×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षीबीच सवाल जवाफ, कांग्रेस सांसद १५ मिनेट उभिएको उभियै

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–आफ्ना नेताको नाममा खोलिएका अस्पताल खारेज गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरुमै अध्यक्षसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक सरित प्रसाईले कम्युनिष्ट सरकारले कांग्रेस नेताको नाममा खोलिएका अस्पतालप्रति पूर्वाग्रह राखेको आरोप लगाइन् । उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताललाई संघ मातहत राख्ने निर्णय नहुँदासम्म सदनको कारवाही अगाडि बढ्न नदिने बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकार जनता र प्रतिपक्षसंग निहु खोज्छ, प्रतिपक्ष सडकमा जाओस्, भन्ने सरकारको चाहाना हो भने सदन अबरुद्ध गर्न तयार छ’ उनले भनिन्, ‘चरवटा प्रधानमन्त्रीले संविधान ल्याउन नसक्दा सुशील कोइरालाको पालामा संविधान आयो, सुशील कोइरालाको नाममा रहेको अस्पतालको नाम काट्ने हिम्मत कसरी आयो ?’


Advertisment
Nabil box
Kumari

प्रसाईले कम्युनिष्ट सरकारको दम्भ देखेर नेपाली जनता चकित परेको टिप्पणी गरिन् । प्रसाइँ बोलेपछि सरकारका तर्फबाट जवाफ दिँदै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले ११ वटा अस्पतालाई विकास समिति गठन गर्न प्रस्ताव गरेकोमा ९ वटा मात्र स्वीकृत भएको बताए । 

Vianet communication
Laxmi Bank

कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्ने कुनै निर्णय नभएको भन्दै उनले समय आएपछि छलफल गर्न सकिने बताए । 

स्वास्थ्य राज्यमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै कांगेसका सुरेन्द्र पाण्डेले संघीय सरकार मातहत राख्ने निर्णय नहुन्जेलसम्मको लागि सदनको कारवाही अगाडि बढ्न नदिने बताए । 

‘मन्त्रीजीले भन्नुभयो ११ वटा मध्ये ९ वटाको स्वीकृत भयो, यी दुईवटाको बारेमा किन भएन ? त्यसकोबारेमा निर्णय गर्नु पर्दैन ? 

त्यसपछि कांग्रेस सांसदहरु आफ्नो आसनमा उभिएका थिए । कांग्रेस सांसदहरु उभिएकोप्रति व्यग गर्दै नेकपाका रामनारायण विडारीले कुन व्यबस्था अनुसार उभिएको भनेर प्रश्न गरे । 

त्यसपछि अध्यक्ष गणेश तिमस्लिनाले बैठकको कारवाही अगाडि बढाउनको लागि कांग्रेसलाई बस्न आग्रह गरे । तर कांग्रेस सांसदहरु बसेनन् ।

कांगेस सांसदहरु १५ मिनेट मौन बसेपछि नेकपाकी सांसद विमला राई पौड्यालले कोइरालाको नाम जोडिएको प्रदेश संघमा रहँदा या प्रदेशमा रहदा के फरक पर्छ भनेर प्रश्न गरिन् ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x