कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौं–मलेसिया जाने कामदारहरूबाट गैरकानूनी रूपमा अतिरिक्त रकम असुलेको आरोपमा कारवाहीमा परेको ‘भिएलएन’ पुनः सक्रिय भएको छ । ‘मलेसिया भिएलएन नेपाल प्राइभेट लिमिटेड’ले गत जनवरी ११ मा बिक्की बिकको नाममा रू ७ हजार ४ सय ८० लिएर जारी गरेको ए ए ००२७९७६३ नम्बरको रसिद लोकान्तरलाई प्राप्त भएको छ ।
मलेसियाको ‘ओटा टनेल स्क्वाड’मा काम गर्नका लागि बिक्की बिक लगायत १९ जना कामदारले भिएलएनमार्फत प्रक्रिया अघि बढाएका थिए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिकलाई जनवरी १८ तारिखमा दिएको श्रम स्वीकृतिका आधारमा बिकले मलेसियाको भिसा प्राप्त गरे । बिकसहित २० जनाको समूह मलेसिया उडिसकेको छ ।
गत जेठमा श्रम मन्त्रालयले नेपालबाट कुनै स्वीकृति नलिई सञ्चालनमा रहेका बायोमेट्रिक, माइग्राम्स, आइएससी, ओएससी र भिएलएन सेवा तत्काल बन्द गर्ने निर्णय गर्दै कानूनी प्रक्रिया थाल्न निर्देशन दिएको थियो ।
त्यसलगत्तै गृह मन्त्रालयको निर्देशनमा प्रहरीले यी संस्थाहरुमा छापा मारेको थियो । प्रहरीले बायोमेट्रिक सेन्टर, आइएससी, भिएलएन र वान स्टप सेन्टरमा छापा मारी केही व्यक्तिहरुलाई पक्राउ गरी कागजात र कम्प्युटरसमेत नियन्त्रणमा लिएको थियो ।
भिएलएन खारेजीको निर्णयसहित मुद्धा दायर भएपछि यसका सञ्चालक राम श्रेष्ठ गत जेठको पहिलो साता पक्राउ परेका थिए । यही मुद्धामा १ महिनासम्म हिरासतमा राखिएको थियो । काठमाडौँ जिल्ला अदालतको आदेशमा १० लाख र ललितपुर जिल्ला अदालतको आदेशमा १२ लाख धरौटी बुझाएर श्रेष्ठ छुटेका थिए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...