×

NMB BANK
NIC ASIA

राजधानी विवाद कांग्रेसभित्र भुसको आगो, बुटवलमा प्रदर्शनपछि दाङसहित पश्चिमलाई दबाब !

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – प्रदेश सभामा प्रायः जसो उठ्दै आएको प्रदेशको राजधानी र नामाकरण विषय टुंग्याउन माग गर्दै आएको कांग्रेसले गएको बिहीवार बुटवलमा ५ नम्बर प्रदेशको स्थायी राजधानी रूपन्देही नै बनाउनुपर्ने माग गर्दै शक्ति प्रदर्शन गर्यो ।

Sagarmatha Cement
Muktinath Bank

प्रदर्शनमा पार्टीका केन्द्रीय स्तरका नेताहरूसहित प्रदर्शनमा हजारौं मानिसहरू बुटवलको सडकमा उत्रिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको अस्थायी मुकामलाई नै स्थायी बनाउनुपर्ने प्रमुख प्रतिपक्ष कांग्रेस रूपन्देहीको माग थियो । तर कांग्रेसले रूपन्देहीलाई प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने आधिकारिक निर्णय भने गरेको छैन ।


Advertisment
Nabil box
Kumari

कांग्रेसको प्रदर्शनले केही सुस्ताएको प्रदेशको राजधानी र नामाकरणको विषयमा फेरि बहस शुरू भएको छ । बाहिर त्यति चर्चा नभएपनि राजधानीको विषय प्रदेश सभाका प्रायः जसो बैठकहरूमा भने स्थापनादेखि निरन्तर उठ्दै आएको छ । 

Vianet communication
Laxmi Bank

तर सत्तापक्षीय नेताहरूले यो विषयलाई रूपन्देही नै हुनुपर्छ भनेर उठाउन जरूरी नभएको बताउँछन् । रूपन्देहीका नेकपा सांसद भोजप्रसाद श्रेष्ठले राजधानी बुटवल, रूपन्देही नै हुनुपर्छ भनेर आन्दोलन गर्न आवश्यक नभएको बताउँछन् । ‘यो विषय टुंग्याउने दायित्व प्रदेश सरकारको हो,’ सांसद श्रेष्ठले भने, ‘कांग्रेसका यस्ता आन्दोलन, सभा र सम्मेलनले स्थायी राजधानी र नामाकरणको विषयलाई झनै कमजोर पार्छ । यता आन्दोलन गर्न अर्काे (दाङ, बाँके, बर्दिया) तर्फका जनता आक्रोशित हुन्छन् । रूपन्देही राजधानी रहनुपर्छ भन्ने मागप्रति यहाँका जनताको साथ समर्थन त रहला तर समग्र प्रदेशको लागि प्रदर्शनले राम्रो सन्देश दिँदैन ।’

स्थायी राजधानी टुंग्याउनुपर्ने माग राखेर कांग्रेसले संसद अवरूद्ध गरेपछि सुझाव संकलन समिति बनेको थियो । राजधानीका विषयमा प्रतिपक्ष र सत्तापक्षीय सांसदहरू नै विभाजित छन् । जसले पश्चिम क्षेत्रका कांग्रेस र नेकपा दुवैको माग दाङ हुनुपर्ने आवाज उठ्दै आएको छ भने साविक लुम्बिनी र राप्ती अञ्चलका केही जिल्लाका सांसदको माग रूपन्देही हुनुपर्ने छ । जसको कारण दुईतिहाइ बहुमत हुँदा पनि मुख्यमन्त्री शंकर पोखरेलले यो विषय टुंग्याउन ढिलाइ गरेको विश्लेषकको बुझाइ छ ।

प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्ने प्रदेश सभाले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । राजधानी टुंगो लगाउनका लागि प्रदेश सभाले सुझाव संकलन विशेष समिति बनाएर काम थालेको छ । सिफारिश समितिमा रहेका सदस्यलाई स्थानीय जनमत बुझन पालैपालो प्रदेशका १२ वटै जिल्लामा खटाउने निर्णय भइसकेको छ ।

नामाकरण तथा स्थायी राजधानी सम्बन्धी समितिका संयोजक दिपेन्द्र पुन मगरले प्रदेश सभाको कामलाई अप्ठ्यारो पर्ने गरी सभा सम्मेलन गर्न नहुने बताए । ‘नामकरण र स्थायी राजधानीको विषय प्रक्रियागत रुपमा अघि बढेको छ । अरूलाई आरोप लगाउँदै आफूअनुकूल आन्दोलन गर्दा कसैलाई फाइदा हुँदैन,’ संयोजक मगरले भने । कांग्रेसले सरकारले षड्यन्त्रपूर्वक प्रदेशको राजधानी सार्न खोजेको आरोप लगाएको छ । 

कांग्रेसको सभामा साविक लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय तहका नेताहरू सहभागी थिए । रूपन्देही कांग्रेसका आन्दोलनले पश्चिम क्षेत्रका सांसदहरू रूष्ट छन् । रूपन्देही अस्थायी राजधानी घोषणा भएलगत्तै दाङमा चर्किएको प्रदेश माग राखेर गरिएको आन्दोलन पछिल्ला केही महिना मत्थर बनेको थियो । 

रूपन्देहीमा बृहत् सभा गरेपछि पश्चिम क्षेत्रका कांग्रेस नेताहरू दबाबमूलक प्रदर्शन गर्नु आवश्यक देखिएको निष्कर्षमा पुगेका छन् । त्यसको संकेत दिए कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले । उनले भने, ‘पार्टीको कुनै पनि आधिकारिक निर्णयबिना रूपन्देहीले हतारमा सभा गर्यो । अब हामी पनि कमजोर छैनौं । रूपन्देहीमा आन्दोलन भएपछि हामीलाई पनि नैतिक दबाब पर्छ ।’  

भए सहमति नभए संसदको दुईतिहाइ बहुमतले स्थायी राजधानी टुंगो लगाउने संवैधानिक व्यवस्था छ । बाँके र बर्दियाका नेकपाकै सांसदहरूको स्थायी राजधानीका लागि सुझाव संकलन समिति बाँके जिल्लाबाट सदस्य नपरेको भन्दै नेकपा सांसदले संसदमै असन्तुष्टि राखे । बाँकेका नेकपा सांसद इन्द्रप्रसाद खरेल (आईपी) ले खरेलले बाँके र बर्दियाको यी २ जिल्लाले पायकमा राजधानी नभए कर्णाली प्रदेशमा गाँभिन तयार भएको भन्दै चेतावनी दिएका थिए । सभामुख पूर्णबहादुर घर्तीले सबै नेता, सांसद र जनता आफ्नो क्षेत्रबाट माथि उठन जरूरी रहेको बताए ।

‘कहाँ भन्दा पनि कस्तो राजधानी बनाउने बहस गरौं । स्थायी राजधानी बनाउन एक सय वर्ष पछिका पिँढीले पनि गर्व गर्न लायक राजधानी बनाऊँ,’ सभामुख घर्तीले भने । राजधानीका लागि रूपन्देही पूर्वाधार बलिया छन् । यहाँ अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलन केन्द्र पनि बन्दै छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x