जनकपुरमा न्यायिक समितिको कार्यसम्पादनको अवस्थाबारे अन्तरक्रिया सम्पन्न

माघ ६, २०७५

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा न्यायिक समितिले गरिरहेको कार्य सम्पादनको अवस्था र चुनौतीबारे एक अन्तरक्रिया सम्पन्न भएको छ ।

सेन्टर फर मिडिया फ्रिडमको आयोजना र उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न अन्तरक्रियामा न्यायिक समितिका संयोजक सहित सदस्यहरूले आफ्ना अनुभव सुनाए । 


ADVERTISEMENT

न्यायपालिकाकी संयोजक रिताकुमारी मिश्रले स्रोत साधनको कमजोरीका बीचमा पनि आफूहरूले न्याय सम्पादन गरिरहेको बताइन् । उनले कयौं समस्याका बीचमा न्यायिक समितिले नमुनायोग्य काम गरेको बताइन् ।

नगर प्रमुख लालकिशोर साहले न्यायिक समितिको कामलाई आफूले महत्त्व दिएको बताए । उनले भविष्यमा न्यायिक समितिको कामलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । 

कार्यक्रममा स्थानीय सरकार तथा सुशासन विज्ञ डा. नारायणबहादुर थापा, धनुषा बार एसोसिएसनका अध्यक्ष रामनेक साह, मेलमिलापकर्ता किरणकुमारी झालगायतले न्यायिक समितिले गरेका कामको चर्चा गरेका थिए ।

माघ ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस