट निस्कने फोहोरलाई श्रोतमा नै वर्गिकरणगरी कुहिने र नकुहिने फोहोरको समुचित ब्यवस्थापन गर्ने , कार्यालयबाट निस्कने फोहोर पानीको सुरक्षित निकासको उचित प्रबन्ध गर्ने ब्यवस्था गर्ने प्रतिबद्धता कार्यालय प्रमुखहरुको छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१६ बुँदे प्रतिबद्धतामा सरसफाईको लागि विशिष्ट जिम्मेवारी सहित मानव श्रोत लगायत आवश्यक सामग्रीहरु उपलब्ध गराउने, सेवाग्राहीको चाप अनुसार शौचालयहरुको संख्यामा बृद्धी गर्ने,  साबुन पानीको उपलब्ध गराउँदै  हात मुख धुने उचित ब्यवस्था मिलाउने, शौचालयको सरसफाईलाई विशेष प्राथमिकता दिई दुर्गन्ध रहित रुपमा संचालन गर्न दैनिक न्यूनतम दुई पटक सफा गर्ने व्यवस्था मिलाइने समेत कार्यालय प्रमुखले प्रतिबद्धता जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै कार्यालय परिसरको शौचालयहरुलाई महिलामैत्री, बालमैत्री, अपाङ्गमैत्री बनाउदै लगिने, कार्यालय परिसरमा स्वच्छता कायम गरिराख्न नियमित सरसफाई एवं फूलवारीको व्यवस्था गर्ने,  पूराना काम नलाग्ने सामानहरुको समयमै उचित व्यवस्थापन गर्ने, कार्यालयका छाना र भित्ताहरुमा माकुराको जालो, धुलो वा अन्य कुनै किसिमको फोहर रहन नदिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

कार्यालय एवं कार्यालय परिसरको समयानुकुल मर्मत संभार तथा रङ रोगन गर्ने,   सरसफाई अवस्थाको दैनिक रुपमा चेकलिष्ट प्रयोग गरी अनुगमन गर्ने व्यवस्था मिलाइने, कार्यालय परिसरभित्र पान, गुट्खा एवं सुर्तीजन्य पदार्थ पुर्णतया निषेध गरिनेछ, कार्यालय प्रमुखद्धारा हस्ताक्षरित प्रतिबद्धता पत्रमा भनिएको छ । सरसफाई दिगोपनाका लागि कार्यालयको भुमिका र सेवाग्राहीहरुको भूमिका सबैले देखिने र बुझिने गरि कार्यालय परिसरमा अनिवार्य राख्नुपर्ने ब्यवस्था सामाजिक विकास मन्त्रालयले गरेको छ । 

सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिलेसम्म सामान्य सरसफाईमा समेत ध्यान नदिईएको पाईएकोले यो प्रतिबद्धता पछि प्रदेश सरकारले सोचे अनुसारको प्रदेश सफा अभियान कार्यान्वयनमा जाने विस्वास ब्यक्त गरे । मन्त्री घिमिरेले अहिले हामीले काम गर्ने कार्यकक्ष देखि कार्यालय परिसरको सरसफाईको अबस्थाको बारेमा जानकारी हुँदा हुँदै पनि कामहरु हुन नसक्नुको कारण पहिचान गरेर अघि बढ्ने हो भने कार्यालय सरसफाईमा केही दिन मै नमुनाको रुपमा अगाडि आउने बताए । प्रदेश सरकारले एक बर्ष भित्र पुर्ण सरसफाई युक्त सार्बजनिक निकायको रुपमा विकास गर्न लागिएकोले यसमा सबैको साथ हुनु पर्ने विस्वास ब्यक्त गरे । 
प्रदेश योजना आयोगका उपाध्यक्ष  सुबोधराज प्याकुरेशलले  प्रदेश सरकारले थालेको अभियान सबैभन्दा उत्कृष्ट र सबैको चासोको बिषय भएको बताए । मानिसको हैसियत भान्सा र शौचालयबाट थाहा हुने भन्दै आफ्नो घरको शौचालय र भान्सा सफा छ त्यही अनुरुप कार्यालयको कार्यकक्ष र शौचालय सफा बनाउने प्रतिबद्धताले अब सरकारी कार्यालयको सरसफाईमा सुधार हुने आशा पलाएको बताए । उनले भने, ‘भान्सा र शौचालय सफा भयो भने ९० प्रतिशत रोगबाट बँचिन्छ त्यसमा हामी सबै लाग्नुपर्छ ।’

कर्मचारीको प्रतिबद्धता

एक नम्बर प्रदेश सरकारले आयोजना गरेकै कार्यक्रममा कर्मचारीले कार्यालयको सरसफाई कमजोर भएको वीकार गरेका छन्  । सार्बजनिक सेवा प्रवाह स्थलमा सरसफाईको बर्तमान अबस्था, चुनौती तथा भावी कार्यदिशा सहित मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले आजैदेखि कार्यालयमा सुचना प्रकाशित गरी कार्यालय परिसरमा पान, गुट्खा, सुतीजन्य पद्धार्थ निषेध गरिने बताए । ‘हामीले लाज पचाउन अप्ठेरो मान्नै पर्दैन, हामीले कार्यालय सरसफाई गर्न सकेका छैनौ, प्रमुख जिल्ला अधिकारी उप्रेतीले भने, अब कार्यालयमा पान खाएर पस्नेलाई कार्वाही गरिनेछ ।’
कार्यक्रममा शिक्षा समन्वय ईकाईका प्रमुख राजेन्द्र बुढाथोकी, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल, निजी अस्पताल संचालक संस्थाका अध्यक्ष शंकर अधिकारीले सरसफाई ब्यवस्थापनको काम आफैँबाट शुरु गर्नु पर्ने सुझाव दिए ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x